
चौधौं शताब्दिका राजनैतिक दार्शनिक निकोलो मेकियावेलि भन्छन ः मानिस स्वाभावैले कामुक, निच, पतित, दुष्ट, अपराधि, इष्र्यालु, घमण्डी, असामाजिक, स्वार्थी, आरिसे, गफाडी, हाउडी, असत्य, विकृत स्वाभाव आदी गुण भएको हुन्छ । धर्मकर्म, न्याय, सामाजिक काम, सहयोग, सद्भावना, दान, पुण्य, किर्तन भजन आदी उसले समाजलाइ देखाउन लोकाचार मात्र गरेको हुन्छ । संसारको सबै कुराहरुको सर्वोच्चा मेरो अधिनमा रहोस र म बाचुन्जेल संसारको शक्तिशाली साम्राट अधिपति बनेर दुनियाँलाइ शासन गरौ भन्ने भावना सबै मानिसहरुमा जिजिविसा भएर बाँचि रहेको हुन्छ, चाहे उ समाजमा दास वा मालिक किन नहोस । महिला वा पुरुष नै किन नहोस ।
एउटा मानिस भित्र सरलता भन्दा जटिलताहरुको नै भारी उपस्थिती रहेको हुन्छ । त्यसैले यस संसारमा कोहि मान्छे ठिक र कोहि मान्छे बेठिक हुन्छन भन्नु भन्दा उसको प्रकृतिक स्वाभावलाइ हेरेर व्याबाहार गर्नु राम्रो हुन्छ । बाघ र गाइलाइ एउटै व्यावहार गरियो भने हामीलाइ ठुलो क्षति पुग्छ । उनि भन्छन ः मान्छेको जिवनको एउटै मात्र लक्ष्य हुन्छ त्यो हो अरुका कमि कम्जोरीहरु पत्ता लगाउनु र उसको तिनै कमि कम्जोरीबाट बारम्बार फाइदा उठाइ रहनु । उनि राजालाइ भन्छन ः मान्छे स्वाभावैले खराव प्राणी भएकोले उसबाट निस्कने इच्छाहरु पनि खराब नै हुन्छन र ति खराब इच्छाहरुलाइ शासकले कठोरता पुर्वक दवाइ दिनुपर्छ । शासक निरङ्गकुस नभए सम्म जनताले उसैको मुखमा लात्तले हानेर हिड्ने छन । उनि भन्दछन, मानिसहरुले जिवनमा खासै ठुला चाहानाहरु राखेका हुदैनन्
हामीले जिन्दगिमा सारै ससाना कामहरु मात्र गरेर रमाएका छौ । हामीले गरेका भोगेका खाएका डलेका देखेका लेखेका सबै चिज घटना वा कामहरु अति नै सरल थिए । संसारको तर हामीले सबै सजिलै बन्ने कामलाइ ज्यादै जटिल बनाउदै गयौं । हामीलाइ सजिला लाग्ने काम भनेको कुनै कुरालाइ जटिल बनाउनु हा भन्ने भ्रम परो । यसरी हामी हर कुराहरुमा अरुसंग निहु खोज्न थाल्यौं । विषय बस्तुलाइ जति जटिल बनाउैदै लैजान्छौ हाम्रो सोचइमा पनि जटिल परिवर्तन आउदै गयो । जटिलताले जिवनका सहजता सजिलै खोस्छ । जिवनका सरल विषयहरु पनि जटिल बने वा अप्ठेरो बनेर बसीदिए । यसरी हामी भित्रको सहजता र सरलताको क्रुर हत्या भयो ।
अब जिवनमा जताततै जटिलता मात्र आए । जिन्दगिका विषयहरु जटिल र कठिन बन्दै गएका छन । ँइःइ ९ँभबच इा ःष्ककष्लन इगत० भनेको अब म सबैसंग छाडिन्छु भन्ने डर हो । जस्तौ १ दिन फेसबुक चलाउन नपाउदा हामी अरुलाइ लाइक गर्न, कमेन्ट गर्न र सेयर गर्न वा कुनै पनि प्रकारका प्रतिक्रिया दिन पछि परिन्छ कि भन्ने डर हुनु हो । जावो अरुसंग छुटिन्दैमा हामी कसरी पछि