
विदुर । नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा समाजसेवी डा. भीमलाल तामाड.को सक्रियतामा नुवाकोट जिल्लाका चारसय विद्यार्थीलाई लेखन तथा खेलकुद सामाग्री वितरण गरिएको छ । म्यागङ गाउँपालिका बडा नं ४ स्थित सानो किम्ताड. माध्यमिक विद्यालयमा अध्ययनरत ४०८ जना बिद्यार्थीहरुलाई लेखन तथा खेलकुद सामग्री वितरण गरिएको तामाड.ले जानकारी दिनुभयो ।

यस्तै २० जना निम्न वर्गीय परिवारका बिद्यार्थीहरुलाई छात्रवृत्ति, १० एकल तथा जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । साथै पाचेत गाउँस्थित दुर्गम गाउँमा २० परिवारका महिलाहरुलाई जिविकोपार्जनको लागि प्रति परिवार १ को दरले २० वटा बाख्रा वितरण गरिएको थियो । म्यागङ गाउँपालिका उपाध्यक्ष सिता वाइब तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा अध्यक्ष कमल तामाङ,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरु , शिक्षक शिक्षिका स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

नुवाकोट जिल्लामा लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आउनु भएका तामाङले यसअघि पनि विद्यालयदेखि महिलाहरुलाई आयआर्जनका लागि सहयोग गर्दै आउनु भएको छ । तामाङको यस्ता कार्यप्रति सर्वसाधारणले सम्मान व्यक्त गरेका छन् ।
