
विदुर । नुवाकोट जिल्लाको अर्के महत्वपूर्ण सडक गंगटे–लब्धु–समुन्द्राटार–गोल्फु भन्ज्याड्.ग ठेक्का प्रक्रियामा भएको ढिलाईले सडक बन्ने कुरामा शंका उत्पन्न भएको छ । मुख्य रुपमा नुवाकोट जिल्लाको दोस्रो ठूलो सडकका रुपमा रहेको उक्त सडक आयोजना निर्माण भएसँगै तादी, लिखु,दुप्चेश्वर,सुर्यगढी सहितका पालिकाहरुले बढि लाभ लिन सक्ने छन् । जुन मध्यपहाडी लोकमार्गसँग पनि जोडिएको छ । जुन नुवाकोटको सडक निर्माणको अर्को मुख्य मेरुदण्ड रुपमा मानिएको छ ।

अर्थमन्त्री डा. महतको कार्यकालमा स्रोत सुनिश्चित गरि अर्थ मन्त्रालयले योजना आयोगलाई लेखेको पत्र
उक्त सडक निर्माणका लागि डिभिजन सडक कार्यालय नुवाकोटल २०८० साल चैत्र १० अनलाइन मार्फत सार्वजनिक सूचना प्रकाशित गरेको थियो । तर सूचना प्रकाशित भएको लामो समयसम्म पनि त्यसको ठेक्का प्रक्रियाको काम सुरु नभएपछि त्यसमाथि थप शंका उत्पन्न भएको छ । ठेक्का प्रक्रियालाई लागि डिभिजन सडक कार्यालय नुवाकोटले प्राविधिक विषयका सधै काम पूरा गरेर सडक विभागलाई पत्र सहितको प्रतिवेदन बुझाएको थियो । तर विभागमा पुगेपछि उक्त पत्रको जवाफ नआउँदा आर्थिक रुपमा ठेक्का प्रक्रिया अघि बढाउन सकेको छैन । विभागले अन्य सडक आयोजनका विषयमा यस्तो प्रस्तावलाई बढिमा एक हप्ताभित्र सदर गरेर पठाउने गरेको छ । तर उक्त सडकका विषयमा एक महिना भन्दा बढि भैसक्दा पनि कुनै जवाफ पठाएको छैन ।
डिभिजन सडक कार्यालयले प्राविधिक विषय नै टुंगो नलागेकाले अरु प्रक्रिया अघि बढाउन नसकिएको जानकारी दिएको छ । सडक विभागका सूचना अधिकारीले भने यस विषयमा निर्णय नभएको जानकारी दिएका छन् । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री हुँदा बजेट वक्तव्यमा बहुवर्षीय योजनाका लागि भन्दै सुरुमा ३० करोड बजेटको व्यवस्था गरिएको थियो । त्यसपछि प्राविधिक सर्वेक्षणपछि उक्त सडकको कुल लागत १ अर्ब २० करोडको हुने भएपछि उर्थ मन्त्रालयले सोही बराबरको रकम स्रोत सुनिस्चित गरेको थियो । अर्थमन्त्रालयले २०८० मंसिर १८ गते राष्ट्यि योजना आयोगलाई पत्र लेखे १ अर्ब २० करोडको स्रोत सुनिश्चितता भएको पत्र पठाएको थियो ।

सडक डिभिजन कार्यालय नुवाकोटले ठेक्का आह्रवान गरेको सूचना
मन्त्रालयले स्रोत सुनिस्चित गरेसँगै उक्त सडक बहुवर्षीय योजनाका रुपमा ठेक्का प्रक्रिया अघि बढाइएको थियो । तर सरकार परिवर्तन भएसँगै उक्त आयोजनको काम अघि बढेको छैन । ठेक्काका सबै प्रक्रिया पूरा गरेर काम अघि बढिसक्कनु पर्ने बेलामा सरकार परिवर्तन भएसँगै उक्त आयोजनाको काम रोकिएको छ सडकको थप प्रक्रिया रोकिएको जानकारी पाएलगत्तै पूर्व अर्थमन्त्री डा. महतले वर्तमान अर्थमन्त्री वर्षामान पुन र भौतिक योजनामन्त्रीलाई कामको ढिलाई भएको बारे समेत जानकारी गराउनु भएको थियो । डा.महतले सरकारको सबै निकायलाई ध्यानाकर्षण गराउँदा काम अघि बढाउने प्रतिवद्धता आएको पनि एक हहप्ता भन्दा बढि भएको छ तर प्रक्रिया अघि बढेको छैन ।
रानीपौमा आयोजित एक कार्यक्रममा अर्थमन्त्रीले उक्त आयोजना आफूले हालेको र त्यसबाट कांग्रेसले जस लिन भनेर रोक्न रोजिएको भन्दै सबैले खबरदारी गर्नुपर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा महत भन्नुभयो, यो जनताको सडक हो,यसमा कांग्रेस मात्रै हिड्ने होइन, सरकारले बुझोस् यो सडकको ठेक्का प्रक्रिया कुनै बहनामा रोकियो भने त्यो राम्रो हुँदैन् । डा. महतले यस विषयमा आफूले वर्तमान पर्यटन मन्त्री हितबहादुर तामाडंसँग पनि कुरा गरेको तर उहाँबाट कुनै जवाफ नआएकाले उहाहरु गम्भीर नभएको आफूले पाएको भन्दै यसलाई नरोक्न आफुले सचेत गराएको पनि मतहले जानकारी दिनुभएको थियो । स्मरणीय छ, तामाड. उक्त क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । कांग्रेससँगको गठबन्धनबाट निर्वाचित तामाड. भन्दा अघि उक्त क्षेत्र प्रवक्ता महतका दाजू डा. रामशरण महतले नेतृत्व गर्दै आउनु भएको थियो । दाजू महत शारिरिक रुपमा अस्वस्थ भएपछि कांग्रेसबाट भाई महतले उक्त क्षेत्रमा आफ्नो प्रभुत्व बढाउँदै आउनु भएको छ । यस्तै सामाजिक सञ्जालमा पनि सडक आयोजना ढिलाई भएकोप्रति चासो व्यक्त गरिएको छ ।
नुवाकोटकोका युवाहरुले उक्त सडक रोकिएकोप्रति बढि चासो देखाएका छन् । पूर्व अर्थमन्त्री डा महतक ास्वकीय सचिव तथा नेपाली कांग्रेस नुवाकोटका सहसचिव उत्तर पाठकले पनि फेसबुकमार्फत सडक आयोजनामा ढिलाई भएको र यसलाई रोक्ने प्रयास भएको भन्दै दवावका लागि अपिल गर्नुभएको थियो । महत अर्थमन्त्री भएका बेला नुवाकोट जिल्लामा ठुला सडक आयोजनामा बजेट परेको छ । बालाजु रानीपौवा सडकका लागि पनि ८१ करोडको ठेक्का प्रक्रिया पूरा गरेर काम सुरु हुँदैछ । यस्तै अन्य स्थानीय सडकहरुमा पनि प्रयाप्त बजेट विनियोजन भएका छन् । जसको जस कांग्रेसले लिने अवस्था आएपछि राजनीतिक रुपमा यसलाई अवरोध पुर्याउने काम हुन थालेको भन्दै कांग्रेसले बढि चासो लिएको पाइन्छ