पर्छौ र ? हामीलाइ किन अरुसंग छुटिन्छ कि भन्ने डर लागेको । हो, यहिनेर हामी आफैले आफुलाइ जटिल बनाएकाछौ । हामी जिवनका सरलतालाई नै बोर भयो भन्छौ । दिग्दारी मान्छौ । तर अति साधारण हुनु नै अति विशिष्ठता हुनु हो । साधारणपनाको फल हो बोधिसत्व । सबै क्षमताको सहजतालाइ सजिलै संकलन गर्नु पर्छ । सरल शक्तिलाइ जटिल बनाउनु हुदैन । आफुमा भएको सरलताको शक्तिलाइ दुरुपयोग गरेर हामी विग्रीएका छौ । तपाइलाइ आफ्नो जुत्ताको नाप थहा छ भने तपाइले जुत्ता किन्दा किन पसलेसंग बारम्बार थरीथरकिा जुत्ता देखाऊ त भनेर हैरान पार्नु हुन्छ ? एक जना विद्दानका जुत्ता फाटेका छन ।
उनि जुत्ता कसरी र कस्ता किन्ने भन्ने सम्बन्धमा १५ दिन सम्म जुत्ता सम्बन्धि कितावहरु अध्यान गर्छन । किताब अनुसार उनि आफ्नो खुटाको नाप बराबर भएको सिन्को बनाउदछन र जुत्ता किन्न बजार जान्छन । तर आज उनले नापेको छेस्को ल्याउन विर्सिएछ । उनि त्यो नापेको छेस्को लिन घर उनि नागैं खुटा फर्कन्छन । तर अब जाँदा बजार बन्द भइसक्यो । भोलि छेस्को लिएर जुत्ता पसल जान्छन । पसलेले भन्छ किन नाप्ने छेस्को चाहियो र किनकि तपाइको खुटा त तपाइसंगै नै थियो । उनि भन्छन, होइन पुस्तकमा त जुत्ता किन्न जाँदा सिन्कोको नाप बराबरको मात्र किन्नु भन्ने छ नि त । जुत्ता पसले भन्छ, जुता किन्न थोरै ज्ञान र थारै पैसा मात्र चाहिन्छ । तर हामी सिन्काले नापेर टनटन खाने जुता किन्छौ । हामी १ घण्टा विजुली नआउदा कति सराप्छौ, नक्कली कुलमान आयो कि क्या हो भन्छौं ।
तर पुतलिहरु क्ुनै विषयहरुमा गुनासो गर्दैनन्, आप्mनो पुच्छरका बारेमा पनि ज्ञान राख्दैन र आफु माथि कसैले षडयन्त्र गर्छन भन्ने पनि मान्दैन, उनिहरुको जिवन निस्फिक्रि हुन्छ । उनिहरु उपलब्ध जिवनसंग एकाकार भएर बाँच्छन । म कति उमेर बाँच्छु होला पनि कहिल्यै भन्दैनन् । प्रकृतिको हत्केलामा पुतलि प्रसन्नता बाड्न मात्र सक्छ, उसको जिवनमा हाम्रोमा जस्तो कुनै जटिलता छैन । हामी चाहि जिवनमा क्रितिम जटिलता बनाउछौ र सधै सरलता र महानता गुमाइ रहेका हुन्छौं ।
तपाइ हामी सजिलै अरुको कमि कम्जोरीहरु दखिहाल्छौं । तर हाम्रो कम्जोरी भने कै अरुकोमा देखिने सबै कमि कम्जोरी कुराहरु आफैमा देखिन्दैन वा यहि हो हामो्र कमजोरी । अरुको जुम्रा देख्नेहरु भनेको विवेकमा खिया लाग्नु वा आफैबाट पत्रु हुदै जानु मात्र हो । अरुमा दास मात्र फेला पार्नु नै व्याक्तिको विकार हो । यो विसाल विकारले तिमी हामीलाइ मानसि बाचसि र कर्मसि क्षेत्रमा नै विसालु बनाउँदछ । स्वास्थ्य मानिसहरुले आफ्ना गल्ति र कम्जोरीहरु चिन्छ र कम्जोरी प्रति सहास गर्छ । हामी आफैसंग चकित बन्नु पर्छ र बनिन्छ आफ्नो आफ्नो दोष आफैले देखेपछि ।
