
सफलता बोगटी
संसारमा कुनै कुराहरु पनि पुर्णतामा उपलब्ध छैनन् । सूर्य पनि त्यो भन्दा ठुलो हुन सक्छ । पृथ्वीका महासागरहरु पनि सम्पुर्ण पृथ्वीलाइ नै ढाक्ने बन्न सक्छन । विश्वका धनि पनि पुर्ण छैनन् किनकि उनि अझ धेरै कमाउन चाहान्छन । त्यसैले जिन्दगीमा पुर्णताको खोजी एउटा यात्रा मात्र हो । हामीले पुर्णतालाइ प्यास बनाएका छौ । सिद्धि पुरुषहरु निरन्तरताको अभ्यासमा मात्र रहेका मान्छेहरु हुन, सिद्धि कहिल्यै प्राप्ती हुदैन । पुर्णता खोजेर हामीले आफुलाइ नै टुक्राएका छौ । हामी जिन्दगीमा सिद्धी पाउनु भनेको शिखर आरोहण जस्तो मान्छौ । हामी सधैं जिन्दगीको अपुर्णतामा अति नै रमाउछौ । जति अपुर्णता त्यति रमाइलो । जस्तो यूरोप अमेरिका डुलियो जापान डुलेको छैन, डुल्न जाने अपुर्णतामा रमाइरहेका छौ । सिद्ध प्राप्त गर्न प्रकृतिले पनि सक्दैन । मोक्ष कसैलाइ पनि प्राप्त नै हुदैन । संसार सबै लगातारको अभ्यासमा सिमित छ । तर हाम्रो सोचाइ भने लिफ्ट छ भने किन भरेङ्गबाट चढने भन्ने मात्र हो । सबै कुराहरुमा अभ्यासरत बन्नु पर्छ भन्ने बुद्द परम्पराको मान्यता हो । हामी पुर्णता खोज्छौ तर पुर्णता नै छैन । जिवन पनि जन्म देखि मृत्यु सम्म अपुर्ण मात्र छ । तर हामीसंग जति अपुर्णताहरु छन त्यहि नै हाम्रा खुशि, आन्नन्द र सुखका त्रिवेणीहरु हुन । सबै मान्छेहरु अपुर्णताबाट ग्रस्त छन । तपाइको ठेगाना भने कै तपाइ भित्रको अपुर्णता नै हो । मसंग यो वा त्यो छैन भनेर खिन्न उदास मान्नै पर्दैन । आफनो बाटो आफै नवनाए सम्म मात्र अपुर्णताहरु नराम्रा हुन्छन । हाम्रा सबै पाइलामा पुर्णता छ । जिन्दगिमा पुर्णताको रहस्य कहा छ भने हरेक पाइलाहरु मसंग छ । मैले बोलेका हरेका शब्दमा पुर्णता छ । हामीले पुर्णता चिन्न नसेकाका मात्र हौ । हामी फुलको बस्ना लिनै विर्सन्छौ । कुकुरका बच्चा सबै आनन्द लिन्छन । हामी वरपरका विपरित लिंगीहरु देख रमाउछौ । तर दुखि मानिसहरु देख्दा मतलब नै गर्दैनौ । सिद्धी जिवनको यात्रा मात्रै हो । हामी खुशि छौ भने अपुर्ण हो । अपुर्ण हुनु वा परिपुर्ण नहुनु नै जिन्दगिको समधुर यात्राका साथीहरु हुन ।
साँझमा चिसो भित्र आउन खोज्छ । आज जाडोलाइ हामीलाइ भन्दा बढि जाडो भएको छ । हामी जिन्दगिको सदाचारलाइ पुर्ण मान्छौं । तपासंग रहेको धैर्य र संयम आफैले विर्सन्छौ । पुर्णतामा पुग्न सुफिपना चाहिन्छ । सुफि अरब देशका प्राचिन महान दार्शनिक थिए । सुफिपना भनेको अप्रकट हुनु हो । सुफिहरु म यो र त्यो भनेर घोषित हुन्नन, तर सदाचार उत्खनन गरिरहन्छन । आफुले आफैलाइ खनिरहनु पर्छ । सुफिहरु कहिल्यै परिणाम खोज्दैन उनिहरु अदुभुत प्रयत्न मात्र गरी रहन्छन । जिवनमा अदुभुत प्रयत्नहरु गरिरहनु पर्छ । जिवनमा निरन्तर प्रयत्न त सबैले गर्छन तर अदभुत प्रयास गदैनन् । हामीमा संयम र धैर्य भए पनि निरन्तरता छैन । हामी अलिकताले बुद्ध हुन चुकेका छौं । हामी सबै एउटै बाटोमा हुन्छौ तर निरन्तरताको कोशिसमा चुक्छौ ।
