
गुरु बराल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुनुहन्छ । विद्यार्थी राजनीतिदेखि नै नेपाली कांग्रेसप्रति प्रतिवद्ध भएर क्रियाशिल हुनुभएका बरालको राजनीतिक पृष्ठभूमि निकै लामो रहेको छ । राजनीतिमा अनेक उतार चढावलाई पार लगाउँदै नेपाली कांग्रेसको १४ औ महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएका बराल पार्टीमा स्पष्टसँग आफ्नो धारणा राख्न सक्ने नेताका रुपमा परिचित हुनुहुन्छ । पार्टी संस्थापन पक्षबाट केन्द्रीय सदस्यमा निर्वाचत हुनु भएका उहा संस्थापन पक्षले गरेका कमीकमजोरीलाई पनि सजिलै औला ठड्याउन सक्ने एक नेताका रुपमा रहनु भएको छ । असार २ गतेबाट सुरु भएको केन्द्रीय समितिको बैठक लाइभ गर्ने सभापति शेरबहादुर देउवाको निर्णप्रति उहाले प्रत्यक्ष प्रसारणमार्फत नै केन्द्रीय समितिमा बोल्ने क्रममा लाइभ गर्नु कांग्रेसका लागि फाइदा नहुने भन्दै अबका बैठक लाइभ गर्न नहुने सुझाव दिनुभएको थियो । उहाले दिनुभएको सुझावलाई नै भनौ या कांग्रेसले सभापति आफैले आफ्नो उदेश्य पूरा भएको ठानेर हो अबका बैठक लाइभ नगर्ने संकेत गरिसक्नु भएको छ । यसले उहाले उठाएको मुद्दाले एक हिसाबले जित हासिल गरेको छ । यस्तै अन्य विषयमा पनि उहाँ कांग्रेसलाई एकतावद्ध र बलियो बनाउने विषयमा आफ्नो धारणा राख्दै आउनु भएको छ । यसै क्रममा नुवाकोट जिल्लामा जहाँ कांग्रेस राजनीतिक हस्तीहरु अर्थात चार जना केन्द्रीय सदस्य भएको जिल्लामा प्रतिनिधिका रुपमा जानु भएको थियो । नुवाकोटमा नपाली कांग्रेसका नेता कार्यकर्ताले दिएको झण्डै ७ सय सुझाव लिएर फर्कनु भएको छ । कांग्रेसको अभियान सञ्चालनका लागि १० दिन नुवाकोट बिताउँदा र त्यहाका हरेक कार्यक्रममा उहाले कांग्रेसलाई बलियो बनाउन नेपाली कांग्रेसको आगामी भूमिकाका विषयमा प्रष्ट पार्नुभयो । महत र केसीको गुटले गाँजिएको नेपाली कांग्रेस नुवाकोट अबका दिनमा गुट भन्दा माथि पार्टी हुनु्पर्ने धारणा राखेर फर्कनु भएको छ । यद्यपि गुटसँग आवद्ध भएपनि अकको कांग्रेस गुटभन्दा माथि हुनुपर्ने आम कार्यकर्ताको सुझाव लिएर फर्कनु भएको छ । प्रस्तुत छ, नुवाकोट पुकार डटकमका लागि शुकदेव दाहालले गर्नुभएको कुराकानीका सम्पादित अंशहरु
१ नेपाली कांग्रेसको केन्द्रीय प्रतिनिधिका रुपमा १० दिन रहँदा नुवाकोट कांग्रेस कस्तो पाउनुभयो ?
देशभरि रहेको नेपाली कांग्रेसमा जुन प्रकारको विवाद रहेको छ त्यो नुवाकोटमा पनि थिएन भन्न त मिल्दैन , समग्रमा हेर्दा नुवाकोटमा नेपाली कांग्रेस बलियो रहेको देखियो, तर पनि गुटको प्रभाव चाँहि जबरजस्त रुपमा रहेको रहेछ । यति हुँदाहुँदै पनि नुवाकोटमा जति साथीहरुसँग अन्र्तक्रिया गरे लगभग म जिल्लाको १२ वटै पालिकामा , क्षेत्र जिल्ला र प्रदेशमा पुग्दै गर्दा नेपाली कांग्रेस गुटभन्दा माथि हुनुपर्दछ भन्ने सबको भावना रहेको पाए ।
२ यहाँले तल्लो तहका नेता र कार्यकर्ताहरुसँग पनि भेट्नुभयो , कांग्रेस केन्द्रीय राजनीतिका विषयमा उहाहरुको कस्तो धारणा पाउनु भयो ?