अरुको गल्ति देख्नेहरुले आफनो बारेमा पनि सोच्नोस त । अरुले ट्वाइलेट फोहोर गरे भन्नु भन्दा पनि टोइलेट फोहोर हुनमा तपाइको चाहि कति प्रतिशत हिस्सा छ त । ट्वाइलेट सधैं अगाडी जस्तै सफा हुनुपर्छ । पहिलो ट्वाइलेट जाने मान्छेले सफा बनाए पछि सधै टवाइलेट सफा बन्दछ. । विश्व प्रसिद्ध तर्कशास्त्री वडेन रसेल भन्छन, जो भित्र चोरको भावना वा व्याबहार लुकेर बसेको छ चोरलाइ र चोरी गर्नुलाइ उहि नै पहिला निन्दा गर्छ । अथवा हामी जे हौ हामी त्यस्कै स्तुती वा बिरोध गर्दछौ । यौन मामिलालाइ नकारात्मक मान्नेहरु नै सबै भन्दा ठुला यौन अपराधि र यौन पिडक व्याक्तिहरु हुनछन । उनिहरुले त्यो विषयलाइ कि त पण्डित भएर राम्रो हो भन्छन् कित प्रतिपक्षि भएर नराम्रो हो भन्छन ।
कसैले कुनै विषयहरुमा समर्थन वा विरोध गर्नु भनेको उ त्यो विषय नै चाहान्छ, तर आफुले नपाउदा विरोध गर्छ र पाउदा प्रसम्शा गर्छ । हामी भित्री जे छ हामी त्यसको विपरित देखिन वा बन्न खोज्छौ । भ्रष्टाचार विरोधी मान्छे नै भ्रष्टाचारी गुणको हुन्छ । अरुमा सजिलै कमजोरी देख्ने मान्छेहरुमा सबै भन्दा बढि कम्जोरीहरु हुन्छन । बाटोको विचमा बसेर फोन गर्ने मान्छेहरुले घर परिवारका सबैलाइ हेप्न पल्केका हुन्छन । हामीले हामी भित्रको शुद्धिकरण गर्नु भनेको हामीले आफनै भित्रको भैसि देख्न सक्नु पर्छ । तर हामी सबै कुरामा नक्कली भएका छौ । हामी सधै हामी भित्रको हडबढि र गडबढिलाइ मात्र बाहिर निकालि रहन्छौ । यसरी भगवान र भुसुनामा हामी अन्तर नै पाउदैनौं । एकजना मनोचिकित्सकसंग भन्दै थिए, मेरा बुबा बौलाएका छन । ति ८५ वर्षका बाबु वाथरुममा बस्छन र त्याँहा भएका सबै गुडियाहरु फुटाइ सके । यो खतरनाक पागलपना होइन त डक्टर साव । डक्टर भन्छ के हानी गरेका थिए त ? छोरो भन्छ, ति सबै गडियाहरु मेरा हुन, तर उनले सबै गुडियाहरु विगारे । अथवा अरुको पागलपन देख्नु सजिलो छ । त्यसैले आफनो हिस्साको दोष आफै देख्नु पर्छ ।
तपाइ तन मन धन सबै जोडेर कुनै काम गर्न सक्नु हुन्न । तपाइ भन्नु हुन्छ, मैले त सतप्रतिशत शक्ति लगाएर यो काम गरेको छु । म ११० प्रतिशत काम गर्छु । यो भनेको सबै काम सकेको भनेको हो । जो सतप्रतिशतमा विश्वास गर्छन तिनले ५ प्रतिशत पनि काम गरेका हुदैनन् । ५ वर्ष पहिले छाडेको चिया मंसिरको विवाहको जन्तिमा जाँदा चिसो भएर खाएको अरे । विग्रिएको कुरालाइ १०० प्रतिशत छाड्न सकिन्दैन । १०० प्रतिशत भन्ने शब्द डाँडा पारीको घाम मात्र हो, जसलाइ अब भेट्न सकिन्दैन । तर व्याबहारमा चाहि १०० गर्न सकिन्छ । साधारण सोचाइका मान्छेहरुले आफना दायित्वहरु १०० पुरा गर्दछन । उनिहरु न फलको लागि र आशाको लागि, न कुनै निष्ठा विस्वास र अभिलासाका लागि काम गर्छन ।
