
महिला र पुरुष दुवै महिलाहरु कै गर्भमा बसेर जन्मेका हुन्छन । प्रकृतीले महिला र पुरुष जन्माउनमा कुनै विभेद गरेको हुदैन । तर जव बच्चा जन्मन्छ तव शुरु हुन्छ ः छोरी जन्मे फर्सि काट्ने, छोरा जन्मे खसि काट्ने । छोरी जान्छे अरुको भित्तो टाल्न, छोरो बस्छ बाबु आमा पाल्न । हाम्रो समाजमा शूरुमा छोरीहरु मात्र जन्मिए भनेर छोरा पर्खन्दा पर्खन्दा धेरै जना सन्तानहरु भएको पाइन्छ । आजकाल त गर्भमा छोरी छ भने गर्भमा नै भु्रण हत्या गरीदिने चलन पनि छ । अथवा हाम्रो समाजलाइ आमा चाहिने श्रीमति चाहिने दिदि बहिनी चाहिने तर छोरी नचाहिने रहेछ ।
पखण्डहरुले लेखेका ग्रन्थहरुमा पनि पतिब्रता बस्नु पर्ने नियमहरु बनाएका छन तर पत्निब्रता बस्नु पर्ने नियमहरु चाहि कतै छैनन् । महिला कै कोखबाट जन्मिएकाहरु महिलालाइ नहेर्ने परम ब्रहचारीहरु बनेका हुन्छन । श्रीमतिलाइ श्रीमानकी चरणी दासि मानिन्छ । सामान्ति समाजमा मालिकको दास हुन्छ र दासिकी श्रीमतिलाइ चाहि माहादासिको उपमा दिइन्छ । कुनै नेपाली वा भारतीय पुरुषहरुले श्रीमतिलाइ तपाइ भनेर सम्बोधन गर्दैनन् ।
तर महिलाहरुले चाहि श्रीमानलाइ सधै हजुर भनेर सम्बोधन गर्नु पर्ने हाम्रो अधर्म हो । श्रीमतिले श्रीमानको खुट्टा धोएको पानी खानु पर्ने यसो भए श्रीमतिको खुट्टाको पानी पनि त श्रीमानले खानुपर्छ । १८ पुराणहरु मध्येको एक गरुण पुराणमा लेखिएको छ ः यदि मरेको श्रीमानसंग जिउदै सति गयो भने अरु ७ जुनिहरु पनि उहि श्रीमानसंग श्रीमति भएर बस्न पाइन्छ । अथवा एउटी महिलालाइ जिउदै जलाउनु कति उचित होला ।
विवाह दुबैका लागि बराबरी हो तर विबाह पछि महिलाले सिन्दुर पोते चुरा आदि नाना थाङ्गना माङ्गना लगाउनु पर्छ तर पुरुषहरु त केहि पनि लगाउदैनन् । आज चाहि नेपालमा पनि श्रीमान श्रीमति विच मनमुटाव भयो भने सम्बन्ध विच्छेद गर्ने नियम बनेको छ । यो महिला स्वातन्त्रता र अधिकारको एउटा उत्तम सिढी हो । हाम्रो समाजले भन्छ महिलाहरु राजनैतिक आर्थिक सामाजिक संस्कृतीक आदि सबै पक्षहरुमा कम्जोर छन ।
यसैले उनिहरु कुनै पक्षको पनि नेतृत्व गर्न सक्दैनन् । तर महिलाहरुलाइ गर्भ देखि नै मानसिक शारीरिक र सामाजिक रुपमा शसक्तिकरण गरौ न , सबै महिलाहरु एक से एक सक्षम बन्ने छन । तर समाज र परीवारले नेपाली र भारतिय महिलाहरुलाइ जन्मजात पिजडामा थुनेको छ । फरक यति हो ति पिजडाहरु कुनै हिराका होलान, कोहि सुनका केहि फलामका र केहि चोयाका । युरोप र अमेरिकामा महिलालाइ नागरिकको दर्जामा हेरिन्छ र त्याहाका महिलाहरु आफैमा आत्मानिर्भर र स्वालम्बन छन । हाम्रो समाजमा महिलाहरु गर्भ देखि नै पिजडामा हुनुपर्छ ।
महिलालाइ बन्धनमा राख्ने चलन ५ हजार वर्ष पुरानो मानिन्छ । यो हज्जारौ वर्ष देखिको बन्धन वा परम्परा हटाउन आमा र बुबाहरुले छोरीलाइ व्याक्तित्व विकास गर्ने अवसरमा बाधा गरीदिनु हुदैन । तपाइकी छोरी पनि सम्माननीय विद्यादेवि भण्डारी जस्तै यो दशकी राष्ट्रपति बन्न सक्छिन । विगतमा चिनमा छोरीको भु्रण हत्या गरेको कारण आज १७ प्रतिशत पुरुषहरुको विवाह हुन सकेको छैन । यसको फायदा उठाउदै अलिबाबा कम्पनीले डमी महिलाहरु वा रबरका महिलाहरु बनाएको छ र पुरुषहरुले तिनै रबरका महिलाहरुसंग जिन्दगि बिताउन थालेका छन ।
महिला नारी वा बालिकाहरु माथि लादिएका विषयहरु हटाउन स्वयम् महिला, परीवार समाज र राष्ट्रको उदार मानसिकता हुनुपर्छ । पुरुषलाइ जन्माउने महिला कसरी कतै असुरक्षित हुन्छिन र ? तर ग्रन्थहरुमा नै लेखिएको छ ः बालिकालाइ बाल्यकालमा बुबाले सुरक्षा दिनुपर्छ ।
जवानीमा श्रमिानले र बृद्ध अवस्थामा छोराहरुले महिलाहरुको सुरक्षा गर्नुपर्छ । यसरी हाम्रो संस्कार र संस्कृतीले नै हाम्रो मानसिकतालाइ बारम्बार कमजोर कमजोर र कम्जोर बनाइ रहेको छ । महिला उत्थानमा जोड दिने हो भने सबै दम्पतिहरुले गर्भमा छोरा छोरी जे भए पनि सहर्ष स्वीकार्नु पर्छ । जन्मे पछि पनि छोरा र छोरीमा कुनै भेदभाव गर्नु हुदैन । कसैले पनि छोरीलाइ आत्मानिर्भर बन्ने बाटोमा अवरोध गर्नु हुदैन ।
विवाह जस्ता मामिलामा पनि केटाको सम्पति कुल घराना जात उमेर योग्यता पेशा आदि भन्दा पनि केटाको क्षमता र समझदारी पनामा जोड दिनुपर्छ । मेरो छोराको सम्पति खान आएकी भनेर शासुले भनेका दिन आफुले आफैलाइ धिक्कारने दिन आउन सक्छ । चित्त दुखाएर जिवन कटाउने युगले विदा लिइ सकेको छ । रीपोटहरुका अनुसार अमेरिकामा विवाह भएको ५ वर्षमा ५५ प्रतिशत दम्पतिहरुले सम्बन्ध विच्छेद गर्दछन । विश्व कै धनि विल गेट्स र एलन मक्सले पनि सम्बन्ध विच्छेद गरेका थिए । दासि भएर जिन्दगि विताउनु भन्दा सम्बन्ध विच्छेद गर्नु ठिक हो ।
महिला र पुरुष दुबैका लागि समाज समान रुपमा उदार हुनुपर्छ । हुन त लैगिंक यौनिक शैक्षिक सास्कृतीक आर्थिक राजनैतिक स्वास्थ्य आदिका क्षेत्रहरुमा महिला प्रति समाज उदार हुन साथ महिलाहरु समाजको सबै क्षेत्रको नेतृत्व गर्न सक्षम बन्ने छन । महिलाहरुलाइ घर धन्दा र मेलापातबाट छुटकारा दिन प्रविधिले साथ दिन्छ । प्रविधिमैत्री महिला समाज बनाएपछि महिलाहरु पनि सरल सहज र स्वाभाविक रुपमा सबै पक्षको तहको र क्षेत्रको नेतृत्व गर्न सक्नेछन । भारतिय नागरिक कल्पना चाउला अन्तरीक्षामा पुगिन । उनले अन्तरीक्षमा जाने अभ्यास गरीन । उनि व्रत बसेर अन्तरीक्षमा पुगेकी चाहि होइनन् अवसर पाएर पुगेकी हुन अथवा महिलाका जिवनमा अवसरको ठुलो भुमिका हुन्छ ।
त्यसैले धार्मिक वा अन्य कुनै भाग्य र दुर्भाग्य भन्दा पनि कर्ममा नै विश्वास गर्नुपर्छ । नियन्त्रण गरीएका वा संकुचन गरीएका विषयहरुमा मान्छे केन्द्रित हुन्छ । तर सबै विषयहरु खुल्ला गरीयो भने मान्छेले त्यसमा सकारात्मक वा नकारात्मक पाराले धयान नै दिदैन । त्यसैले सबै विषयहरुमा समाज अति नै खुल्ला हुनुपर्छ । जिव विज्ञानका अनुसार पुरुषहरुको बंशाणुमा एक्स र वाइ दुवै क्रोमोजोमहरु हुन्छन । तर महिलाहरुको वंशाणुमा केवल एक्स क्रोमोजोम मात्र हुन्छन । यदि एक्स र वाइ क्रोमोजोम भएमा छोरा र एक्स एक्स क्रोमोजोम मात्र भएमा छोरीको जन्म हुन्छ । त्यसैले छोरी मात्र जन्मनमा पनि महिलाहरुको कुनै हात हुदैन । छोरा र छोरी द्वै जन्माउने तत्व पुरुषमा मात्र सिमित छ ।
हाम्रो परम्परामा पनि छोरीलाइ कन्यादान दिइन्छ । जवकि दान त भुमि दान, गौदान अन्नदान आदि मात्र हुनुपर्ने हो । वा कन्या दान हुन्छ भने कन्य दान पनि हुनुपर्छ । छोरीलाइ बस्तु दान सरह दिन्ु हुदैन । समाजले घर ज्वाइँलाइ अति नै सम्मान दिन्छ जवकि घरमै हुर्किएकी छोरीलाइ चाहि खासै याद गरीन्दैन । घर ज्वाइ भन्दा त छोरीको महत्व हुनुपर्ने होइन र । म चाहान्छु हाम्रै पालामा यि सारा खरावीहरुको अन्त्य होस । महिलाहरुको हर क्षेत्रको उन्नती प्रगती र सम्बृद्धिका लागि बन्धनहरु होइन अवसरहरु उपलब्ध गराए दिनु पर्छ ।
महिलाहरुले यो काम सजिलै गर्न सक्छन भनेर उनिहरुलाई हौसला र पे्ररणा दिनुपर्छ । यसो भएमा मात्र महिला स्वातन्त्रता र समानता, अधिकार र कर्तव्यले स्थायीत्व ग्रहण गर्नेछ । तर हाम्रो समाजले नारीलाइ नायकिय भुमिका दिदैन केवल नाटकिय र नरकिय भुमिका मात्र दिन्छ । यि माथिका समाजका अन्धकारहरु हटाउन यदि म बत्ति बनेर जलिन भने, तिमी बक्ति बनेर जलेनौ भने तब कसले आएर हटाउला त यि अन्धकारहरु । (लेखक ः नुवाकोट जिल्ला निवासी एवं सामाजिक अभियानमा सक्रिय हुनुहुन्छ ।)