आम रुपमा नुवाकोट जिल्लामा १० दिनको बसाईको क्रममा मलाई सात सय सुझावहरु प्राप्त भएका छन् । समग्रको कुरा के थियो भने बाद विवाद, पुर्वाग्रहबाट नेपाली कांग्रेस मुक्त हुनुपर्दछ भन्ने थियो । यस्तै तेरो मेरोबाट मुक्त हुनुपर्छ, गु्रपिजमबाट मुक्त हुनुपर्दछ भन्ने एउटा पाटो थियो भने अर्कोतर्फ कांग्रेस अब परिष्कृत हुनु पर्यो, पूराना कुराहरुबाट मात्रै होइन कि अब कांग्रेसले के गर्ने ? अबको गन्तव्य के हुने ? , तपाइले कांग्रेसले बलियो र सुदृढ कांग्रेस बनाउन के ल्याउनु भयो ? भन्ने खालामा प्रश्नहरु जबरजस्त रुपमा उठेका थिए । यसले समग्रमा के देखाउँछ भने कांग्रेसका नेता देखि तल्लो तहसम्म हामी सुध्रिनु जरुरी छ, बलियो हुनु जरुरी छ, अब आत्मआलोचित हुनु जरुरी छ भन्ने पनि संकेत गरेको छ । यसबाट अब कांग्रेस परिष्ष्कृत भएर जानुपर्दछ भन्ने अनुभूति दिलाएको छ ।
३ पछिल्लो समय नेपाली कांग्रेस कमजोर भएको, नेता कार्यकर्तामा नैराश्यता बढेको, पार्टीमा रुपान्तरण आवश्यक भएको भन्ने प्रकारका चर्चाहरु चल्ने गरेका छन्, तपाईले यस विषयमा आम नेता कार्यकर्ताको कस्तो धारणा पाउनुभयो ?
नैराश्यता भनेको यहाँले भनेको जस्तो खालको नैराश्यता होइन,अहिले नुवाकोटमा मात्रै होइन सिंगो मुलुकमा नेपाली कांग्रेससहित पूराना राजनीतिक दलहरुले केही गरेनन्, मुलुक बर्बाद भयो, लोकतन्त्र असफल हुन लाग्यो भन्ने कुराको प्रभाव पार्न खोजिएको छ र त्यो नुवाकोटमा पनि रहने नै भयो । तर नुवाकोटमा हाम्रा पार्टीका नेता कार्यकर्ता साथीहरुको कुरा के रह्यो भने यि सबै कुरा बिर्सेर हामी एकजुट भएर आफ्नो गन्तव्यमा लाग्र्नुपर्दछ र कांग्रेसलाई यो भन्दा अझ परिष्ककृत गरेर जानुपर्दछ भन्ने रह्यो । साथै मुलुकको हित गर्ने र लोकतन्त्रको रक्षा गर्ने एक मात्रै शक्ति नेपाली कांग्रेस हो, जसका कारण नेतृत्व अहिलेको अवस्थाबाट केही माथि उठेर अझै तिखारिएर जानुपर्दछ भन्ने आम साथीहरुको बुझाइ रहेको मैले पाए ।
४ नुवाकोट कांग्रेसमा गुटको राजनीतिको अस्तो प्रभाव पाउनुभयो ?
नुवाकोटको मात्रै होइन, संसारमा अस्तित्वमा रहेका सबै पार्टीहरु कुनै न कुनै रुपमा गुटबाट बिमुख हुन सक्दैन । तर नुवाकोटमा भने अलि बढि स्थायी खालको गुटको अनुभूति पाए, तर साथीहरुको भावना के थियो भने स्थायी गुट बनाउनु हूँदैन,अधिवेशनमा सानातिना विचार समूहहरु बन्न सक्छन्,तिनीहरु स्थायी हुनु हुदैँन,स्थायी गुटका कारण नै कांग्रेस कमजोर भयो र यसलाई अन्त्य गर्नुपर्दछ भन्ने साथीहरुको भावना रहेको मैले पाए ।
५ पार्टीभित्र पछिल्लो समय रुपान्तरणको मुद्दासँगै कतिपयले त नेतृत्व परिवर्तनका कुरा पनि उठाएकोअवस्था छ, नुवाकोटमा यसबारेमा कस्तो प्रतिक्रिया पाउनुभयो ?
