
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित हुनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले आफु सभापति भएको छ महिना पुरा गरिसक्नु भएको छ । पार्टीको विधान अनुसार सभापतिले छ महिनाको अवधिमा धेरै काम गर्नुपर्ने हुन्छ । तर सभापति देउवाले पार्टीको विधान अनुसार धेरै काम गर्न बाँकी रहेको छ । पार्टी सभापतिमा निर्वाचित भएपछि उहाले पार्टीको पदाधिकारीमा निर्वाचन लडेका, आफुसँग चुनाव लडेका नेताहरुलाई केन्द्रीय समितिमा मनोनित गर्नुभएको थियो । यसले नेताहरुलाई पार्टीको बैठकमा जाने र आफ्ना कुरा राख्ने बाटो खुल्यो भने अर्कोतर्फ फरक फरक रुपमा चुनाव लडेका नेताहरु सँगै केन्द्रीय समितिमा बसेर छलफल गर्ने बाटो खुल्यो । यसले कांग्रेसलाई एक बनाउन मद्दत गरेको देखिन्छ । तर त्यतिले मात्रै कांग्रेस चलायमान र बलियो कुन सक्दैन भन्ने बुझ्नु जरुरी छ । यति हुँदा हुँदै पनि पार्टीको टिकट वितरण प्रक्रिया पारदर्शी नभएको गुनासाहरु बाहिर आए । जसका कारण धेरै ठाउँमा घात अन्र्तरभात भएको तथ्यहरु बाहिर आएका छन् । टिकट वितरका लागि कार्यसम्पाद समिति गठन भयो ।
त्यसले पार्टीलाई पुनर्रताजकी गर्न त मद्दत गरेको छ । तर त्यो भन्दा पनि अरु अझ गन बाँकी धेरै काम रहेका छन् । पार्टीको केन्द्रीय समिति पुरा हुन सकेको छैन । सभापतिले कोषध्यक्ष समेत नियुक्त गर्न सकेका छैनन् । पार्टीका विभागहरु बन्न सकेका छैनन् । विभाग गठन हुने हो भने पनि कांग्रेसका झढडै १५ सय नेता कार्यकर्ताले काम पाउने अवस्था छ । उनीहरुलाई दिइने जिम्मेवारीले पार्टीलाई चलायमान बनाउन सक्छ । तर यस बारेमा सभापतिको ध्यान पुगेको देखिदैन ।
१३ औं महाधिवेशनमा सभापति भएपछि जसरी पार्टी चलेको थियो त्यसैगरि पार्टी चलाउने सोचमा सभापति देउवा रेको जस्तो देखिन्छ । १३ औं महाधिवेशनबाट पहिलो पटक सभापति बनेका देउवाले आफु निर्वाचित भएपछि भातृ संस्थाहरलाई सक्रिय बनाउने र तोकिएको समयमा नै महाधिवेशन गर्ने प्रतिवद्धता जनाउनु भयो । तर उहा सभपाति भएपछि नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको मात्रै महाधिवेशन भयो त्यो पनि पुर्ण नेतृत्व विनाको थियो । तरुण दलमा अध्यक्ष र महामन्त्री मात्र छानेर पाँच वर्ष वितिसेको छ ।
नेपाल विद्यार्थी संघको तदर्थ समिति बनेर महाधिवेशन गर्ने भनेपछि अझै त्यसको सुरसार छैन । दोस्रो पटक सभापति भएपछि उहाले आफ्नो कार्यशैली सुधार्नु हुन्छ कि भन्ने आम नेता कार्यकर्ताको आशामा फेरि तुसारापात लाग्ने देखिएको छ । उहामा पार्टीलाई क्रियाशिल बनाउने र नेता कार्यकर्तालाई जिम्मेवारी दिने सक्रियता देखिएको छैन । यसले गर्दा कांग्रेस नाम मात्रले चलेको जस्तो देखिएको छ । केही दिनअघि मात्र पार्टीको केन्द्रीय निती तथा प्रशिक्षण प्रतिष्ठानमा उपसभपाति पूर्ण बहादुर खड्कालाई नियुक्त गर्नुभएको छ । यसले मात्रै पनि पार्टीको प्रशिक्षण तथा नीतिका लागि बाटो खुलेको छ ।
तर मुख्य कुरा मंसिरमा निर्वाचन हुँदैछ । त्यसका लागि पार्टीले भातृ संस्थादेखि पार्टीको विभाग गठन गरेर पार्टीका नेता कार्यकर्तालाई काम दिनुपर्नेमा पार्टी लथालिंग जस्तो भएको छ । गुट उपगुटको राजनीति चलिरहेकै छ । सभापति देउवा निकटको र सभापतिका प्रत्यासी खेशर कोइरालाबीच पार्टी सञ्चालनमा कुनै समझदारी देखिएको छैन । यसले पनि आम नेता कार्यकर्तामा नैराश्यता उत्पनन गराएको छ ।

टिकट वितरण समेत त्यो देखियो । जसले पार्टीमा विगतमा जस्तै घात र अन्तृरघातको ऋंखला जारी नै रह्यो । पछिल्लो समय भातृ संस्थाहरुको अधिवेशन हुन नसक्दा विद्यार्थी र युवाहरु अलमलिएका छन् । राजनीतिमा आउन खोज्नेहरु पनि कांग्रेसको हविगत देखेर भाग्नुपर्ने अवस्था छ । पार्टीमा युवाहरुको घडेरी छ । तर नेतृत्वले यस विषयमा सोचेको देखिदैन । पत्रकारहरुको छाता संस्था प्रेस युनियनको दशौं पटक स्थगित भएको अधिवेशन हुने चर्चासम्म चलेको छ ।
त्यसको पनि निश्चित छैन । यस्तै महिला संघको अवस्था पनि उस्तै छ । दलित संघ, किसान संघ, लगायतका भातृ तथा शुभेच्छुक संस्थाहरु जसरी अलमलिएका छन् त्यसले आउँदो निर्वाचनमा असर पार्ने देखिन्छ । पार्टी सभापति प्रधानमन्त्री पनि भएकाले कार्य व्यवस्तता हुनु स्वभाविक हो । भरर्खर स्थानीय निर्वाचन सकिएको छ । अब अर्को निर्वाचनका लागि गठबन्धनमा भर पर्ने कि पार्टीलाई चलायमान बनाउने भन्ने कुरा आउँछ । माओवादी केन्द्रले बारम्बार कांग्रेसलाई चेतावनी दिइरहेको छ ।
यस्तो अवस्थामा भोलि उनीहरु एमालेसँग गठबन्धन गर्न गएको खण्डमा कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने हुन्छ । यस्तो अवस्थाका लागि पार्टीलाई चलायमान बनाउन सकिएन भने स्थानीय तहजस्तो संघ र प्रदेशमा जित्न सकिने अवस्था छैन । तसर्थ सभापतिले पार्टीको सबै तह र तप्कालाई भरिपूर्ण गरेर आउँदो निर्वाचनमा कांग्रेसका नेता कार्यकर्तालाई चलायमान बनाउन सकेको खण्डमा मात्रै कांग्रेस पहिलो पार्टी बन्न सक्नेछ । यसतर्फ पनि सभापतिको ध्यान जाओस् ।