
सफलता बोगटी
वातावरणले भित्रैवाट दशै तिहारको उत्सव निकालेको छ । यस उत्सवलाई कुनै हुरी बतास वा कडा डरले पनि छेक्न सकेको छैन । हुरी बतासका अगाडी पहाडहरु पनि स्थिर हुन्छन । जस्तो सुकै कठिन समयमा पनि हामी पहाड जस्तै बन्नु पर्छ । हो गत बर्ष भन्दा यो वर्ष धेरै खराब दिनहरु छन । तर कुनै डर छैन र जिन्दगिको सहजता नै हाम्रो स्वधर्म हो । हामी आजको मौसमसंग पराजित छैनौ । तपाइ भन्दा बढ्ता धन इज्जत सम्मान नाफा योग्यता दक्षता क्षमता प्रतिभा आदी अरु संग छ होला । तपाइ भन्दा अरु धेरै माथि छन होला । हामी सधै कतै म पछि परे कि भन्ने डर लिइ रहेका छौ । यहि नै जिन्दीगीको कमजोरीपना हो । अर्कोसँगको तुलनामा हामीले किन चित्त दुखाउने । अरु जस्तो सुकै होस । त्यो त ऊ हो । तपाई तपाई जस्तै हुने मात्र हो । आफ्नो योग्यता क्षमता दक्षतासँग अरुलाइ दाज्नै हुदैन । कागको स्वर नराम्रो भनेर भगेराले कहिल्यै भनेको हुदैन त ।
एक जना साना शिष्य एनि गुरुलाइ झुकेर दण्डवात गर्थे ।
जतिखेर पनि र सधै दण्वत शैलिमा अभिवादन गर्थे । यो कामलाई अरुले त्यस भन्ते वा सानो शिष्यको पागलपना भन्थे । उनि कम्तिमा पनि २ वर्ष गुरुका चरणमा झुकेरै विताए, जो अरुहरुका लागि असहज हुन्थ्यो । यति सम्म की खाना खाँदा र खाइ सकेर उठ्दा समेत ति शिष्य नमस्कार गर्थे । एक दिन त्यस गुरु आश्रममा अन्तराष्ट्रिय सम्मेलन शुरु भयो । अब त्यो शिष्य सिधै गएर गुरुका छेऊमा नै बस्यो तर कुनै अभिवादन गरेन । तब सबै शिष्यहरु रिसाएर भने, तिमीले यत्रो सम्मेलनमा किन गुरुको अनादर गरेको हो ? अब गुरु स्वयम् बोल्छन ः उसले मेरो अनादर गरे कै छैन किनभने उसले मसंग बारम्बार दण्डवत गरेर अभ्यास्त भै सक्यो । अभ्यास्त भए पछि त्यो काम दोहोराउनु आवश्यक नै हुदैन । जसरी हामी एक पटक क ख लेख्न जानेपछि फेरी त्यहि काम दोहोराउदैनौ । यस्तै सानो शिष्य पनि दण्डवत र प्रणाम गर्ने काममा उच्चकोटीको सफल भै सके । उसको निहुरीने अभ्यास पुरा भयो । यति निहुरिसके पछि सारा सम्पदा तपाइसंग परिस्थिती बन्छ । अब कुनै आँधिले निहुराउन सक्दैन । आधिमा ससाना रुखहरु भाचिन्दैन । तपाइलाइ कोहि झुकाउन आउछन भने तपाइ पहिले झुकेर उसलाइ भन्ने मौका नै नदिइ पहिलै झुक्नोस । दशैको टिकाका दिन नानीहरु टिका लगाउँदा कति मजाले निहुरिन्छन । जिन्दगिमा निहुरिने भाव निकाल्न सक्नु नै जिवनको उत्तम विजय हो । वाहिर दशैको मस्ति छ तर हामी मस्त गर्नबाट त बन्चित भएका त छैनौ ?