होइन नेतृत्व परिवर्तन र पुस्तान्तरणका केही कुराहरु आएका छन् । तर पनि उहाहरुको भनाई पनि नेतृत्व परिवर्तनदेखि पुस्तान्तरणको पनि विधि प्रक्रिया र पार्टीको आफ्नो विधानको व्यवस्था रहेको छ । अहिले नै कसैलाई मन लाग्यो भनेर राख्ने, हटाउने कुरा होइन,आफ्नो विधि र विधान र प्रक्रियाबाट पार्टी चल्ननुपर्दछ भन्ने रहेको थियो । सँगसँगै पार्टीको विधि विधान, मुल्य मान्यताभित्र सबै नेता कार्यकर्ता रहनु पर्दछ भन्ने आम साथीहरुको धारणाको रहेको थियो ।
६ पार्टी विधि विधानबाट अघि बढ्न सकेन, यसलाई विधि, पद्धती अनुसार अघि बढाउनु पर्दछ भन्ने कुरा बहसमा आइरहेको बेला आम कार्यकर्ताहरु यसबारे के भन्छन् ?
आग्रह पूर्वाग्रहबाट सबै माथि उठ्नु पर्ने आवाज बुलन्द रुपमा उठेको थियो ।यसको समग्र अर्थ भनेको आग्रह पूर्वाग्रहबाट माथि उठेर न्यायासंगत रुपमा पार्टी सञ्चालन हुनुपर्यो भन्ने नै रहेको थियो । कार्यकर्ताको एउटा मात्रै चिन्ता के थियो भने, अब कमजोर कांग्रेस, अलमलको कांग्रेस हहोइन एक्काइसौं शताब्दीको देश र जनताको माग अनुसारको कांग्रेस बन्नुपर्दछ, अलमल गरेर कांग्रेस बन्दैन भन्ने नै आम रुपमा नेता कार्यकर्ताको भनाई थियो । यो सँगै कांग्रेसका विकल्पका रुपमा आएका भनिएका शक्तिहरु पनि छन् तर उनीहरु के गर्लान, विकल्प दिन सक्ला या हराउँलान तर हामी कांग्रेस एक भएर जानुपर्दछ भन्ने समग्र कार्यकर्ता धारणा झल्केको पाए ।

नुवाकोटका लागि कांग्रेस केन्द्रीय प्रतिनिधि बरालसँग अन्र्तवार्ता लिदै,नुवाकोट पुकार डटकमका सम्पादक शुकदेव दाहाल ,तस्बिर ः नुवाकोट पुकार डटकम
७ नेपाली कांग्रेसको पार्टीगत संरचना भत्ता भयो, अधिवेशन गराउनेदेखि नेतृत्व छान्नका लागि नै समय खर्चनुपर्ने यसले पार्टीमा गुट उपगुट सिर्जन गर्ने कुराअवस्था बनेको भन्दै यसलाई परिमार्जन गर्नुपर्दछ भन्ने बहस चलिरहरेको थियो, यसमा के रहेछ, नेता कार्यतर्काको धारणा ?
पार्टी पुर्रसंरचनाका भनेर त्यस्तो ठोस सुझाव होइन ,तर अलि यसलाई चुस्त दुरुस्त बनाउनु पर्दछ भन्ने कुरा आएको थियो । अब यसमा पनि विरोधभास पनि छ , हामीले पार्टीलार्ई समावेशी बनाएर लैजानु पर्ने पनि छ,यसलाई अगाढी बढाउँदा लामो भद्दा पनि हुनेगर्दछ, त्यसभएर यो सँगसँगै दुईवटै कुरालाई चुस्त दुरुस्त बनाएर लैजानुपर्ने अवस्था छ । हिजो समावेशी भएन भन्ने थियो, आज समावेशी भएपछि भद्दा भयो भन्ने छ । यो द्धन्द्धलाई वैज्ञानिक हिसावले समाधान खोज्नुपर्दछ भन्ने मेरो धारणा रहेको छ ।
८ पछिल्लो समय नेपाली कांग्रेस पार्टी पनि सरकारमा छ र यतिखेर भ्रष्टाचारका फाइलहरु खुलिरहेको अवस्था छ, नेपाली कांग्रेसको सरकारमा सहभागिता र भूमिकाबारे कांग्रेसका कार्यकर्ताहरुको कस्तो धारणा पाउनुभयो ?
