
सुगिता शाह ,लेखिका ः प्राध्यापन पेशामा आवद्ध हुनुहुन्छ
लखतरान
जीन्दगी बोकेर हिडेका
गोडाहरू ,
सलबलाएका
हातहरू ,
बर्बराएका अनिदा रातहरू
सयर गरिरहेछन् ।
हमासका बंकर हरूमा ।
रात लम्पसार छ
दिन लठब्रो छ
साझँ टोलाएको छ ।
बिहानी ले झकझकाएको छ
चिलगाडीमा
सपना सयर गरिरहे छ ।
जुवाको दाउँमा नागरिकता छ
गिज्याई रहेछ मनुवालाई
देश ठुलो की
गोजी ?
घर ?
होइन पाठेघर
रित्तो हुने भो
बारी ?
होइन
कोख बाँझो हुने भो ।
ऊ रित्तो भए पछि
सौदाबाजी हुन्छ
बेचबिखन चल्छ
न्याए,
अस्मिता ,
आत्मसम्मान र
मुटु ,कलेजो
पहिचान
र देशको
फुत्त झर्छन्
एक थान पिंडा
एक थान अभाब
कनेक थान सपना
अनगिन्ति रहर
एक हुल जीम्मेरी
रित्तो
गोजी बाट ।