
शुकदेव दाहाल
नेपाली कांग्रेस नुवाकोटमा गुटको राजनीति हुनु सामान्य कुरा हो । निर्वाचनका बेला होस् वा अन्य कार्यक्रमकै बेलामा होस् कांग्रेसभित्र दुईवटा गुट स्वभाविक रुपमा देखिन्छन् । गुटको राजनीति छ र त नेपाली कांग्रेसका नेता कार्यकर्ता एउटा नेता मन नपरे अर्को नेताकोमा जान पाएका छन् । त्यतिमात्रै होइन गुटका कारण नै कांग्रेसले गर्ने विकास निर्माणका काम पनि हुने गरेका छन् ।
जसको उदाहरण हालै संघीय सरकार प्रदेश सरकारका मन्त्रीहरुले बजेट विनियोजन गर्दा स्पष्ट रुपमा नै त्यस्ता दृष्य देखिएको थियो । यतिहुँदा सम्म नेपाली कांग्रेसका नेता कार्यर्ताले सामान्य रुपमा लिएका थिए र छन् । तर पछिल्लो समय राजनीति बदलिएको छ ।
पुराना दलहरुप्रति जनताको विश्वास घटिरहेको अवस्था छ । नेपाली कांग्रेस लोकतन्त्रको एउटा पुरानो र बलियो पार्टी हो भन्ने बुझेका आम नेपाली जनताले उसको क्रियाकलापका कारण विश्वास गर्न छाडेको अवस्था छ । जनतामा पुराना दलहरुप्रति वितृष्णाका कारण नै विचार शिद्धान्त र सामाजिक भावना समेत नभएका नयाँ दलको क्षणिक आवेग र उत्तेजनालाई समेत जनताले राजनीतिक दलका रुपमा विश्वास गर्नुपर्ने अवस्था बनिरहेको छ ।
यस्तो अवस्थामा विगतमा आफ्नो पकड बनाएको नुवाकोट कांग्रेसभित्रको गुटको राजनीतिले कांग्रेसका तल्लो तहका नेता कार्यकर्तामा पुन ः एकले अर्कोको प्रतिस्रोध साध्नुपर्ने अवस्थामा पुर्याइएको छ । नेपाली कांग्रेस क्षेत्र नं १ ले पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा राजधानीको फुलल्याण्ड पार्टी प्यालेसमा साउन १५ का अवसरमा चियापान तथा भेटघाटनको कार्यक्रमको आयोजना गरेको थियो । अपराह्रन ३ बजेदेखि ६.३० बजेसम्मका कार्यक्रमको आयोजना गरेको थियो ।
उक्त कार्यक्रमका लागि भने अर्थमन्त्री तथा कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु डा. रामशरण महत, बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा,जिल्ला सभापति रमेश महत लगायतका दुवै क्षेत्रका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
पार्टीका अर्का नेता अर्जुननरसिह केसी पनि कार्यक्रममा सहभागि हुनुभएको थियो ।। उता पार्टीका पूर्व सभापति जगदीश्वरनरसिंह केसीले आयोजान गर्नुभएको कार्यक्रममा विपक्षी दलसहित केसी परिवारको आँखाको तारो बन्ने गरेका अर्थमन्त्री डा. प्रकाशशरण महत पनि पुग्नु भएको थियो । यसले केही सकारात्मक सन्देशको सञ्चार भने पक्कै गरेको छ । तर एउटै कार्यक्रम,उदेश्य एउटै तर गुट अनुसारको कार्यक्रमले कांग्रेसका नेता कार्यकर्तालाई भने खल्लो बनाएको जस्तो देखिन्थ्यो । गुलियो खिरले पनि नेता कार्यकर्ताको मन भने खल्लो भएको आभास उनीहरुको भनाईबाट नै स्पष्ट बुझिन्थ्यो । तर जे होस नेताहरु एक पक्षले बोलाएको कार्यक्रममा अर्को पक्ष पुगवेर नेता कार्यकर्तालाइृ भने सकारात्मक सन्देश दिएका छन् । यो सँधैका लागि हुनु आवश्यक छ ।
साउन १५ गतेलाई किसानले आफ्ना सबै काम सकेर थकाई मार्ने क्रममा मिसन्न भोजनका रुपमा खिर खाने चलन रहेको छ । आजका दिनबाट हिउँद सुरु हुने र पर्वहरुको पनि थालनी हुने गर्दछ । तर यसमा पनि राजनीति गन्ध मिसाउने काम भने भोलिका दिनमा नहुनु नै राम्रो हुनेछ । समाजिक सञ्जालमा आफ्ना नेताहरुको प्रचार प्रसार भएका छन् । जसले अन्य दल र आम नागरिकले कांग्रेसप्रति मसाज उडाइरहेका छन् ।
यसले नेताहरुलाई त कार्यकर्ता जम्मा गरेर भाषणा गर्न लागि प्रेल्टफम निर्माण भएको होला ,तर समग्र कांग्रेस नेता कार्यकर्ता र आम नागरिकमा रुपमा भने कांग्रेस नेताहरुको यस्ता क्रियाकलापले गाउँमा बस्ने र कांग्रेसलाई माया गर्ने आम शुभचिन्तकमा भने निराशाले जरा गाड्ने तर्फ अर्को वर्षबाट नेताहरुको ध्यान जानु जरुरी छ ।