मैले प्रारम्भ अर्थात उद्घाटन सत्रमा नै भनेको थिए, हामीले ठुला ठुला आन्दोलन गर्यौ, ठूला परिवर्तन गरयौं, ठूला भौतिक संरचनाहरु निर्माण गरयौ , शैक्षिक रुपमा, मानसिक रुपमा धेरै विकासहरु भए । तर अहिले यतिले मात्रै पूग्दैन र पुगेको छैन ।अहिले आम मानिसले खोजेका छन् शुन्य सहनसिलता, अहिले जनताले खोजेका छन् सुशासन , बढी भन्दा बढी डेलिभरि खोजेका छन्, त्यो कुरा अब कांग्रेसले पनि अर्जुनदृष्टि लगाएर सम्बोधन गर्नुपर्दछ । किसानका लागि बल बिउका कुरा छन् , आम मानिसको भान्सा महंगो भएको छ, स्वास्थ्य क्षेत्रमा अस्तव्यस्तताको कुरा छ, शिक्षा त्यस्तै अवस्थामा छ, यि तमाम कुराहरुलाई अबको कांग्रेसको कार्यक्रममा आउनु पर्दछ भन्ने माग रहेको छ । यस्तै सरकारले भ्रष्टाचारबाट फाइलहरु खोलिएका छन् । मुलुकबाट भ्रष्टाचार अन्त्य गर्ने कुरामा कांग्रेसले सरकारलाई साथ दिनुपर्दछ भन्ने सुझावहरु आएका छन् । यस्तै अहिले मुलुकमा घटिरहेका नयाँ घटनाहरुमा कांग्रेस कहिँ कतै पनि जोडिनु हुँदैन है , कुनै आरोप प्रत्यारोपमा कांग्रेस जोडिनु हुँदैन, कांग्रेस पारदर्शी हुनुपर्दछ ,स्वच्छ देखिनुपर्दछ । त्यो भयो भने मात्रै नेपाली जनताले हामीलाइ विश्वास गर्दछन् भन्ने विचार, आग्रह र सुझाव पाए ।
९ अन्त्यमा, नेपाली कांग्रेसले सञ्चालन गरेको १० दिने ,संगठन सुदृढिकरण, अभियानमा आम रुपमा नेपाली कांग्रेसले कस्तो सन्देश दिन सफल भयो ?
हाम्रो पार्टीको केन्द्रीय समितिको साउन २ गतेदेखि १० गतेसम्म बसेको बैठकको निर्णय अनुसार हामी ७७ जिल्लामा पुगेका छौ । यस क्रममा म नुवाकोट जिल्लाको लागि प्रतिनिधि खटिएको थिए । नुवाकोटमा पनि स्थानीय तहको निर्वाचन पछि कुनै पनि बैठक बसेको थिएन, साथीहरुको मन कुडिएको थियो । एक आपसमा बेमेल थियो । यस बीचमा मैलै १२ वटै पालिकामा , जिल्ला कार्यसमिति, क्षेत्र, प्रदेश र पालिकासम्मका साथीहरुसँग पनि अन्र्तक्रिया गर्ने मौका पाए । कांग्रेसको यो अभियानबाट साथीहरु एउटै टेबलमा बसेर हार्दिकता साटासाटको प्रारम्भ गर्दै पार्टीलाई चुस्त दुरुस्त बनाएर लैजानुपर्दछ भन्ने मान्यता स्थापित भएको पाएको छु । अब हामीले दोस्रो चरणको कार्यक्रमलाई निरन्तरता दिँदै जनसम्र्पकमार्फत जनताका घर घरमा पुगेर राष्ट्यि एजेण्डाका बारेमा, जनजिवीकाका सन्र्दभमा नयाँ कार्यक्रम लिएर जानेछौ र त्यसले कांग्रेसलाई अझ बढि उर्जा थप्नेछ, नेता कार्यकर्तामा हौसला बढाउने छ र कांग्रेस सिंगो रुपमा एकतावद्ध भएर देशव्यापी रुपमा चलायमान बन्नेछ भन्ने सन्देशसहित हामीले पहिलो चरणको कार्यक्रम समापन गरेका छौ ।