
नेपाल एक स्वतन्त्र गणतान्त्रीक मुलुक हो । यहाँ हामी सबैले आफूले मनमालागेको कुरा नियम कानुनको परिधिमा रहेर गर्न पाउछौ । शिक्षित तथा स्वघोषित विद्धानहरु आपसी कलहमा जकडिदै छौं । नेपालमा कानुन उल्लङ्घन गरे पनि कुनै फरक पर्दैन भन्ने गलत संदेश आम जनमानसमा व्याप्त हुँदै गएको छ । यसको जिम्मेवार को ? नेपाल सरकारनै यसको प्रमुख कारण हो । विभिन्न विरोध तथा जनप्रदर्शन मा नाङ्गो खुकुरी बोकेर राजनीतिक दलका भातृ संगठन पुच्छर तथा पिछलग्गुहरु दौडी रहँदा पनि प्रशासन मौन बस्नु निकै खेद पूर्ण वीषय हो । हालै मात्र विभिन्न मुद्दामा कानुनका सहि पालना नभएको भन्दै पीडितहरु देशको राजधानीमा धर्णा वस्न बाध्य भएका छन् । राज्यको उच्च तहबाट नै कानुनको धज्जी उडाउने कामगरेको प्रस्ट दख्न सकिन्छ । यस्तो अवस्थामा कसरी मान्ने देशमा सु–शासन छ भनेर ?
हामी स्वतन्त्रताको नाममा निकै उग्र भएका छौं । नेताहरु देशको कानुन निर्माण गर्ने ठाउँमा पुगेर आफैँले बनाएको कानुन तोड्ने गरेका छन् । नेपालका कतिपय उच्च मानिएका पार्टीका विभिन्न नेताहरु पूर्वराजा ज्ञानेन्द्र शाहलाई भूत, पिचास आदिजस्ता अप–शब्दको प्रयोग गर्न होच्याउने र निकै तुच्छ भाषाको प्रयोग गर्ने र आम जनतालाई भ्रममा राख्दै खोक्रा भाषण ठोक्ने गरेका छन् । वाक स्वतंत्रता के यसका लागि आएको थियो ? संविधानको पाना भर्नाका लागि मात्रै नियम लेखिएको हो त ? नेपालको इतिहास राम्रोसंग अध्ययन गर्ने भने हिजोआजका स्वघोषित विद्वान लज्जित हुने अवस्था आएको छ ।
पूर्वराजालाई अनाप सनाप किन भन्नु ? आफ्नो घरको ढोका बलियो बनाए ढुक्क हुन्छ नि किन अर्को गाउँको चिन्ता लिनु ? यस्तै प्रसङ्ग नेपाली राजनीतिज्ञहरूले दर्शाउने गरेका छन् ।
राजसंस्था आफैमा एउटा महान ईतिहास हो । कसैले पनि ऐतिहाँसिक गाथालाई तथानाम भन्न अनि तुष फैलाउन नेपालको कानुनले पनि वर्जित गरेको छ । एक सय तीस वर्ष शासन गरेर देशलाई के फाईदा भयो भन्ने व्यक्तिहरुको लागि एउटा सामान्य घटनाक्रम बुझन जरुरी छ ।
विक्रम संवत १८०० मा नरभूपाल शाहको मृत्यू पश्चात श्री ५ महाराजाधिराज पृथ्वीनारायण शाह गोरखाका राजा भए । सो समयमा मुलुक टुक्रा टुक्रा रहेको कारण उनी राज्य एकीकरण गर्न थाल्दछन् । १८०१ मा पहिलो आक्रमण नुवाकोटमाथि गरेर आफ्नो मुलुक एकीकरण गर्ने क्रियामा उनले पहिलो सुरुवाती गरेका थिए । यस्तै उनले विक्रम संवत् १८२५ मा कान्तीपुरमा विजयी प्राप्त गरी हालको नेपाल स्थापना गरेका थिए । दुई दशकभन्दा बढीको शासनकालमा उनी राज्यको भूगोल बढाउनमा नै व्यस्त भए ।
पृथ्वीनारायण शाह पश्चात विभिन्न शाहवंसी राजाहरु ले ऐकिकरणको प्रक्रिया अगाडि बढाएका थिए । यसरी अगाप्रतापसिंह शाह, रणबहादुर शाह, गीर्वाणयुद्ध विक्रम शाह, राजेन्द्र विक्रम शाह, सुरेन्द्र विक्रम शाह, पृथ्वी वीर विक्रम शाह, त्रिभुवन वीर विक्रम शाह, महेन्द्र वीर विक्रम शाह, बीरेन्द्र वीर विक्रम शाह, दिपेन्द्र वीर विक्रम शाह र ज्ञानेन्द्र वीर विक्रम शाह शाहवंसी राजाको रुपमा ईतिहासमा समेटिएका छन् ।
