
सफलता बोगटी
नेपालमै गुणस्तरिय उच्च शिक्षा कसरी ? भन्ने विषयभन्दा पनि नेपालमै गुणस्तरिय प्रारम्भिक शिक्षा कसरी ? भन्ने विषय चाहि गुणस्तरिय हुन्छ । जसले चक्रव्युह बनाउन जान्दछ उसैले मात्र चक्रव्युह तोड्न सक्दछ । त्यसैले गुणस्तरिय शिक्षाको विऊदेखि फल सम्म र फल देखि विऊ सम्मको चक्रपार गर्नुपर्ने हुन्छ । जिवनका लागि शिक्षा कि, शिक्षाका लागि जिवन भन्ने तर्क जीउदै छ । शिक्षाका ६ पाऊहरु हुन्छन ति हुन ः विद्यार्थी शिक्षक र अभिभावक, पाठ्यक्रम शिक्षण विधि र मुल्याङ्कन ।नालान्दा र तक्षशिला पुर्विय प्राचिन विश्वविद्यालयहरु थिए । सन १०९६ मा क्याब्रिज, १२०९मा अक्सफोर्ड, १४४१ मा इटन, १६३६ मा हाभर्ड, १९५९ मा त्रिभुवन विश्वविद्यालयहरुको स्थापना भयो । भारत वर्षमा सन १८३५ मा लर्ड म्याकुलेले लागु गरेको भारतियहरुलाइ चपराशि बनाउने शिक्षाको प्रभाव नेपालको राष्ट्रिय शिक्षा पद्धतीको योजना २०२८ मा लागु गरीयो । म्याकुलेको दि इङ्गलिस एजुकेसन एक्ट १८३५ को उद्देश्य भारतीयहरुलाइ नेतृत्व गर्ने शिपबाट बन्चित गरेर प्रबन्ध गर्ने सिपमा मात्र सिमित गर्नु थियो । त्यसैले विस २०२८ सालको शिक्षामा अंगे्रजी विषय कक्षा ४ देखि मात्र पढाइने र त्रिखण्डी मुल्याङ्कन प्रणाली लागु भयो वा पुर्णाङ्क १०० मा ३३ अंक ल्याएमा उत्तिर्ण बन्ने अल्पज्ञानी जनशक्ति उत्पादन गर्न थालियो । आज नेपालमा विद्यावारीधि र महाविद्यावारीधिहरुको अध्ययान अनुसन्धान शुरु भइ सकेको छ । हामी स्नाकोत्तर तहहरुमा अध्यान गर्ने विद्यार्थीहरुलाइ पनि उच्च जनशक्तिको उत्पादन मानिन्छ । विश्वविद्यालय अनुदान आयोगको काम गर्ने शैलि भने उहिलेको एकादेशको कथा जस्तै मात्र छ । हाल त्रिविले देशको माग अनुसार उच्च शिक्षामा अन्तराष्ट्रिय सम्बन्ध र कुटनीति लगायत नयाँ विषयहरु थप गरेको छ । त्रिविको पाठ्यक्रमका उद्देश्यहरु विश्वका कुनै विश्वविद्यालयका भन्दा कम छैनन् । त्रिवि र यसका भाइ विश्वविद्यालयहरुमा गुणत्मक भन्दा पनि परीमाणत्मक विषयहरु छन ।