त्तगबचतक भनेको ब्रहाण्डको सारै सानो अंश हो यो पदार्थहरुको इलेक्ट्रोन प्रोटन र न्यूटन भन्दा पनि सानो हुन्छ । प्रकाशको सबै भन्दा सानो अंशलाइ फोटन भनिन्छ । त्तगबचतक निरन्तर प्रयास गरेकाले ब्रहाण्ड गतिशिल बनेको छ । पुर्वि अफ्रिकी देशहरुमा बोलिने सहेली भाषामा भनिन्छ परिणम जेसुकै होस प्रयत्न चाहि अद्भुत हुनुपर्छ । त्यसैले हामी जिवनमा अद्भुत कोशिस गरौ । कोशिस बचनमा होइन व्याबहारमा प्रकट होस । हाम्रो जीवनको भेदहरु खोजौ । एकान्तमा बस्नेहरुलाइ भेट्नु पर्छ , उनिहरुबाट जिवनका केहि भेदहरु फेला पर्न सक्छन । हो सन्तहरुको मैलो लुगा र मैलो शरिर देखिन्छ तर उनीहरुको सोच व्याहार र जिउने विधि हेरेमा उनिहरु कोशिसमा थाक्दैनन् । बरु प्रयत्न नै हार खान्छ । कोसिश मात्रै गर्ने हो फल त कोसिसले नै निकाल्छ । निरन्तरको कोशिस नै किटानी सफलता हो । भारतमा एपिजै अब्दुल कलामलाइ भारत सरकारले रकेट बनाउने कामका जिम्मा दियो । त्यतिखेरसम्म भारतमा रकेट प्रविधिको छेस्को काम पनि भएको थिएन । सूरुमा एपिजे अब्दुल कलामले रकेट सम्बन्धि गरेका सबै परिक्षणहरु असफल भए । तर पनि उनि निरन्तर यसै काममा लागि रहे । आज भारत विश्वमा रकेट प्रविधिको क्षेत्रमा चौथो स्थानमा छ । उनले शुरुमा रकेट बनाउन बाँसका भाटाहरु बयल गाडामा राखेर बोकेका थिए । अथवा जे हुन्छ र गरीनछ त्यो हामै्र प्रयत्न र हाम्रै कोसिसले मात्र हुन्छ । उनले भारतको राष्ट्रपतिबाट अवकाश पाए पछि पनि दुर दराजका विद्यालयहरुमा जान्थे, ससाना नानीहरुलाइ पढाउदथे । नयाँनयाँ कुराहरु सिक्न प्रेरित गर्थे ।
जसले जिवनमा स्वातन्त्रता ल्याएको छ ति त विर्कोहरु हुन । प्रसन्नता निकाल्ने तत्व वाड्नु पर्छ । जिवनका खुशिहरु लुकाएर राख्नु हुदैन । सुख र खुशिहरु सबैलाइ बाड्नु पर्छ । मेरो खुशिसंग अरुलाइ के मतलव भनेर घमण्ड गर्नु हुदैन । बाडे पछि मात्र खुसिहरु फक्रन्छन र बास्ना दिन थाल्छन । आफुसंग मिल्ने साथी वा कसैसंग प्रसन्नता र खुशिहरु वाँड्दा ति प्रसन्नता र खुशिहरु दशौ गुणले बृद्धि हुन्छन । अरुलाइ खुशि पार्दा मात्र तपाइको प्रसनता धेरै गुणा बढ्छ । एक पटक एउटा प्रेमिले प्रेमिकालाइ पहिलो पटक कफि खान लैजान्छ । कफि पसलमा मान्छेको भिड छ । अरु वरपर बसेका सबै जना ति पे्रमिकालाइ हेरिरहेका छन । कफि