
नेपाली राजनीतिमा झण्डै एक हप्ता वर्तमान सरकार परिवर्तनको हौवा चलेको थियो । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका बेला नेपालमा राजनीतिक परिवर्तनको संकेत सुरु भएको कुरा नाम चलेका मिडियाहरुले समेत समाचार बनाउन भ्याएका थिए ।
कांग्रेस सभापति देउवाले सिंगापुरमा रहेका बेला भारतीय गुप्तचर संस्था ,र, का प्रतिनिधिदेखि अन्य धेरै राजनीति व्यक्तित्वहरुसँग भेट गरेको र देउवा फर्केपछि राजनीति परिवर्तन हुने अनुमानका समाचार र विश्लेषणहले मुल प्रवाहमा पत्रपत्रिकादेखि युटुवहरुमा समेत छाएको थियो । नाम चलेका भनिएका राजनीतिक विश्लेषकको ट्याग लगाएकाहरुले पनि यस्ता अनुमान लगाएका थिए ।
तर सभापति देउवा स्वदेश फर्केलत्तै त्यसको भोलिपल्ट प्रधानमन्त्रीसँग बालुवाटारमा भेट गरेर आफू सत्ता परिवर्तनको पक्षमा नभएको स्पष्ट सन्देश दिएपछि भने यतिखेर यो विषय ओझेलमा परेको छ । देउवाको नाममा सत्ता परिवर्तन गराउने र प्रधानमन्त्रीका छोटो समयलाई भनेपनि प्रस्ताव गर्ने र देउवाको देउवाको छवि सत्ताका लागि हो भन्ने देखाउँदै उनलाई असफल बनाउने पार्टी भित्रैको रणनीति स्वरुप चलेको यो हल्लालाई देउवाले जुन सुझवुझपुर्ण ढंगले निश्तेज बनाएका छन् यसले उनको बोली र व्यवहारलाई परिपक्छ छ भन्ने देखाएको छ । राजनीतिक रुपमा जसरी सत्ता परिवर्तन हुन्छ त्यसले दिने के भन्ने प्रश्न त्यतिकै रुपमा उब्जिएको हुन्छ ।
माओवादीका अध्यक्ष दाहालले एमालसँगको सहकार्य तोडेर नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका छन् । उनले कोइरालाको शताब्दिऔ वार्षिकीका अवसरमा नेपाली कांग्रेसको सहभासगता विना शान्ति प्रक्रियाका कामहरु प्ररा हुन नसक्ने ठानेर आफू कांग्रेससँग सहकार्य गर्न आइपुगेको बताउनु भएको थियो ।
यसले पनि प्रचण्ड देउवाको सहकार्य लामै हुने देखिएको छ । विशेष गरेर तीन नेताबीच भद्र रुपमा भनिएको सहमति अनुसार प्रचण्डपछि देउवा प्रधानमन्त्री हुने सहमति भएको भनिन्छ । यतिखेर दाहाल सोही आधारमा प्रधानमन्त्रीको कुर्शीमा छन्,तर उनलाई समर्थन गरेका एक दलले समर्थन फिर्ता लिएको खण्डमा सरकारले फेरि विश्वासको मत लिनुपर्ने अवस्था छ । यो अवस्थाकाबीच एमालेले पाएको आफ्नो सत्ता सबै गुमाएको अवस्थामा कांग्रेसलाइ साथमा लिएर फेरि सत्तामा फर्कन गरेको प्रयास स्वभाविक मानिन्छ । तर यसले देशलाई के दिनसक्छ भन्ने मुल कुरा हो ।
अर्कोतर्फ कांग्रेसले अहिले जसरी संघदेखि प्रदेशसम्म आफ्नो बलियो उपस्थिति देखाएको छ । यो अवस्थामा फेरि एमालेको शरणमा पुग्दा त्यसले कांग्रेसप्रतिको जनधारणा नकारात्मक बन्ने निश्चित छ । त्यसमा पनि ओलीजस्ता चतुर खेलाडी र उनको पार्टीको जस्तो व्यवस्थित संगठनले कांग्रेसको तुलनामा धेरै फाइदा लिने कुरा स्भाविक बन्दै जान्छ । दुई मुख्य प्रतिस्पर्धी दलबीच सत्तामा सहयात्रा हुँदा त्यसले एकतातर्फ तानाशाही अवस्था सिर्जना गर्दछ भने एर्का तर्फे दुई दल नै असफल भएको खण्डमा त्यसले अर्को राजनीतिक संकट समेत निम्त्याउन सक्ने अवस्था हुन्छ ।
यि तमाम अवस्थाकाबीच सभापति देउवाले जुन प्रकारले वर्तमान गठबन्धन नै कायम रहने भनेर सन्देश दिनु भएको छ त्यो अत्यन्त सकारात्मक कुरा हो । भलै पार्टी सञ्चालनमा सभापति देउवाका कमी कमजोरीहरु रहेका छन् । आफू निर्वाचित भएपछि दुई महिनामा गरिस्क्नुपर्ने कामहरु अझै हुन सकेको छैन ।
भातृ संस्थाहरु लथालिड.ग अवस्थामा छन् । विभाग बन्न सकेको छैन । यसले सिंगो कांग्रेस पंक्तिमा नकारात्मक सन्देश गैरहेको छ । यसलाई ट्याककमा ल्याउन भने देउवाले सकिरहेका छैनन् । यसतर्फ पनि देउवाको ध्यान जानु पर्दछ । वर्तमान सरकार भ्रष्टाचारदेखि मुलुकमा सुशासन कायम गर्नका लागि क्रियाशिल भएको छ । यो अवस्थामा कांग्रेस माओवादीबीचको सहकार्यले मात्रै देशलाई निकास दिन सक्छ । मुलुक आर्थिक रुपले कमजोर भएको अवस्था छ । सरकारले ल्याएको बजेटले थोरै भएपनि मुलुकलाई आर्थिक रुपले चलायमान गराउनका लागि मद्दत गरेको छ । यसैका आधारमा बजेट पास भैसकेको पनि छ ।
अब भ्रष्टाचार र वेथितिको अन्त्य गर्नु सरकारको मुख्य दायित्व र जिम्मेवारी रहेको छ । राजनीतिक दलप्रति जनताको विश्वास घटिरहेको छ । विचार र शिद्धान्त नभएका दलहरु जनताले विकल्पको रुपमा लिन थालेको अवस्था छ । यो अवस्थाकाबीच मुलुकको लोकतन्त्रका लागि लामो समय कुर्वानी गरेका दलहरुले यतिखेर देशलाई सहि बाटोमा डोहोर्याउनु आजको मुख्य आवस्यकता हो । त्यसैले अब कांग्रेसले सत्ता फेर्ने र देउवालाई प्रधानमन्त्री बनाउने हतारो गरेर आगामी दिनमा जनताबाट बहिस्कृत हुनु भन्दा वर्तमान सरकारसँग सहकार्य गर्दै सत्तामा भएकाहरुले देश विकासका लागि काम गर्ने र सत्ता बाहिर रहेकाहरुले पार्टीलाई संगठित गरेर गाउँ गाउँसम्म जाने वातावरण तयार गर्नुपर्दछ । तब मात्रै कांग्रेसको बिग्रेको शाख फर्कन सक्छ । चेतना भयाँ