
शुकदेव दाहाल, साताको बहस
साताको बहस
कोशी प्रदेशमा सत्तारूढ गठबन्धन भत्काउन सफल भएपछि प्रमुख विपक्षी दल एमाले यतिखेर निकै हौसिएको छ । एमालेका अधिकांश नेताहरुले अब नेपाली कांग्रेस र माओवादी गठबन्धन भत्कने र एमाले कांग्रेसबिचको गठबन्धन बन्ने वातावरण तयार हुँदै गएको अभिव्यक्ति दिएका छन् ।

कांग्रेस नेता शेखर कोइराला
एमालेसँगको सत्ता सहकार्य गर्दै माओवादीसँगको सहकार्यलाई पूर्णबिराम लगाउनका लागि नेपाली कांग्रेसका केही नेताहरु पनि उत्तिकै लागि परेको अवस्था छ । जसको परिणाम कोशी प्रदेशमा देखिएको छ । तर यसको धेरै कारणहरु छन् । जुन माथिको उक्ति गौण हुँदैछ । जसलाई शेखर कोइरालाका समेतको भौतिक उपस्थितिमा एउटा सहमति भएको छ । त्यसले न एमालेसँगको सहकार्य भनेजस्तो सहज भैहाल्दैन भन्ने देखिएको छ । तर त्यो भन्दा अर्को महत्वपूर्ण कुरा के छ भने यसले नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा राम्रै प्रभाव पर्ने देखिन्छ विशेषत यो घटनाक्रमले राजनीतिको केन्द्र मानिएको कोशी प्रदेशमा पार्टीका नेता शेखर कोइरालाको पकडलाई थप स्थापित गरिदिएको छ । कोइरालाको यो चमत्कारिक निर्णयले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा जस्ता युवा नेताहरु अब राजनीति विराशत कोइराला परिवारमा पुग्नेमा पनि शसंक्तित भएका छन् र उनीहरु रक्षात्मक अवस्थामा पुगेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पछिल्लो चाहाना पनि अनुसार आफूले कोइराला परिवारबाट लिएको सभापति पद पुनः कोइराला परिवारमा नै बिसाएर मिश्राम लिने मनस्थितिमा देखिन्छ । पछिल्लो देउवाको विभिन्न खाले अभिव्यक्तिलाई हेर्दा त्यो स्पष्ट रुपमा बुझन सकिन्छ । जसलाई कोशी प्रदेशको राजनीतिक घटनाक्रमले पनि पुष्टि गरिदिएको छ । कोशीमा जुन घटना घटेको छ , त्यो कोइराला देउवाबिचको आन्तरिक सहमति परिणाम थियो भन्ने कुराको प्रतिक्रिया तत्काल नआएपनि केही समयपछि निश्चयनै देखिनेछ । कांग्रेसमा कोइराला परिवारलाई बाइपास गरेर अघि बढ्ने र अबको १५ औं महाधिवेशनमा सभापति बन्ने होडमा लागिपरेका युवा नेताहरुका लागि अबका दिनमा शेखर कोइरालासँग को सहकार्य पनि रक्षात्मक बनाइदिएको छ ।
नेपाली कांग्रेसको राजनीतिक इतिहासमा कोइराला परिवारको जुन प्रकारको विरासत विगतमा थियो,त्यसलाई जोगाउने दिशामा कोइराला परिवार देखिएको छ । पार्टीका महामन्त्री भनिएका युवा नेताहरुको विगतदेखि क्रियाकलाप फितलो बन्नु पनि एउटा कारण हुनसक्छ । महामन्त्री गगन थापाले बेमौसमको बाजा जस्तै संसदीय दलबाट देउवालाई हटाउनेदेखि कांग्रेसले सत्ता छाड्नेसम्मको अभिव्यक्ति दिएपनि त्यो व्यवहरमा लागू हुन सकेन जसले गर्दा गगनको गनगन मात्रै हो भन्ने विश्लेषण सुरु भयो । तर कोइरालाले सभापति देउवाप्रति कहिल्यै कडा भएनन् तर जुन दिन भए त्यो दिन परिणाम निकालेर छाडे यसले कोइरालाको राजनीतिक क्रेज बढाएको छ । अबका दिनमा पनि उनले आफूलाई यहि तरिकाले अघि बढाउन सकेको खण्डमा कांग्रेसको १५ औं महाधिवेशनमा कोइराला परिवारका लागि आफ्नो विरासत फर्काउने अवसर बन्न सक्ने देखिएको छ । तर यसका लागि कोइराला परिवारले केही कडिन चुनौतीहरुको सामना भने पककै गर्नुपर्नेछ ।