
जो हिजो अरु दलहरुमा आफुले भनेको ठेक्का नपाएका, सिन्डिकेट गर्न नपाएका, कार्टेलिग गर्न नपाएका, भुमाफिया जग्गा दलाल वा दलालहरु, शोषक र ठगहरु, अपराधिहरु आदी आज अर्को दलमा लागेर हिजोका आप्mना इच्छाहरु पुरा गराउन तम्सि रहेका छन । नेपालमा पात्र मात्र परीवर्तन हुने रहेछ प्रवृती परीवर्तन हुने रहेनछ ।
हिजो प्रतक्ष्य राणकाल थियो आज अप्रतक्ष्य राणकाल छ । जनताका हितमा काम गर्ने मान्छे होइन प्रणालीको विकास गर्नुपर्छ । समाजलाइ नेता होइन विकास गर्ने प्रणाली चाहिएको हो । हामी नेपालीहरु जो सरकार वा संसदमा गए पनि नेताले विकास गर्न सक्दैन । यस्तो नेपाल जस्तो जटिल र संकुचित मानसिक अवस्था भएको देशमा कोहि पनि विकासादी नेता बन्न सक्दैन । नेतामुखि होइन नीतिमुखी व्यावस्थाले मात्र जनताको अवस्थामा विसाल सुधार ल्याउने छ । आज सम्म नेपालमा सबै खत्तम नेताहरु छन । अब उत्तम नीति बनाएर लागु गर्नुपर्छ ।
हामी मास मिडियाको दुरुपयोग होइन सदुपयोग गरौ । किन नेपालीहरु विश्वमा बेइमान बन्दैछन यो महत्वपुर्ण सवाल हो । अरुका देशमा कामदार बन्न जानु राम्रो कुरा होइन् । अमेरिकनहरु नेपालमा गोरु जोत्न आएको देखिएको छैन त । नेपालको विकास होस भन्ने अनुभुति कसैमा पाइन्दैन । नेपालमा दरीद्र मानसिकताले अब्बल मानसिकता माथि शासन गरेको छ । हामीले ग्रेटर नेपाल चाहेका हौ भने किन विहारीलाइ नागरीकता नदिने । विहारीलाइ नागरीकता नदिने हो भने ग्रेटर नेपालको कुरा बन्द गर्नु पर्छ । फेरी ग्रेटर नेपाल भनेको तिब्बत पनि हो ।
तिब्बतका बारेमा ग्रेटर नेपालका अभियान्ताहरु किन चुपचाप । नेपालमा अहिले कसले कसलाइ मुर्ख बनाउने भन्ने खेल चलेको छ । आजका भारतका सिक्किम असम कुमाउ गढवालआदीमा बस्ने नेपाली मुलका मानिसहरु नेपालबाट गएका होइनन् । तिनीहरु त त्यहिका रैथाने हुन । त्यसैले दरीद्र नेपालबाट विकसित नेपाल बन्ने तिर सोचौ । काम नपाउनेहरुको हल्लाको पछाडी नहिडौ । नेपालले ग्रेटर नेपाल चाहान्छ भने भारत र चिनले पनि ग्रेटर भारत र ग्रेटर चिन चाहान्छन । अहिलेको तन्नम र गरीब नेपालमा कोहि आउन चाहान्दैन बरु नक्कली शरणर्थि बनेर विदेश जान नेपालीहरु नै चाहान्छन
आउने चुनावमा पनि नेपालीले नै जित्ने हुन । नेपालीले नै हार्ने हुन । राणाहरु पनि नेपाली, राजाहरु पनि नेपाली, नेपाली कंगे्रस पनि नेपाली, माओवादी पनि नेपाली अथवा हामी सबै नेपाली । नेपाली जनताले विकसित नेपाल बनाउने नीति तथा कार्यक्रम खोजेका हुन, भाषण गर्न र अरुलाइ गालि गर्न सक्ने नेता खोजेका होइनन् । कुनै पनि नेताले देश बनाएको इतिहाँस छैनन् । नेताले लागु गरेको नीतिले मात्र देश बन्छ । चिनका विकासका पिता देङ्ग साओ पिङ्ग र दक्षिण कोरीयाका विकासका पिता पार्क चु हिङ्गले विकास गर्ने नीति र कार्यक्रम बनाए र लागु गरे । त्यहि नीति
र कार्यक्रमले यी दुबै देशहरु विकसित देश बनेका हुन । देश बनाउने सबै भन्दा सामान्य मान्यता यस्तो छ ः तोकिएको काम, तोकिएको व्याक्तिले, तोकिएको समयमा, तोकिएको बजेटमा, तोकिएको स्टेण्डरमा, तोकिएको आकारमा, तोकिएको गुणस्तरमा, तोकिएको नियम अनुसार, तोकिएको अवधि सम्मका लागि पुरा गर्नुपर्ने हुन्छ । विश्वमा आज विग व्याङ्ग विकास रणनीतिको अभ्यास भइ रहेको बेलामा नेपालमा भने कस्मेटिक विकास रणनीतिको अभ्यास भइ रहेको छ । हामीले पनि अरु सबै हल्ला र अनावश्यक गफको पछि नलागेर स्थानीय राष्ट्रिय र अन्तराष्ट्रिय विकासमा ध्यान ज्ञान मन जन धन बच्चन दिनु अनिवार्य भइ सकेको छ । लेखिका केन्दृय बिभाग राजनितिशास्त्र स्नातकोत्तर अध्ययनरत हुनुहुन्छ्।