तपाइ जिवनमा ससाना कुराहरुमा अल्झिनु भएको छ । तपाइका ससाना काम धेरै छन । तर तपाइले बडेमानको एउटा पनि काम थालेकै छैन । मोवाइलले गर्दा आज भोलि तस्विरको चलन नै हरायो । हामीले अरुले नचाहेका कुराहरुमा ध्यान केन्द्रित गरेका छौं । सयपत्रि फूलको सम्पुर्णतामा मात्र सम्पन्नता छ । सानो केस्रा फूलले समानता गरिदैन । हामी पनि जीवनमा ठूला ठूला काम थाल्नु पर्छ । केस्रा काम गरेर सिगो चित्र बन्दैन । सबै रंगहरुलाइ एकतामा ल्याउनु पर्छ । धेरै कुरामा स्वाद थहा पाउन छाडिएको छ वा धेरै मान्छे चिन्न छाडियो । धेरै खानाको नामै भुलियो । धेरै ठाउको नाम नै विर्सियो । किनभने हामी केस्रामा रमाउन थाल्यौं ।
हामी २ जातीहरु हौ तर मतुवाली र तागाधारीमा फरकै छैन । जीवनको हरेक हिस्सालाइ रुपान्तरण गर्नुपर्छ । जीवन त जसरी पनि अगाडी जान खोज्छ । जीवन त साक्षी भाव मात्र हो । जीवन क्रान्तिकारी पुस्तक मात्र हो । यो पुस्तकलाइ धृणा गर्नु अपराध हो । हाम्रो जिवन प्रति अरुको प्रतिक्रियामा हामी चुपचाप बस्नु पर्छ । कसले के गर्छ सो को केवल साक्षि मात्र बन्नु पर्छ । हाम्रो जिन्दगि स्वादै स्वादको छ । यसैमा रमाएर मज्जा लिन सक्नु पर्छ । जिन्दगिलाई संचय गरेर न दुखको न सुखो स्वाद चाख्न पाइन्छ । स्वाद त ति कुराको मात्र पाइन्छ जसलाई हामीले कि धृणा कि माया गर्छौ । तर यि २ पनि सधै स्थायी चाहि हुदैनन ।
हामी दशैँमा पशु बलि त दिन्छौ तर हामी भित्रैको पशुत्वका बारेमा चाहि जान्न चाहान्दैनौ । सके सम्म युद्ध र बुद्धलाइ पनि बध गर्न सक्नु पर्छ । आफु भित्रको बुद्धत्व निकाल्न मनको बुद्ध मार्नु पर्छ ।
महायान अभ्यासमा कुनै सिमित शुत्रहरु छैनन र उनिहरुको एउटै शुत्र छ यदि बुद्ध भेट्दा मार्नुृ पर्छ तर त्यो बुद्ध मार्दा तिमी भित्रको बुद्धत्व दिने बुद्ध निस्कि हाल्छ । । भगवान बुद्धले भनेका थिए ः यदि तिमी बुद्धत्व प्राप्त गर्न चाहान्छौ भने सबै भन्दा पहिले, मैले भनेको कुनै पनि कुराहरुमा विश्वास नगर र आफु भित्रको बुद्द खोज र बाहिरको बुद्ध नखोज । बाहिरको बुद्ध त विचारक र प्रचारक मात्र हो त्यसैले बाहिरी बुद्धमा विश्वास नगर्ने गर । संसारका कुनै पनि कुरा स्वीकार नगर । पाण्डुलिपी, शिलालेख, ठुलो मान्छेको अवलोकन, संश्लेषण, अनुसन्धान आदी केहिमा पनि विश्वास नगर । संसारका कुनै पनि प्रश्नहरुको उत्तर कसैले पनि दिनै सक्दैन । अरुवाट जवाफ वा उत्तर खोज्न प्रेरित नै नगर । बुद्धको अनुसरण नगर आफै भित्रको बुद्धत्वको बिकास गर । यदि तिमीले बाहिरको बुद्ध मा¥यौ भने मात्र तिम्रो भित्रको बुद्ध पाउनेछौ ।
एक पटक गुम्बामा सारै ठुलो हिऊ प¥यो । तब ठुला भिक्षुहरुले गुम्बामा भएका काठका बुद्धका मुर्तिहरु एक एक गर्दै बाल्न थाले । साना भिक्षुहरु भन्छन, के बुद्धका मुर्ति डडाउँदा पाप लाग्दैन ? ठुला भिक्षुहरु भन्दछन, बुद्धको काठको मुर्तिमा बौध धर्म बसेको छैन । बुद्धका मुर्ति नडडाउने हो भने त जाडाले सबैजना मरिन्छ । त्यसैले पहिला यो बुद्धको मुर्ति फाल्नै पर्छ अनि मात्र हामी बाँच्नेछौ । अहिलेलाइ यि काष्ठ मुर्तिहरु बाली हालौं अनि मात्र साच्चो बुद्ध भेटिन्छ । आफु भित्रको बेवारिसे ज्ञानलाइ प्रयोग गरेमा त्यहि नै तिम्रो जिवनको परमदिव्य ज्ञान बन्नेछ ।