
सन्दर्भ: ४१ औ वि. पि. स्मृति दिवस
राष्ट्रियता ,लोकतन्त्र ,र समाजवादको सिद्धान्त एवं आदर्श प्रति अटुट आस्था दृढ अडान र निरन्तर अभियानमा विगत ७० वर्षअघि देखि चट्टान झै अढिक रहेको पार्टी नेपाली कांग्रेस हो ।नेपाल देशको उन्नती एबम् नेपाली जनताको समग्र प्रगति नेपाली कांग्रेस मुल अभिष्ट हो । बिपि कोइरालाको बिचार ,कैयौं सहिदको बलिदान ,हजारौं योद्धाको समर्पण र लाखौ सदस्यको अनबरत यात्रा यहि अभिष्टमा केन्द्रित हुने छ ।
राज्य पुनर्संरचना पश्चात् नुवाकोट जिल्लाको ठुलो भौगोलिक अबस्था समेटेको दोस्रो नगरपालिका हो बेलकोटगढी जसमा हामीले हदै सम्मको मुकाबिला गर्दा गर्दै पनि ,केन्द्रिय नेताको खिचातानी ,गुटबन्दी ,फिल्डमा लडेका भिजेका र जनपक्षमा परिचीत नभएका ,नेताका खल्तिका उम्मेदवारी र बाम गठबन्धनको कारण नराम्रो पराजित ब्यहोर्न हामीले पनि पर्यो । सर्ब सत्ताबादी सोच ,आडम्बरी बानी ,एकतन्त्रीय शासन ,भ्रस्टाचार ,अनियमितता ,घुसखोरी ,र आफ्ना भए हुने अरु भए नहुने यस्ता ब्यवहारले अहिले सम्म पनि अधिकाम्स जनता ठुलो पिर मर्कामा छन् ।
सानो सिफारिस बनाउने देखि अन्य बिकास निर्माण ,भुकम्प पछिका पुनः निर्माण ,कर्मचारी नियुक्ति ,भत्ता ,बाटो ,सडक ,आफ्ना घर पाएक ,आफ्ना कार्यकर्ता लक्षित बिना हामीलाइ असाध्य दुःख दिने र अर्को देसको नागरिक झै ब्यबहार गर्ने यहाका श्री ५ ठान्नेहरुको ब्यबहारले हामी दिक्क छौ । यस्तो बिवसताका बिच आज हामीले बिगतमा आफुले गरेका गल्ती कमि कमजोरीलाई आत्माआलोचना गरि सुध्रिने दिन आएको छ जस्तो महसुस एको छ ।
ब्यक्ति बादी स्वार्थ ,गुटगत स्वार्थ भन्दा माथी उठि यस ५ बर्षको समयाबधिमा हामीले पाएको दुख ,कष्ट ,र यहाका अनियमित्ता ,भ्रष्टाचार ,लगायत अनेक कमिकमजोरी लाइ मध्यनजर गर्दै यस्तो हुन नदिन ,र १४ औं महादिबेशन र स्थानिय निर्वाचनलाई मध्यनजर गर्दै यस नगर भित्र प्रतिपक्षीसंग लड्न भिड्न सक्ने ,सक्षम ,सबल ,अडिक , पार्टीमा त्याग र बलिदानी ,भएको जनताप्रेमी ,बिकासप्रेमी , कांग्रेस पार्टीलाई सुद्धिढ र सुसङ्गठित गर्नसक्ने यस नगरका चिर परिचित , माओबादी द्वन्द कालमा धम्की यातना भोगेका ,आन्दोलनमा प्रहरीको तातो गोलिको प्रवाह नगरी अगाडि बढेका ती अनुहारहरु सम्झने कि ? पञ्चायत काल देखि त्यो शासन बिरुद्द लड्ने ,भिज्ने ,कुटाइ खाने ,जेलनेल भोग्ने र गोलि समेत खाएका दरबिला खम्बाहरु नभएका होइनन ।
१० बर्षे जनयुद्ध ,माओबादी द्वन्दकालमा कांग्रेस भन्ने बित्तिकै खाडल खनेर जिउदै पुर्ने ,हत्या गर्ने ,धन सम्पत्ती कब्जा गर्ने ,यस्तो आततायि अबस्थामा समेत ,ज्यानको प्रवाह नगरी डटेर सामना गर्दै आएका साथीहरु छन । हिजो सिङ्गो गाउ कार्यालय जनप्रतिनिधि नभएको अबस्थामा ज्यानको बाजि लगाउदै ,खुकुरीको धारमा पैताला राखी यश नगरपालिका भित्रका मदानपुर ,बेलकोट , जिलिङ ,दुइपिपल ,कुमरी ,रातमाटे गाउँ बिकास समितिमा कोको थिए ? कस्ले नेतृत्व गर्थे ? पार्टीले त्यो समिक्षा गरेको छ ? जिल्लामा भएका ठुलो आन्दोलनहरुमा सहभागिता ,र भुमिका के छ ? त्यतीबेला अन्त्यन्त ठुलो भुमिका निर्वाह गर्ने कार्यकर्ता कता छन ? तिनिहरुको मनोभावना के छ ?
फिल्डमा जनचाहना के छ ? सम्पुर्ण जीवन राजनितीमै समर्पित गरेका , घर परिवार ,खेतिपाती व्यापार बिजनेस ,बालबच्चा केही नभनी हिड्ेका जुझारु योद्दा हरुको ईतिहास नै मेटिने गरि लोकतान्त्रिक पद्दति र सिस्टमको ध्वज्जी उडाइ , मुटुका पसिना नसेलाएका ती ईतिहास कार हरुलाइ बाइपास गरि ,मन अमिलो पारी ,आज नाताबाद ,फरियाबाद , सुर्ती माडि दिने ,पैसा कमाएर ,तिक्राको भरमा आएका ,र जनताको घर भन्दा पनि नेताको घरको ढोका ढोका चहारी गुलामी गर्ने , खसी ,घिउ , गाडी ,पैसाका बिटो बोक्ने जनताले उक्त क्षेत्रमा चिन्दै नचिनेका लाई खल्तिमा राखेका टिकट पठाउनाले बिगतमा यो हबिगत हामिले भोग्नु पर्यो ।यहि अबस्था रहिरहे , कांग्रेस बिचार ,सिद्धान्त ,इतिहासका रचयिता , सहिदका रगत पसिना , बिपिका सपना र बिचार ,गणेशमान ,किसुन जि जस्ताका त्याग र बलिदाली ले धिक्कार्ने छ ।
वास्तबमै भन्ने हो भने देसको केन्द्रिय राजनीती नै चलाउने ठुला नेता नुवाकोटमा छन । तर नुवाकोटमा किन यस्तो स्वार्थ र ब्यक्तिबादी राजनिती किन गर्छन ? जनताले तपाइहरु बाट के आस गर्ने ? लोकतान्त्रिक पद्दती माथी कसरी बिश्वास गर्ने ? पुनश्च त्यस्ता हुक्के चम्चे ,ढोके ,हरुलाइ पुन महादिबेसन र चुनाबमा बिश्वास गर्ने छनौट गर्ने र टिकट पाउने वातावरण भए पुन कांग्रेसको पराजय निश्चित जस्तै छ ।
त्यसकारण यसपटक बाट त्यस्तो नहोस भन्ने आसा गरौ ।जो गाउमा बस्छन गाउको ,र जनताको सेवा गर्छन ,गाउका मान्छेको सुख दुखमा मलाम लगाउछन, जनप्रीय हुन्छन त्यस्ता मान्छे लाई नेतृत्व दिने कि ??।
वर्तमान समय सापेक्ष सबै नागरिकको वर्तमान मनोभवना र चेतनाले सजिलै स्वीकार गर्न सकिने भिजन, दर्शन, विचार, सिद्धान्त प्रणालीको निर्माण गरेर सोहि भिजन, दर्शन, विचार, सिद्धान्त प्रणाली लागु गराउने प्रयोजनको लागि राजनीति, पार्टी निर्माण, संगठन निर्माण र सोही पार्टी संगठनको नेतृत्वमा निर्वाचन मार्फत नागरिकको जनमतद्वारा अत्याधिक बहुमत संख्या संघिय संसदमा निर्बाचित गराएर सबै नागरिकको वर्तमान मनोभवना र चेतनाले सजिलै स्वीकार गर्न सकिने भिजन, दर्शन, विचार, सिद्धान्त प्रणाली लागु गराउन संविधान र कानुन गर्नु पर्ने भए संसोधन गरि सबै नागरिकको वर्तमान मनोभवना र चेतनाले सजिलै स्वीकार गर्न सकिने भिजन, दर्शन, विचार, सिद्धान्त प्रणाली लागु गराउन पहल गर्न वर्तमान समयमा नागरिक र देशको वारेमा चासो राख्ने इमान्दार, चेतनशिल सबै व्यक्तिहरु दायित्व हुन्छ भन्ने कुरामा म दृढ छु ।
अन्यथा फगत आफ्नो व्यक्तिगत आत्मकेन्द्रित पदीय इच्छा पुरा गर्न गरिने प्रयासहरुले जनतालाई धोका दिने र समयको वर्वाद गर्ने बाहेक केहि प्राप्त हुदैन । यो कुरा सबैले बुझ्नु जरुरी छ । (लेखक ः नेपाली कांग्रेस नुवाकोटका नेता हुन ।