वीरगन्जका मेयर राजेशमान सिंह धरौटीमा रिहा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १९, मंगलवार १७:४२

काठमाडौ । लिखतसम्बन्धी कसुर (किर्ते) तथा झुट्टा विवरण दिई नागरिकता लिएको आरोपमा पक्राउ परेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह अदालतले तोकेको धरौटी रकम बुझाएपछि रिहा भएका छन् ।

जिल्ला अदालत पर्साले आज सिंहसँग लिखत किर्ते मुद्दामा ४ लाख रुपैयाँ र झुट्टा विवरण दिई नागरिकता लिएको मुद्दामा १५ हजार रुपैयाँ गरी कुल ४ लाख १५ हजार रुपैयाँ धरौटी माग गरेको थियो ।

उनीमाथि नक्कली कागजातका आधारमा अर्काकी छोरीलाई आफ्नै छोरी देखाई नागरिकता तथा अन्य सरकारी कागजात बनाउन सहयोग गरेको आरोप छ ।

सो मुद्दा अदालतमा विचाराधीन रहेको छ भने सिंह अब तारेखमा रही मुद्दाको सामना गर्नेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *