
महादेवफाँट बजारको अनुगमन गर्दै व्यवसाय अनुसारको सुचिकृत गर्दै व्यबसाय दर्ता प्रमाणपत्र प्रदान गद्रै कावा मेयर शिव दाहाल र प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डित तस्बिबर, नुवाकोट पुकार डटकम
विदुर । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाले व्यवसायलाई वृद्धि गर्दै करको दायरामा ल्याउने उदेश्यले ,जहाँ व्यबसाय त्यहाँ दता, कार्यक्रम लागू गरेको छ । सो कार्यक्रम अन्र्तरगत सोमबार नगरपालिकाको वडा नं ७ स्थित महादेवफाँट बजाराको अनुगमन गर्दै व्यवसाय अनुसारको सुचिकृत गर्दै व्यबसाय दर्ता प्रमाणपत्र प्रदान गरेको छ ।
नगरपालिकाका कार्यवाहक मेयर शिव दाहालको नेतृत्वमा बजार अनुगमनमा निस्किएको टोलीले महादेवफाँटमा व्यवसाय सञ्चालन गरिरहेका तर सुचिकरण नभएका दुई दर्जन व्यसायीलाई सुचिकरण गर्दै व्यवसायिक प्रमाणपत्र वितरण गरेको कावा मेयर दाहालले नुवाकोट पुकार डटकमलाई जानकारी दिनुभयो ।

महादेवफाँट बजारको अनुगमन गर्दै व्यवसाय अनुसारको सुचिकृत गर्दै व्यबसाय दर्ता प्रमाणपत्र प्रदान गर्दै कावा मेयर शिव दाहाल र वडा अध्यक्ष भुवनेश्वर नेपाल , नुवाकोट पुकार डटकम
सो अवसरमा नगरपालिकाले नगरमा दर्ता भएको व्यवसायको प्रकिृति अनुसारको व्यवसाय गरे नगरेको विषयमा पनि अनुगमन गरेको थियो । नगरपालिकाले यस चालू आर्थिक वर्षदेखि नगरभित्रका व्यवसायीहरुलाई सुचिकरण गर्ने र करको दायरतामा ल्याउने नीति अनुसार बजार अनुगमन तथा व्यवसायिक प्रमाणपत्र प्रदान गरिएको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत पण्डित, वडा अध्यक्ष भुवनेश्वर नेपाल कार्यालयका शाखा प्रमुख सुरक्षाकर्मी कर्मचारी लगायतको सहभागिता रहेको थियो । बेलकोटगढी नगरपालिकाभित्र व्यवसाय सञ्चालन गरेका तर दर्ता प्रक्रियामा नआएका झण्डै तीन सय जति व्यसायिलाई यो प्रक्रियामा सहभागि गराउने उदेश्य रहेको नगरपालिकाले जनाएको छ । बेलकोटगढी नगरपालिका नुवाकोट जिल्लाको दोस्रो नगरपालिका हो । जसमा झण्डै ४० हजार नागरिक बसोबास