खादै गर्दा वेटरले सोध्छे अरु केहि ल्याउ कि ? केटाले भन्छ एक चम्चा नुन ल्यायी दिनु न । वरपरका सबै मान्छे नुनसंग कफि भनेर दुबैजनालाइ हेर्छन । अब बाटोमा प्रेमिकाले सोध्छे तिमि किन नुनसंग कफि खान्छौ ? केटा भन्छ यसले मलाइ बाल्यकालको समुन्द्र किनारको याद आउछ । अथवा नुन कफिले मलाइ सिधै बाल्यकालमा लैजान्छ । यि २ जनाको नियमित भेट विवाहमा परीणत हुन्छ । श्रीमति कफि बनाउँदा जहिल्यै नुन हालेर कफि बनाउदछिन । बिहे गरेको ४० वर्ष वित्यो । आज श्रीमान मर्छ । मर्न अगाडी उसले एउटा चिठी लेखेछ । चिठीमा के लेखिएको थियो भने, प्रिय मलाइ माफ गर । मैले तिमीसंग जिन्दगि भरी झुटो बोले र आफैलाइ दण्डित पनि गरे । वास्तवमा त्यो दिन होटलमा मैले खासमा एक चिम्टि चिनी मागेको थिए, तर जिव्रो चिप्लिएर एक चिम्टि नुन भन्न पुगेछु । मलाइ चिनी देऊ भनेर सच्चाउने तिम्रो अगाडी आँटै आएन । यो केटा साचो बोल्छ भन्ने पार्न मैले तिमीसंग बस्दा सधै नुन कफि खाए । वास्तवमा मलाइ नुन कफि सबै भन्दा मन नपर्ने बस्तु थियो । तिम्रो अगाडी सज्जन देखिन मैले मेरो जिवनभरी आफैले बोलेको असत्य कुराको दास बनिरहें । आज म असाध्यै डराएको छु । मसंग मृत्यु गफ गर्न आइ सक्यो । फेरी पनि मलाइ नुन कफि कहिले मन पर्दैन । जिन्दगि भरी नमिठो नुन कफि खाए । अर्को जुनी फेरी तिमीसंगै बिताउन पाए हुन्थ्यो । किन बरु नुन कफि खान नपरोस । जब यो चिठीको कुरा श्रीमतीले आफ्ना छोराछारीे नाती नातिनालाइ सुनाउथिन, त्यसो भए आज हामी पनि नुन कफि खाने भनेर बच्चाहरु खुशी हुन्थे । छोरा छोरी र नाति नातिनाको नुनको कफि खाने रमाइलोपना देखेर ति आमाले जिन्दगि भरी श्रीमानले मन नपरी नपरी आफ्नोलागि नुन कफि खाएको कुरा विर्सन्थिन । नुन कफि चाख्न रमाएका बच्चाहरुसंग उनको खुशि दोब्बर हुन्थ्यो । नुन कफि आफैमा मिठो थिएन तर नुन कफिको कथाको स्वाद आफैमा कति हो कति मिठो थियो । हामी पनि कसैलाइ खुशि पार्ने तरीका नजान्दा जिन्दगिभरी नुन कफिको फेला पर्छौ ।
८.आज २०७८ साल मंसीर २२ गते बुधबार ः हामी बढि जाडो वा बढि गर्मि छ भनेर भन्छौ । अथवा हाम्रो शरिरले चाहेको तापक्रम भन्दा यिनीहरु बेठिक भए । हामी हवाइ जहाजमा बस्दा कुटनीतिक श्रेणी वा आर्थिक श्रैणीमा बसेर यात्रा गर्न पाए खुशि हुन्छौ । तर मनले भित्रैवाट नमाने पनि सधैं साधारण श्रेणीबाट यात्रा गर्नु परेको छ । रेल वा बसको यात्रामा पनि हामी भरसक सुपर डिलक्स सिट खोज्छौ । हुन त अरु पनि सिटै हुन । रेलले साधारण सिट र डिलक्स सिट एकै चोटी पुराउने हो । तर डिलक्स सिटसंग आनन्द जोडिएको छ । मान्छेको शरिरले थोरै वा धेरै आनन्द अनुभव गरो