
राजधानीसँग जोडिएको नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकालाई समृद्ध बनाउने भनदै नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार गोविन्द थपलीयाले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । अध्यक्षका उम्मेदवार थपलीयाले आफ्नो पहिलो प्राथमिकता कृषि क्षेत्रलाई दिनु भएको छ । उहाले कृषि क्षेत्रको आधुनिकिकरण र त्यसको विकासका लागि उल्लेखित बुँदाहरु सार्वजनिक गर्नुभएको छ ।

१ कृषि
(क) कृषकहरुको अवस्थामा सुधारको लागि आधुनिक प्रविधिको प्रयोग र व्यवसायीकरण गर्न।
(ख) कृषि वीमा र व्यवसायिक कार्यमा अनुदानको व्यवस्था गर्न ।
(ग) सुलभ र सरल तरिकाले मल, बीउ तथा कर्जाको व्यवस्था गर्न ।
(घ) कृषि सडक पूरा गरी भरपर्दो ढुवानी व्यवस्था मिलाउन
(ड.)बाँदर तथा अन्य वन्यजन्तुबाट कृषिबाली सुरक्षाको भरपर्दो उपायहरु एवं वैकल्पिक कृषिको खोजी गर्न ।
(च) पकेट क्षेत्र निर्धारण गरी सामूहिक खेतीलाई प्रोत्साहन गर्न ।
२ स्वास्थ्य ः
(क) स्थानीय रुपमा स्तरीय र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्न ।
(ख) पिछडिएका र कमजोर आर्थिक अवस्था भएकाहरुलाई स्वास्थ्य उपचारमा सहयोग उपलब्ध गराउन ।
(ग) स्वास्थ्य चेतना अभिबृद्धि गरी स्वस्थ्य वातावरण र पोषणयुक्त खाना, सरसफाईमा जोड दिई स्वास्थ्य स्तरमा बृद्धि गर्न ।
(घ) महिला स्वास्थ्य स्वयम् सेविका लगायत स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन कार्यक्रम ल्याउन ।
३ शिक्षाः
(क) विद्यालयहरुमा प्रयाप्त शिक्षक कर्मचारीहरुको व्यवस्था, शैक्षिक सामग्रीको व्यवस्था गरी नियमित र थप व्यवस्थित रुपमा विद्यालय सन्चालन गर्न ।
(ख) न्यून वेतनधारी शिक्षक कर्मचारीको सुविधामा बढोत्तरी एवम् प्रोत्साहन दिन ।
(ग) थप प्राविधिक शिक्षालयको व्यवस्था र प्राविधिक शिक्षामा जोड दिन ।
(घ) शिक्षक–कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि तालिम अध्ययन तथा प्रोत्साहनको कार्यक्रम ल्याउन ।
(ड.) शिक्षण सिकाइमा आधुनिक प्रविधिको व्यवस्था र प्रयोग गर्न। सबै विद्यालय र शिक्षकहरुमा कम्प्युटर एवं इन्टरनेटको सुविधा पुर्याउन ।
३ शिक्षाः
(क) विद्यालयहरुमा प्रयाप्त शिक्षक कर्मचारीहरुको व्यवस्था, शैक्षिक सामग्रीको व्यवस्था गरी नियमित र थप व्यवस्थित रुपमा विद्यालय सन्चालन गर्न ।
(ख) न्यून वेतनधारी शिक्षक कर्मचारीको सुविधामा बढोत्तरी एवम् प्रोत्साहन दिन ।
(ग) थप प्राविधिक शिक्षालयको व्यवस्था र प्राविधिक शिक्षामा जोड दिन ।
(घ) शिक्षक–कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि तालिम अध्ययन तथा प्रोत्साहनको कार्यक्रम ल्याउन ।
