
प्रधानमन्त्री पुष्पमकल दहालले आफ्नो भारत भ्रमणका क्रममा भारत सरकारले उपहार स्वरुप दिएको मुर्रा जातको राँगा दिइएको विषयमा नेपाली समाजमा यसको चर्को बहस भएको छ । कतिपयले नेपाललाई हेपेर राँगाा उपहार दिएको जस्ता अभिव्यक्ति दिएका छन् । तर सम्रमा यसलाई त्यस रुपमा जोड्नु भनेको जानजान गलत मनसाय राखेको सिवाय केही देखिदैन । किनभने हामी कृषि प्रधान देश भएपनि कृषिमा आत्म निर्भर हुन सकेका छैनौ ।
यस्तै दुध उत्पादनमा पनि हामी परनिर्भरता हुनुपर्ने अवस्था छ । हामीले आफूलाई समेत पुर्याउन नसकेका कारण वर्षेनै करोडौं रुपयाँ विदेशी मुलुकमा पुगिरहेको छ । यसलाई धेरै राहत हुने ढंगले भारत सरकारले नेपाललाई यो उपहार दिएको छ । नेपाल सरकारले २०२० मा भारतको पशुपालन मन्त्रालयललाई उच्च प्रजनन मान भएका बीउ राँगो आपूर्तिका लागि औपचारिकरूपमा नेपाल सरकारबाट प्रस्ताव गरिएकोमा नेपालले निर्धारण गरेको प्राविधिक मापदण्ड बमोजिमको १५ वटा उच्च नश्लका मुर्रा जातका पाडाहरू उपलब्ध गराउन सम्बद्ध भारतीय पक्षबाट प्रतिबद्धता प्राप्त भएको हो । एमाले अध्यक्ष केपी ओली सरकारको नेतृत्वमा रहेको बेलामा नै भारतसँग माग गरेको विषय हो ।
यस विषयमा समाजमा भैरहेको गलत प्रचार प्रति पशुपंक्षी तथा कृषि मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधारमार्फत भैँसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि गरिने छ । वस्तुगत सहायतास्वरूप प्राप्त हुने उच्च प्रजनन मानका १५ राँगाबाट तीन वर्षपश्चात वार्षिक कम्तीमा एक लाख ५० हजार डोज वीर्य उत्पादन भई कम्तीमा एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधारमार्फत भैँसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यो कुरा कतिपयलाई जानकारी छैन वा जानकारी हुनेहरुले समेत सरकारको विरोध गर्नका लागि मात्रै यस्ता अफवाह फैलाएका छन् । यो एउटा सामाजिक मित्रता स्वरुप एउटा नजिकको छिमेकी मित्र हुनुको नाताले प्राप्त भएको सहयोग हो ।
नेपाल र भारतबीच खुला समिाना भएकाले दुई देशबीच लामो समयदेखि एक असल छिमेकीको रुपमा घनिष्ट सम्बन्ध रहेको छ । रोटीबेटीदेखि आपसी हितमा विषयमा दुई देशबीचको सम्बन्धमा सरकार पिच्छे फरक फरक धारणा बनाउने हाम्रो मुलुकका कारण हामी आफै कमजोर बनिरहेका छौ । रह्यो कुरा भारतले नेपालको भूमि मिचेको कुरा , यो विषयमा पनि नेपालले आफ्नो ढंले नक्सा बनाउने, आम नारिकका लागि सस्स्तो लोकप्रियता कमाउने र जनतालाई ललिपप देखाएर जनताको मत लिने अनि सरकारमा पुगेपछि आफै भारतपरस्त हुने चलन बढिरहेको छ । यसले नै हाम्रो देशलाई घाटा भैरहेको छ । अन्तराष्ट्यि स्तरका सम्बन्धलाई नेपालले पञ्चशिलको सिद्धान्तका आधारमा अघि बढाउँदै आएको छ । तर राजनीतिक दलहरुले जनतालाई भोटका लागि अनेक प्रकारले अर्थ लगाउने गर्दछन् जसका कारण भारतसँगको हाम्रो सम्बन्धमा बेला बेलामा चिसोपना आउने गरेको छ । यस पटक प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दुई देशविच हुने आपसी हितका विषयमा नै समझदारी भएका छन् ।
यसलाई गलत अर्थ लगाउने र विरोध गर्ने कुरा विरोधका लागि विरोध मात्रै हो । पछिल्लो समय सामाजिक सञ्जालमा राँगा उपहार पाएको कुरा पनि यस्तै भैरहेको छ । एउटा राँगााको बजार मुख्य कम्तिमा पनि दुई करोडसम्म पर्ने भारतीय मिडियाहरुले बताउँदै आएका छन् । मुख्य कुरा कति मूल्य भन्दा पनि यसले आगामी दिनमा दिने प्रतिफलको मुल्याड.्कन नगरि जसरी हल्लाको भरमा विरोध गरिएको छ यो नितान्त गलत छ । विरोध गर्नुभन्दा भारतको यो सहयोगको सहि रुपमा सदुपयोग हुन सक्यो र हामीले सहि रुपमा यसलाई प्रयोग गर्न सक्यौं भने वशुपंक्षी विज्ञहरुका अनुसार आागामी तीन वर्षमा हामीले झण्डै एक लाख लिटर दुध दैनिक रुपमा वृद्धि गर्न सक्छौ ।

हाम्रा यस्तै क्रियाकलाप र राजनीतिक नेतृत्वबीचको सत्ता स्वार्थका कारण नेपाल जस्तो सुन्दर देश आज झन झन गरिबिको बाटोमा अघि बढिरहेको हामी जस्तो विकासिल मुलुककले प्राप्त सहयोलाई सहि रुपमा सदुपयोग गर्नुभन्दा विरोध गर्नु भन्दा आगाlड हामी कुन धरातलमा छौ भन्ने कुरा सबैले बुझ्नु जरुरी देखिन्छ .;