वा आनन्द पायो भन्ने सन्दर्भमा फ्रान्समा एउटा परीश्रण गरिएको छ । त्यसमा मान्छेले तिर्खाको बेला पानी पिएको भन्दा पिसाबले च्यापेर पिसाब फेरेको बेलाको आनन्दमा २०० गुणा बढि शरिरले आन्नद अनुभुति गरेको छ । यस्तै भोकाएको बेला खाएको आनन्द भन्दा बसको यात्राबाट फर्किएर वाथरुममा दिशा गरेको आनन्दमा पनि ३०० गुण बढि आनन्द अनुभुति गरेको छ । बेलायतका दार्शनिक जेनरी बेन्थमले सुखवादी दर्शन वा हिजोनिज्म प्रतिपादन गरेका हुन । उनले मानिसले जिवनमा जम्मा १९ वटा सुखहरु प्राप्त गर्न सक्दछ भनेका छन । उनले सुखलाई यथार्थवादी सुख र अयथार्थवादी सुख भनेर २ भागमा बाँडेका छन । हामी संसारका सबै जना मान्छेहरु यि १९ वटा सुखका वरपर जिवनभरी भौतारी रहेका हुन्छौ ।
तपाइ शरिरलाइ आराम वा न्यानो चाहिएको छ भन्ने विषयमा आज जाडो छ भन्ने स्वीकार्नु हुन्छ ? तपाइले गरेका साना साना कुराहरु बताउदा अरुलाइ ढाट्नु हुन्छ । तपाइका गल्तिहरुको हालत कति होला । तपाइले आफ्ना दोषहरु कति लुकाउनु भएको छ होला । तपाइका गल्तिहरु बोल्ने भए आज के हुन्थ्यो होला । हामी आफ्नो दोष स्वीकार्न र सत्य बोल्न चाहान्दै चाहान्दैनौ । हामी जस्तो छौ त्यो हामी कदापी स्वीकार्न सक्दैनौ । वास्तवमा म जस्तो छु त्यस्तै देखिनु पर्छ । हामी सबै कुरामा स्वाङ्ग पार्छौ । विहेका पाटीमा थोरै लुगा लगाउने केटीहरुलाइ जाडो छैन भनेर सोध्दा उनिहरु जाडो छ भनेर कदापी स्वीकार गर्देनन् । हामी आफु जे होइन त्यो देखाउन चाहान्छौ । हामी एउटा छौ तर अर्को बन्न खोज्छौ । यसरी हामी भित्रै दुइटा स्टेण्डरको कमाल छ । अथवा हामी आफैमा सारा जिन्दगि अन्तर विरोध बोकेर बसेका छौ । हामी एउटा दोष लुकाउन अर्को गल्ति गर्छौ । यसरी एक पछि अर्को गर्दै हामी गल्तिका दलदलमा फस्छौ । तपाइ आफैलाइ सधै निर्दोषी बनाउनोस न । यसो गर्न यो दोष मेरो हो भन्न सक्नु पर्छ । आफुलाइ आफु जस्तै बुझनु पर्छ । अप्रमाणिक जिन्दगि जिउन कदापी लायक हुदैन । आफुले आफैलाइ चिन्ने संस्कृती बनाउनु पर्छ । नेपालका डक्टरहरुसंग मात मार्दा भन्छन ः हामी बिरामी जाँच्दछौ, साल्यक्रिया पनि गर्छौ । यि काम गर्दा आफैसंग धोका गरे जस्ते लाग्छ । किनभने यि कामले म आफुलाइ नै सम्मान गर्दिन, तर अरुले मलाइ गर्छन म आफै छक्क पर्छु । मेरा लागि यि सम्मानहरु अनावश्यक छन । वास्तवमा म अर्कै मान्छे बन्न चाहान्थे । तर म अरुका कारणले मात्र डक्टर बनेको हो । म टाइपिस्ट डक्टर मात्र हु अथवा मेसिनले दिएको काम गर्छु । जिन्दगिमा म नमिठोसंग चुके । म आफुलाइ नबुझि नबुझि बाँची रहेको छु । हो यस्तै हामी अरु जनाहरु पनि अरुका लागि श्रीमति बनेका छौ, अंक लबनेका छौ , हाकिम बनेका छौ, पुलिस बनेका छौ, नेता बनेका छौ, प्रोफेसर बनेका छौं तर वास्तवमा हामी केहि पनि होइन र अरुको सम्मानबाट हामी नै लज्जित बनेका छौ. । हामीहरु आफैमा आफ्नै लागि उध्रिएर, फुलेर, फक्रिएर सुवास निकाल्न सकेमा मात्र जिन्दगिमा सबै खाले प्राप्ति स्वतः पाइन्छ ।