हामी माछा मार्ने माझिहरुसंग कुनै दिन विताउनमा दहदह हिड्ने हो भने उनिहरुले आज यति माछा मार्ने भन्ने अंक गणित निकालेका हुदैनन् । न त उनिहरुको यो कामलाइ कुनै सफ्टवेयरले नै नियन्त्रण गर्न सक्छ । कहिले कति माछा मिल्छ । जव उनिहरुलै माछा ल्याउछन र बेलुका माछाको झोलसंग माछा भात खान्छन, त्यस बेलाको तृप्ती र आनन्द मापन गर्ने पनि कुनै क्रितिम विज्ञानका नियमहरु छैनन् । रित्तै हात घर फर्किएको दिन पनि खुशि नै हुन्छन किनकि भोलि ठुलो माछा जालमा पर्ने आश हुन्छ । । माझी आफ्नो सबै खाले काम प्रति सतप्रतिशत खुशी छ, उदेश्य यति मात्र छ ः माछा मार्ने र परिवारसंग मिलेर खाने । यो अभ्यासले माझिहरुको आफनै जिवनको सार भेटाएको छ ।
हामीले बाँच्नु वा मस्ति गर्नुलाइ मृत्युको उल्टोमा जिउनु हो भनेर अर्थ लगायौं । तर मृत्युको उल्टो त माया प्रेम हुन्छ । मायाले मात्र मृत्युलाइ जिताउन वा बचाउन सकिन्छ । माझिहरु मृत्युसंग भेटन महासागरमा जान्छन । माझि महासागरमा जति टाढा जान्छन ति जिवन प्रतिको माया र सम्मानका लागि समुन्द्रमा जान्छन । उनिहरुसंग सबै सम्भावित अनिश्चितताहरु हुन्छन तर पनि ति सबै चुनौतिहरुलाइ बेहोरदै उनिहरु जिवनलाइ माया गर्छन । वास्तवमा उनिहरु जिवनलाइ १०० प्रतिशत माया दिन्छन । मान्छे वा समुन्द्रले के कस्तो बोल्छ त्यसले होइन कस्तो व्यावहार गर्छ त्यो चाहि सत्य हो । प्रकृतिसंग मिल्न सक्नु मात्र सार्थक जिवन हो । हामी सबैले मृत्युसंग लाप्पा खेल्नै पर्छ र मात्र हामीलाइ सार्थक जिवन उपलब्ध हुन्छ । सार्थक जिवन भने कै माझिहरु अन्तिममा माछा लिएर किनाराको झुपडी फर्कन्छन । अनि सबै परीवार मिलेर माछा खान्छन । उनिहरु इमन्दार हुन्छन । एन्डस हिमालयमा सन १९७२ को हवाइ दुर्घटनाबाट बचेकाहरु र त्यो चिसो हिऊमा उनिहरुले विताएका वियोगान्त जिन्दगिका बारेमा बनाइएको एलिभ भन्ने सिनेमामा मान्छेले पाउने दुखका बारेमा असाधारण चित्रण गरीएको छ ।
प्रत्येक पाइलाहरुमा उनिहरुले मृत्युलाइ झुक्काइ रहेका हुन्छन । जिउने लालसाले मृत्युको विपरित हुने सबै उपायहरु खोज्छ । हामी हाम्रा सबै कमजोरीहरुसंग भागेर बचिरहेका छौ । भाग्ने भनेको आफनो कमजोरी छोप्ने ज्यादै कम्जोर कला हो । भागेर होइन डटेर, लुकेर होइन अगाडी परेर मात्र हामीले हाम्रो जिवन सार्थक बनाउन सक्छौ । भगवान वा भुसुनाहरु पनि तपाइ हामी जस्तै मात्र हुन, त्यो भन्दा चमत्कारी र अदुभुत छैनन् र हुदैनन् पनि, त्यसो भए अरु मानिसहरुको त के मतलब भयो र । (लेखका लागि प्राप्त सबै प्रकारका सन्दर्भहरु प्रति आभारी छु ।) धन्यवाद ।