जिल्ला प्रहरी कार्यलय धादिङले दुर्घटनाको विवरण सार्वजनिक गरेकाे छ ।प्रहरीले सार्वजनिक गरेकाे विवरण यश प्रकार रहेकाे छ ।
मिति२०८०/०५/०६ गते अं ११;१० बजेको समयमा जिल्ला धादिङ गजुरी गा.पा.वडा न.०२ चालिसे स्थित पृथ्बीलोकमार्गमा काठमाण्डौंबाट पर्वत म्याग्दी बेनी ( म्याग्दी कोरला यातायात प्रा.ली ) तर्फ जादै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नं. बस अनियन्त्रित भई त्रिशुली नदिमा सडक बाट अ. ३०/४० मिटर तल खस्न जाँदा क्षेतिको बिबरण आउन बाँकी , उक्त स्थानमा यस का.बाट प्रनाउको कमाण्डमा २५ जना, जि.प्र.का.धादिङ बाट प्र.उ.को.कमाण्डमा १३ जना,जि.ट्रा.प्र.का.गजुरी बाट प्र.नि.को.कमाण्डमा १० जनाको टोली खटी गएको, उक्त स्थान इ.प्र.का.गजुरी बाट अं.२ कि. मि पश्चिम पर्ने बि.बि पछि ।
मृत्यु हुनेको संख्या;- (८ जना जसमध्ये २ महिला ६ पुरुष ३ जनाको नामथर खुलेको ५ जनाको खुल्न बाँकी
१) जिल्ला म्याग्दी रघुगंगा गा.पा ३ बस्ने बर्ष ५० को थान बहादुर भण्डारी मृत्यु भएको ।
२) जिल्ला पर्वत मोदी गा.पा १ बस्ने बर्ष १५ कि कृतिका शर्मा पौडेल मृत्यु भएको ।
३) जिल्ला धादिङ गजुरी गा.पा ८ बस्ने बर्ष अं. २४/२५ को सविन रम्तेल मृत्यु भएको ।
टिचिङ अस्पताल मलेखुमा उपचारार्थ घाईतेहरु ;-
१) जिल्ला पर्वत मोदी गा.पा १ बस्ने बर्ष ४१ को गुरुदत्त शर्मा पौडेल टाउको र निधारमा चोट अबस्था मध्यम
प्राथमिक स्वास्थ्य केन्द्र गजुरी धादिङमा उपचारार्थ घाईते ;-
१) बस चालक जिल्ला म्याग्दी बेनि न.पा ६ बस्ने बर्ष ३० को दिपक थापा टाउकोमा चोट अबस्था मध्यम काठमाण्डौं रिफर ।
२) जिल्ला म्याग्दी बेनी न.पा ३ बस्ने बर्ष २४ को पुर्ण छन्त्याल टाउकोमा चोट अबस्था मध्यम, काठमाण्डौ रिफर ।
३) ऐ, अन्नपूर्ण गा.पा १ बस्ने बर्ष १९ को कुशल अधिकारी शारिरको भित्री भागमा चोट अबस्था मध्यम, काठमाण्डौ रिफर ।
४) नामथर वतन नखुलेको अं. बर्ष ३०/४० कि महिला शरिरको बिभिन्न भागमा चोट अबस्था गम्भिर, काठमाण्डौ रिफर ।
५) नामथर वतन नखुलेको अं. ३०/३५ को पुरुष शरिरको बिभिन्न भागमा चोट अबस्था गम्भिर काठमाण्डौं रिफर ।
६) नामथर वतन नखुलेको अं. बर्ष ३५/३६ को पुरुष टाउको र हातमा चोट अबस्था गम्भिर काठमाण्डौं रिफर
गजुरी अस्पताल प्रा.लि उपचारार्थ घाईते ;-
१) जिल्ला काठमाण्डौ कृतिपुर न.पा ९ बस्ने बर्ष ५२ को खड्क कुमार श्रेष्ठ दाहिने खुट्टामा चोट अबस्था सामान्य काठमाण्डौ रिफर ।
२) जिल्ला म्याग्दी मंगला गा.पा २ बस्ने बर्ष १६ कि गिता जंजाली मगर टाउकोमा चोट अबस्था मध्यम काठमाण्डौं रिफर ।
३) जिल्ला बाग्लुङ बस्ने बर्ष १९ कि शुस्मा क्षेत्री टाउकोमा चोट अबस्था मध्यम काठमाण्डौ रिफर ।
४) जिल्ला पर्वत फलेवास न.पा बस्ने बर्ष अं. ६३ कि हरिकला गौडेल घाँटीमा चोट अबस्था मध्यम, काठमाण्डौ रिफर ।
५) जिल्ला म्याग्दी अन्पुर्ण गा.पा ३ बस्ने बर्ष २२ कि अञ्जु राना मगर, टाउकोमा चोट अबस्था गम्भिर काठमाण्डौं रिफर ।
६) जिल्ला म्याग्दी गरुङ्गंगा गा.पा ७ बस्ने बर्ष २९ को प्रविन पुन टाउकोमा चोट अबस्था गम्भिर, काठमाण्डौ रिफर ।
७) देश बंगलादेश बस्ने बर्ष ३२ को मोहमद हजिरहुल शरिरमा सामान्य चोट, काठमाण्डौ रिफर ।
८) जिल्ला म्याग्दी रघुगंगा ६ बस्ने बर्ष २३ कि रिना रानामगर टाउको र ढाडमा चोट अबस्था मध्यम, काठमाण्डौ रिफर ।
९) जिल्ला बाग्लुङ गलकोट बस्ने बर्ष ६८ कि ज्ञानु बुढामगर आँखामा चोट अबस्था सामान्य , डिस्चार्ज भईसकेको ।
सकुशल उद्वार गरिएको संख्या
१०) सह चालक जिल्ला नुवाकोट बेलकोटगढी न.पा ६ बस्ने बर्ष ३४ को रोशन तामाङ सकुशल उद्वार गरी यस का.को नियन्त्रणमा ।
सम्बन्धित समाचार
१ असार २०८२, आईतवार ११:३०
१० जेष्ठ २०८२, शुक्रबार ०८:३७