तपाइले आफ्नो मनलाइ कस्तो खुराक खुवाउनु भएको छ तपाइ त्यस्तै बन्नु हुन्छ । हामी सधै भन्ने गर्छौ, फलानो खराव हो, उसले गर्दा यस्तो भयो, उस्तो भयो नत्र कति राम्रो हुन्थ्यो आदीे । अथवा अरुको ऐनामा हेरेर हामी हाम्रा सोच, विचार, व्यावहार, काम आदीलाइ नियाल्छौ तर आफ्नो सोचाइमा कहिल्यै सुद्धिकरण गर्दैनौ । यसरी शुद्धिकरण नगरिएर हाम्रा मन विचार र कर्म नै व्याभिचारमा फसेका छन । हामी सधै यति सानो गल्ति गर्नु त ठिकै हो नी, केपो विग्रन्छ र भन्छौ । सधै अरुको रिस डाहा आरिस कुभलो चिताइ रहेका हुन्छौ । मानौ हामीसंग सकारात्मकता भन्ने नै छैन । हामी आफुलाइ अरुले ठिक ठहराउन भन्ने नामामा हाम्रा वानी व्याहोराहरु विगारी रहेका छौ । सधै नकारात्मक र जलझेलको भावनाले मान्छेमा निराशा उत्पन्न गराउँदछ भन्ने मनोबैज्ञानीकहरुको निष्कर्स छ । धोविले मैलो लुगा धुएर सफा बनाउँछन । तर फोहोरमा बस्नेले धोबिको लुगा महिलो देख्छ । अथवा अरुको दृष्टिमा होइन आफ्नै दृष्टिमा सफाइ गर्नुपर्छ । नव विबाहित दम्पति मध्ये श्रीमतिले पल्लो घरको छतमा लुगा सुकाइ रहेकि आइमाइलाइ झयालवाट हेर्दै श्रीमानसंग भन्छे, त्यो आइमाइले कति फोहोर लुगा सुकाइ रहेकी छ । साहेद सावन खराब थियो कि, अथवा ढाड दुखेर राम्ररी धुन पो सकिन कि, अथवा आइमाइ अल्छे हो कि वा किन त्यति नराम्रा लुगा सुकाएकि होलि । ३, ४ पटक सम्म लुगा सुकाउँदा ति नयाँ श्रीमतिले लुगा सुकाएकोमा गुनासो मात्र गरीन । एक दिन चाहि ति नयाँ श्रीमति भन्छे आहा आज त कति सफा लुगा धुएर सुकाइछ । साहेद अरुले नै पो धोइ दिए कि ? अब श्रीमान भन्छन ः सधै जस्तो आज पनि लुगा उसैले धुएको हो, सधै यस्तै सफा बनाएर नै उनि लुगा धुन्थिन । तर हिजो तिमी माइत गएका बेला मैले हाम्रो यो झ्यालको सिसा राम्ररी पछेर सफा बनाएको थिए । अस्ति सम्म यि झ्यालमा कसिंगर जमेको थियो । अब झ्याल सफा छ र छिमेकिले सुकाएको लुगा सफा देखिएको हो । हो यस्तै, तपाइको चित्तको ऐना कस्तो छ । तपाइ कस्तो हेर्न चाहानु हुन्छ, संसार त्यस्तै देखिन्छ । हामी राम्रो बन्न आफैसंग सम्बाद गर्नुपर्छ । त्यसलाइ कसरी रामे बनाउने भन्नेमा लाग्नु पर्छ । कलाकारले कसरी त्यति राम्रो चित्र बनाउने साहास गरे होला भन्ने मनन् गर्नु पर्छ । कलाकारहरुको सौन्दार्य निकाल्ने