(डं शिक्षण सिकाइमा आधुनिक प्रविधिको व्यवस्था र प्रयोग गर्न। सबै विद्यालय र शिक्षकहरुमा कम्प्युटर एवं इन्टरनेटको सुविधा पुर्याउन ।
४ यातायात सन्चार र पर्यटन ः
(क) स्थानीय सडकहरुको स्तर बृद्धि गरी भरपर्दो यातायात सुविधा विस्तार गर्न ।
(ख)उच्च पहाडी भूभागमा केबुलकारको संभाव्यता अध्ययन गर्न ।
(ग) साँघुरा खोंच र गल्छीहरुमा लामा पर्यटकीय हिसावले महत्वपूर्ण पुलहरुको निर्माण गर्न ।
(घ) प्राकृतिक तथा सास्कृतिक सम्पदाको संरक्षण, सम्वर्धन एवं प्रचार प्रसार गर्न ।
(ड.) होम स्टे तथा स्तरीय होटलहरुको विकासमा प्रोत्साहन दिन ।
(च) सार्वजनिक संघ सस्था, स्थलहरुमा फ्रि वाइफाईको व्यवस्था मिलाउन ।
५ युवा तथा स्वरोजगार ः
(क) युवाहरुलाई सिर्जनसिल कार्यमा आकर्षण गर्न युवा विशेष कार्यक्रम सन्चालन गर्न ।
(ख) युवाहरुलाई स्वरोजगार बनाउन युवा स्वरोजगार कोष व्यवस्था गरी तालिम अनुदानको व्यवस्था मिलाउन।
(ग) विकास– निर्माण एवं समाजिक कार्यमा युवाहरु परिचालन गर्न ।
६ खेलकुद तथा मनोरन्जन
(क) पालिका स्तरीय रंगशालाको स्तरोन्नती र नियिमत खेलकुद एवं मनोरन्जन कार्यक्रमहरुको आयोजना गर्न ।
(ख) वडा तथा विद्यालय स्तरमा खेलकुदका लागि ग्राउण्ड निर्माण एवं खेल मनोरन्जन कार्यक्रम सन्चालनको व्यवस्था गर्न ।
(ग) परम्परागत तथा आधुनिक मनोरन्जनमूलक खेलकुदहरुको अध्ययन र प्रतियोगिताहरु सन्चालन गर्न ।
७ सामाजिक पक्ष ः
(क) जातीय भेदभाव, लैंगिक हिंसा, सामाजिक विकृति जस्ता सामाजिक खरावीहरु हटाउन सहयोग पुर्याउने कार्यक्रम सचालन गर्न ।
(ख) परिवारका सदस्य , नातेदारलाई सल्लाहकार, कर्मचारी, सहयोगी, विज्ञ जस्ता लाभका पदमा राखी हुन सक्ने अपारदर्शिता र अनियमितताबाट रोक्न ।
(ग) सरकारी तथा गैर सरकारी संघ सस्थाहरु समेतको सहयोगमा सामाजिक कामहरु सन्चालन गर्न ।
८ सार्वजनिक सेवा ः
(क) पालिका कार्यालय तथा वडा कार्यालयहरुबाट प्रदान गरिने सेवा सरल र सहज बनाउन नियमित रुपमा जनप्रतिनिधि उपिस्थिति रहने व्यवस्था मिलाउन ।
(ख)सबै महत्वपूर्ण कार्यहरुमा सरोकारवाला पक्षहरु अन्य दल तथा निकायहरुसंग सहकार्य, समन्वय गरी काम गर्न ।
(ग) भ्रष्टाचार, ढीलासुस्ती , अनियमिततालाई दुरुत्साहित गरी सार्वजनिक सेवामा पारदर्शिता ल्याउन । ।
(घ) चुस्त, दुरुस्त सेवा प्रवाहको लागि कर्मचारीहरुको क्षमता अभिबृद्धि तथा प्रोत्साहन कार्यक्रम सचालन गर्न ।
(ड.( अत्याधुनिक प्रविधिको प्रयोग गरी जनसरोकारका सेवा सरल र सहज बनाउन ।
९ आर्थिक पक्ष ः
(क) अनुत्पादक काममा लगानी नगरी उद्योग, व्यवसाय जस्ता उत्पादक क्षेत्रहरुमा लगानी केन्द्रित गर्न ।
(ख) आर्थिक बृद्धिमा सहयोग पुग्ने कामहरुलाई प्राथमिकतामा राख्न ।
(ग) नियम कानून बाहिर गएर आर्थिक प्रलोभनमा परी हुने निर्णय तथा कामबाट बचाउन ।