
विदुर । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीका उम्मेदवारको टुंगो लगाउन समयसिमा निर्धाण गरेपछि फेरि तत्त्काल उम्मेदवार नछानने अवस्थामा पुगेका छन् । गठबन्धनभित्र उम्मेदवार छानन सकेस भउपछि दलहरु केही समयका लाष् िपछि हटेका छन् । यसअघि कांग्रेसले निधारुण गरेको समयसिमा अनुसार वडा तहबाट भने उम्मेवदारको सिफारिस गर्नभनेको थियो ।
वेबलकोटगढी २ मा सर्वसम्वत उम्मेदवार छानिएका छन् भने पञ्चकन्याको १ वडामा पनि सर्वसम्वत वडा अध्यक्षका उम्मेदवार छानिएका छन् । अन्य स्थानमा भने तीन देखि दश जनाको सम्म नाम सिफारिस भएको वडा अध्यक्षहरुले जनाएका छनत् । नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ ले उम्मेदवार टुंग्याउने समय तालिका निर्धारण गरेको छ ।
तालिका अनुसार कांग्रेस केन्द्रीय कार्यालयले समितिका तर्फबाट टेलिफोनमार्फत जिल्लाहरूलाई पठाएको समय तालिकाअनुसार वडा कार्यसमितिले चैत २१ र पालिकाले चैत २३ सम्म उम्मेदवार टुङ्ग्याएर नामावली बुझाउन निर्देशन दिएको थियो यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २५, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २७, जिल्ला कार्यसमितिले चैत २९ र प्रदेश कार्यसमितिलाई वैशाख १ गतेसम्म उम्मेदवारको टुंगो लगाएर नामावली पठाउन भनिएको छ । तालिका अनुसार अधिकांशले टुंगो लगाएको भएपनि धेरै पालिका र वडाबाट र कतिपय पालिकाबाट नाम लिष्ट आउन नसकेको नुवाकोट कांग्रेसका सचिव श्रीराम श्रेष्ठले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।
लिखित परिपत्र जिल्ला पुग्न ढिलो हुने भएपछि केन्द्रले फोनबाटै उम्मेदवारी टुंग्याउन मातहतलाई समय तालिकासहित आग्रह गर्न गरेको थियो । कांग्रेसको विधानमा प्रदेश कार्यसमितिले गठन गर्ने संसदीय समितिले नगरपालिका र उपमहानगर प्रमुख–उपप्रमुखको, जिल्ला कार्यसमितिले गठन गर्ने संसदीय समितिले गाउँपालिका अध्यक्ष–उपाध्यक्षको र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिले गठन गर्ने संसदीय समितिले गाउँ, नगर वडाअध्यक्ष तथा सदस्यको उम्मेदवारी टुंगो गर्ने व्यवस्था छ।
यस्तै, केन्द्रीय कार्यसमितिले गठन गर्ने संसदीय समितिले विधानतः स्थानीय निर्वाचनमा महानगर प्रमुख–उपप्रमुखको मात्रै टिकट दिने अधिकार छ । महानगर प्रमुख–उपप्रमुखको उम्मेदवारीका लागि पार्टीको महानगर कार्यसमितिले योग्यता पुगेकामध्येबाट प्रमुख र उपप्रमुख दुवैका लागि एक महिलासहित बढीमा समान तीनजनाको नाम सहमतिबाट, यदि त्यो नभए बहुमतबाट निर्णय गरी प्रदेश कार्यसमितिमा पठाउनु पर्ने हुन्छ। –