काठमाडौं । नेपाली कांग्रेसले बस दुर्घघटनाप्रति दु:ख व्यक्त गरेकाे छ । नेपाली काङ्ग्रेसका मुख्यसचिव कृष्णप्रसाद पाैडेलले अाज एक शाेक बक्तव्य प्रकाशित गर्दै भन्नू भएको छ,काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३—०१—००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी गाउँपालिका—२ चालिसे भन्ने स्थानबाट त्रिशुली नदीमा खस्दा ८ को मृत्यु, केही वेपत्ता र केही यात्रु गम्भीर घाइते भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ ।
सभापति देउवाले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ । साथै, वेपत्ता भएकाहरुको खोजी कार्यलाई तीव्र पार्न र घाइतेहरुको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गर्नु भएको छ ।
पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकोले तत्काल एक कार्यदल गठन गरी घटनाहरुको गहिरो अध्ययन गरेर यस्ता घटनाहरुलाई नियन्त्रण गर्न गराउन सरकारको ध्यानाकृष्ट समेत गर्नु भएको छ विज्ञप्तिमा उल्लेख्य गरिएकने छ । अाज अपराह्न बस दुर्घटनामा ८ जनाकाे मृत्युु भएको छ भने १७ जना घाइते भएका छन् ।घाइतेहरुकाे गजुरी अस्पतालमा उपचार भैरहेको छ ।