“१९०३ भदौ ३१ का कोत पर्व घटेको थियो । घटना पछि जङ्गबहादुर राणा सत्तामा आएका थिए र उनले देशको शासन सत्तामा नियन्त्रण कायम गरेका थिए भने उनले एक शताब्दी भन्दा बढी समयसम्म देशमाथि शासन गर्ने राणा वंशको सुरुवात गरेका थिए । अर्को वर्ष, राजेन्द्र विक्रम शाहलाई जङ्गबहादुरले भक्तपुर दरबारमा कैद गरेका थिए र उनका छोरा सुरेन्द्र विक्रम शाह सिंहासनमा विराजमान भएका थिए ।
उनको शक्ति सीमित थियो । उनको जेठो छोरा, त्रैलोक्यको मृत्युको तीन वर्ष पश्चात् उनको मृत्यु १९३८ मा भएको थियो । त्यस पश्चात्, सुरेन्द्रका नाति पृथ्वी वीर विक्रम शाह नेपालको राजा भएका थिए तर हजुरबुबाजस्तै उनीसँग सिमित शक्तिहरू थिए । पृथ्वी वीर विक्रम शाहको मृत्यु ३६ वर्षको उमेरमा भएको थियो र उनका पाँच वर्षीय छोरा त्रिभुवन उनको उत्तराधिकारी भएका थिए । राणालाई शासन सत्ताबाट हटाउने उद्देश्यका साथ २००७ मा, त्रिभुवन भारतीय राजदूतावासमा निर्वासन भएका थिए ।
यसको प्रतिउत्तरमा, त्रिभुवनका नाति ज्ञानेन्द्रलाई राणा सरकारले नेपालको नयाँ राजाको रूपमा नियुक्त गरेको थियो । दिल्ली सम्झौता अनुसार सात सालको क्रान्ति पश्चात्, राणा शासनको अन्त्य भएको थियो र पुनः त्रिभुवन नेपालको राजामा नियुक्त भएका थिए । त्रिभुवनको निधन पश्चात्, महेन्द्र २०११ मा, नेपालको राजा बनेका थिए । २०१७ मा, उनले निर्दलीय राजनीतिक प्रणाली, पञ्चायतको सुरुवात गरेका थिए । ४६ सालको जनआन्दोलन पश्चात्, पञ्चायती व्यवस्थाको अन्त्य भएको थियो । राजा महेन्द्रको निधन भएपछि उनका पुत्र युवराजा विरेन्द्र राजा भए । २०५८ जेठ १९ मा, राजा वीरेन्द्रको वंश नाश हुने गरि शाही परिवारमा एक दरबार हत्याकाण्ड घटेको थियो । दरबार हत्याकाण्ड पश्चात्, दीपेन्द्र कोमामा हुँदा उनलाई राजा घोषित गरिएको थियो । राजा घोषित भएको तीन दिन पश्चात् उनको निधन भएको थियो । त्यस पछि उनका काका, ज्ञानेन्द्र नेपालको राजामा नियुक्त भएका थिए ।
झण्डै झण्डै सय वर्षको अवधिमा विभिन्न शाहवंशीय राजाहरूले राज्य एकीकरण र मुलुकको सक्षमतामा नै ध्यान दिए । यसरी एक विशिष्ट इतिहास बोकेको व्यक्ति तथा संस्थालाई घृणा फैलाउने आशयले असभ्य भाषाको प्रयोग गरेर गलत सन्देश नयाँ पुस्तामा दिन खोज्नु खेद पूर्ण छ । नेपालको मूल कानुन संविधानले अभिव्यक्ति स्वतन्त्रतालाई मान्यता दिएपछि झनै उग्र बन्दै तल्लो स्तरका शब्दको प्रयोग समेत सामान्य रुपमा लिइन् थालेको छ ।
पत्रकारिता राज्यको चौथो अङ्ग हो । प्रेस काउन्सिल नेपालले मूलधारमा भएका पत्रपत्रिका तथा रेडियो टेलिभिजनलाई नियमन गर्ने गरेको छ । कानुनको उल्लंघन गर्ने खालका सामग्री प्रस्तुत गर्न रोक लगाएको छ । प्रकाशन प्रशारण गरिएमा कारबाहीको दायरामा ल्याउने गर्दछन् । तर कतिपय नेताहरु राष्ट्र राष्ट्रियता धर्म इतिहास आदि सभ्यताको बारेमा अपाच्य तथा तुच्छ भाषा प्रयोग गर्दै गालीगलोज मा उत्रिएको भाषण प्रसारण भएको पाइन्छ । यस्तो अवस्थामा कतै हामीहरु नै जानीनजानी इतिहास च्यात्ने तथा इतिहासप्रति नै घृणा भाव पैदा गर्ने काम त गर्दै छैन एक पटक सोच्ने कि ?