सहास कस्तो होला । कलाकार कति सकारात्मक सोचमा छ । के तपाइ अब बाहिर कठाग्रिएका रुखसंग बात मार्न चाहानु हुन्छ । ति कठाग्रिएका रुखहरु जाडोसंग बात मारी रहेका छन र भन्दै छन, तिमीले हाम्रा पुराना खराब पातहरु लेजाऊ, हामी ति जानसाथ नयाँ पालुवाहरु ल्याइ हाल्छौ । अथ्वा रुखहरुले जाडोसंग सिरक मेटे«स माग्दैनन् । तर तपाइले जाडोलाइ पठाउका एस एम एसहरु तपाइका ह्रदयका गितहरु होइनन् । ति त छलकपटका आसय मात्र हुन । तपाइ जाडोलाइ आगो बालेर, सिरक भित्र पसेर तर्साउदै हुनुहुन्छ । भनेको के हो भने आफ्नो चित्त सफा पारीयो भने मनमा प्रसन्नताहरु लटरम्मै फल्छन ।
हामीसंग संसारमा सधै राम्रो मात्र हुन्छ भन्न सकिन्दैन । आजको दिनमा पनि कति हो कमि कमजारीहरु भएका छन । तर पनि यो संसार सधै राम्रो मात्र बनाउन लाग्नु पर्छ । संसारमा १ दिनमा नै कति हो कति घटना घटिरहेका हुनछन । साच्चै १ दिनमा सबै गरी कति घटना घट्छन होला ? अथवा सबे कुराहरु मान्छेको नियन्त्रण भन्दा बाहिर नै छन । यहाँ कसैले गरेको गल्तिहरुले हामीलाइ असर गरीरहेको छ । हुन त तपाइ हाम्रा कामहरुले पनि अरुलाइ जानी नजानी दुखित बनाएका होलान । हिलो र फोहोर पानी भित्रैबाट आएको कमलको फुल कति राम्रो छ । यस्तै हामीसंग पनि ससाना राम्रा कुराहरु संगै छन र धेरै छन । हामीले राम्राहरु कुराहरु अरुलाइ नदेखाएको मात्रै हो । यथार्थमा संसारमा राम्रा कुराहरु मात्र छन । तपाइको मनको क्यामरा कस्तो छ त्यसमा नै संसारका सबै कुराहरु भर पर्छन । हामीले जिवनमा रङ्गहरुको सन्तुलन देखाउन सक्नु पर्छ । दुर्गालाल श्रेष्ठले रचेको गित फुलको आँखामा फुलै संसार भने जस्तै । अमेरिका आतंककारीहरुले मारेको भन्दा बारुलाले टोकेर धेरै मान्छेहरु मर्दा रहेछन् । नेपालमा पनि वर्षमा कोरोनाले भन्दा झाडा पखलाले वढि मान्छेहरु मर्दा रहेछन । तर अमेरिकामा आतंकवादी र नेपालमा हामी कोरोनासंग बढि डराएका छौ । अथवा साचो कुरा देख्नलाइ क्यामराको लेन्सलाइ सफा कपडाले पुछि रहनुपर्छ र सधै सफा र रामो फोटो आउछ । चाँदिको टुक्रा आगोको रापमा छोड्दा खरानी बन्छ, त्यसो भए कसरी शद्ध पार्ने त चाँदी भन्ने प्रश्न चाादि बनाउने कालिगढलाइ सोध्यो भने उसले भन्छ ः चाँदि तब सम्म मात्र तताउनु पर्छ जब चाँदिमा आफ्नो अनुहार देखिन छाड्छ । बढि तताएमा चाँदि खरानी बन्छ । संसारमा राम्रोबाटै मात्र राम्रो गर्न सकिन्छ र त्यो मात्र राम्रो हुन्छ । महा मसानले भनेका थिए ः बलबानहरुलाइ बलले नै हराउनु पर्छ । विर मसानले भनेका थिए ः विद्धानहरुलाइ बुद्धिले नै गिराउनु पर्छ । बल र बुद्धिको सन्तुलनले मात्र संसार राम्रो बनेको छ ।