
नेपालको प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियुक्त हुनु भएको छ । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीच यही असार १७ गते भएको सहमतिसँगै अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्ने अवसर प्राप्त भएको हो । सोहि आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नेपालको संविधानको धारा, ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । कतिपय राजनीतिक अवस्थामा संसदमा दुई प्रमुख शक्तिबीच सत्ता सहकार्य गरेको इतिहास कमै रहने गरेको छ ।

तर नेपालको हकमा भने यस्ता कूरा सामान्य नै हुन । मुलुकमा एकल बहुमतको सरकार बन्ने सम्भावना नभएका कारण सरकार सञ्चालनका लागि संविधानले व्यवस्था गरेका सबै ढोकाहरु खुला हुँदै आएको छन् । सोहि आधारमा संसदमा चौथो दलका रुपमा रहेको नेकपा माओवादी केन्द्रले साढे दुई वर्ष सरकारको नेतृत्व गर्ने अवसर पायो । ८९ सिटसहित पहिलो दल बनेको कांग्रेस र ७९ सिटसहित दोस्रो दल बनेको नेकपा एमालेलाई पटकपटक आफ्नो अनुकुल बनाउँदै कहिले कांग्रेस त कहिले एमालेको समर्थनमा प्रधानमन्त्री बन्नु भएका पुष्पकमल दाहाल यो पटक भने दुवै दलबाट अस्वीकृत हुनु भएको छ ।
कहिले कांग्रेसलाई धोका दिएर एमालेसँग मिल्ने त कहिले एमालेलाई धोका दिएर कांग्रेससँग मिल्ने उहाँको दोहोरो चरित्रका कारण यतिखेर भने दुवै दलको विश्वास गुमाउन परेको छ । अर्कोतर्फ दाहालको दोहोर चरित्रलाई कांग्ैस र एमालेले पनि बुझेका छन् । राजनीतिमा यस्ता परिघटना सामान्य हुन तर तयसले देशलार्य भने बारम्बार अस्थिर बनाउने, सरकार परिवर्तन भैरहने, जनताबाट सत्ताको मत प्राप्त नभएका दुई तीन सिट ल्याउने दलहरु बारम्बार सत्तामा पुग्ने अवस्थाको भने केही हदसम्म अन्त्य भएको छ । यस अर्थमा यो गठबन्धनप्रति आम नागरिकमा चासो मात्रै होइन आशा पनि पलाएको छ ।
मुख्य रुपमा को सत्तामा गए र को प्रधानमन्त्री भए भन्दा पनि देश र जनातका लागि केही भए कि भएनन् भन्ने मुख्य विषय हो । मुलुकमा लोकतन्त्र स्थापनासँगै देशले धेरै कुरा गनुपर्ने थियो । तर ति मध्ये एक तिहाई पनि पूरा हुन सकेको अवस्था छैन । संविधान कार्यान्वयनका विषयमा बन्नु पर्ने ऐन कानुनहरु बन्न सकिरहेको अवस्था छैन । आर्थिक रुपले देश कमजोर हुँदै गएको छ, बेरोजगारी, सुशासन जस्ता कुराहरु नारामा मात्रै सिमित हुँदै गएका छन्, अझ भन्दा आम रुपमा नागरिकमा लोकतन्त्रप्रति विश्वस नै डगमगाउँदे गैरहेको अवस्था छ । यो अवस्थामा देशका लागि स्थिर सरकारको आवश्यकता थियो । त्यो यो गठबन्धनले पूरा गरेको छ ।
दुई दलको सहकार्यबाट देशमा धेरै कुरा हुनसक्छ भन्ने सन्देश पनि यो गठबन्धनले दिएको छ । जनताका धेरै इच्छा आकांक्षहरु छन्। ती सबै एक पटक पूरा हुँदैनन् तर त्यसलाई सकाररात्क सुरुवात भने दिनै पर्दछ । नेपाली राजनीतिका मियो मानिएका कांग्रेस र एमाले सहकार्य गर्न पुगेका छन् । त्यसमा पनि एमालेजस्तो एउटा जिम्मेवार पार्टी र त्यसका अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्दै हुनुहुन्छ । कांग्रेस त्यसको साथमा छ । मन्त्रीहरु आधा नयाँ अनुहारका छन् र आशा लाग्दा पनि देखिएका छन् । यो सिंगो देशका लागि एउटा सुर्वर्ण अवसर पनि हो र कांग्रेस एमालेका लागि अत्यन्तै महत्वपूर्ण अवसर पनि हो । किनभने कांग्रेस, एमाले नै असफल भए देश कहिले सफल होला भन्ने आम प्रश्न पनि छ । यि सबै प्रश्नकाबीच यो सरकारलाई धेरै अवसर प्राप्त छ । भन्नै पर्दा दुइ तिहाईको समर्थन छ । संविधान संशोधनका विषयमा धेरै आवाज उठेका छन् । त्यो देशका लागि आवश्यक बनिरहेको अवस्था छ , तर अब भोलिका दिनबाट फेरि अस्थिरता चाहानेहरुले संविधान संशोधनको विरोध सुरु गर्ने छन्, सरकारले काम गरेर भन्न थाल्नेछन्, संसद अवरोध हुनेछ, सडकमा नारा जुलुस पनि लाग्नेछ । तर ति विषयलाई पनि सम्बोधन गर्दै देशलाई एउटा सहि गन्तव्यमा पुग्न सकेमात्रै यसको औचित्य पुष्टि हुनेछ ।
यर्थस यो सरकार र गठबन्धनलाई कुनै पनि कुरामा अल्छि गर्ने छुट छैन । दिनको होइन मिनेटको महत्व छ । त्यसैले देशलाई एउटा सहि गन्तव्यमा पुर्याउनै पर्दछ । प्रधानमन्त्री केपी ओलीमा जुन प्रकारको दृढ इच्छाशत्तिः छ त्यो सायद कमै नेतामा हुने गर्दछ । उहाँको तयो उर्जालाई सहि रुपमा र सहि समयमा प्रयोग गर्दै देशलाई एउटा गन्तव्यमा पुर्याऔं । प्रधानमन्त्रीसहित सिंगो मन्त्रिपरिषद् र यसका सहयात्री दलहरुलाई हार्दिक बधाई तथा शुभकामना ।