
विदुर । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ५ का नागरिकलाई विभिन्न जातका फलफूलका विरुवा वितरण गरिएको छ । लाइन्स क्लब अफ काठमाडौ स्वम्भु क्लबको तर्फबाट बेलकोटगढी ५ का झण्डै ६५० घर धुरीलाई विभिन्न जातका फलफूलका विरुवा वितरण गरिएको लाइन गिता अमात्यले जानकारी दिनुभयो ।
क्लबले अभोकाडो,चाइनिज अमला,मेकोढोनिया,आँप ,अम्बा,भुइकटहर, गरि जम्मा १३०० विरुवा वितरण गरिएको बताइएको छ । पर्यावरण संरक्षण ,मानिस हरुलाई फलफूलमा आत्म निर्भर,र बोटबिरुवा रोप्न प्रोत्साहन गर्ने उदेश्यले विरुवा वितरण गरिएको लाइन अमात्यले बताउनुभयो ।
बेलकोटगढीको केउरिनीमा आइतबार आयोजित विरुवा वितरण कार्यक्रममा बेलकोटगढी वडा नं ५का वडा अध्यक्ष मदन भुजेल, सदस्य गोकर्ण नेपाल, लाइन्स लिडरहरु दुर्गा प्रसाद हुमागाई ,हसन गोपाली ,तृजा ढकाल,कांग्रेस युवा नेता दुर्लभ तमाङ्ग लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । अन्तर्राष्ट्रिय स्तरमा समेत चिनिन सफल भएको उक्त संस्थाले विगतमा पनि यस्ता सामाजिक कार्य गर्दै आएको छ ।