आज हामी हाइपर सोनिकको युगमा बाँचीरहेका छौ । विश्वविद्यालयहरुमा प्रविधिमैत्री शिक्षाहरु छन जस्तो क्रितिम बौद्धिकता (च्याट जिपिटी र अटो जिपीटी ) रोबटीक्स् ड्रोनीङ्ग विगडेटा कोडीङ्ग मेसिन लर्निङ्क न्युरो लिङ्क आदी । यी शिक्षाहरु मानव सभ्यता कै गुणस्तरिय शिक्षाहरु हुन । जब सम्म नागरिकहरुको मानसिक वा चेतनाको विकास उच्च तहको हुदैन तब सम्म गुणस्तरिय शिक्षा नारामा सिमित हुन्छ । एउटा शिक्षित मान्छेको ७ वटा सुचाङ्कहरु हुन्छन । ऊ क्रिएटिभ कन्स्ट्रक्टिभ प्रोडक्टिभ ईफेक्टिभ डाइनामिक कन्फिडेण्ट र इनरजेटिक हुनुपर्छ । यी सात गुणले उसमा योग्यता दक्षता क्षमता र प्रतिभाको भारी विकास गर्नेछ । यी चार सिप भएको व्याक्तिले जिवनमा प्राज्ञिक वा बौद्धिक स्वतन्त्रता, वित्तीय स्वातन्त्रता, समयको स्वातन्त्रता र मनोरञ्जनको स्वातन्त्रता पाउने छ । अथवा उसमा जिवन प्रबन्ध गर्ने सिपहरु विकास हुन्छन । उसले मानसिक रुपमा कार्यक्रमको प्रबन्ध गर्नेछ । उसमा ज्ञान सिप अनुभव विधि प्रविधि र पुजिको ब्यावस्थापना गर्न मानसिक सिप पलाउने छ । नेपालबाट युवा पलायन भएका होइनन उनिहरुको सिपलाइ नेपालले काम लगाउन नसकेको मात्र हो । आज हलो जोतेर कृषिमा हरीत क्रान्ति ल्याउन सकिन्दैन । कृषिमा क्रान्ति ल्याउन विऊहरुको बंशाणु गुणमा सुधार, प्रविधिमैत्री खेतबारी, सिंचाई, खाद्यय सुरक्षा, भण्डारण र विश्वस्तरको बजार व्यावस्थापन चाहिन्छ । यसलाइ गुणस्तरिय शिक्षा भनिन्छ । आज समाजमा नयाँ पुस्ता विज्ञान प्रविधिमा अगाडी छ हजुरबुबा पुस्ता पछिपछि लत्रन्दै हिड्दैछ ।
आजको अन्तरीक्ष युद्धमा सेटलाइटका भरमा गरीने युद्धमा भरुवा बन्दुक पड्काउन सिकाऊनु गुणस्तरिय शिक्षा होइन । तार विहिन प्रविधिहरुको विकास भएकोले अब विजुली मर्मत खानेपानी मर्मत मोवाइल मर्मत आदीलाइ सिप नै मान्न छाडी सकियो । आजको युग साइकोमोटर शिक्षाको युग हो । आज पाइलट विनाका रकेट मंगलग्रह जान्छन । यति भन्दै गर्दा मानिसहरुलाइ जिवन उपयोगी ६० वटा सिपहरु सिकाइ दियो भने त्यो नै गुणस्तरिय शिक्षा हुनेछ । विगतमा केटाका ६४ कला (हिड्ने कला बोल्ने कला आदी) र केटीका ३२ लक्षणहरु (बाघको जस्तो कम्मर मृगका जस्ता आँखा) आदी गुणस्तरिय सिप हुनु पर्दथ्र्यो । नेपालमा नै गुणस्तरिय शिक्षा कसरी भन्ने सवालको जवाफ पधेंरे गफले हुदैन । यो निरपेक्ष विषय हो । कृष्ण प्रणामीहरुका समाजमा सुगुरको मासु पसल चल्दैन तर किरात गाऊमा हरालुछ चल्छ । नेपालको शिक्षा मन्त्रालय र विश्वविद्यालयहरुको छाता संगठन विश्वविद्यालय अनुदान आयोगहरुले नेपालका ३ करोड जनसंख्यालाइ कुन कुन क्षेत्रमा काम लगाउने हो प्रस्ट नीति र कार्यक्रम ल्याउनु पर्दछ । आज एउटा देशको माग र विश्व बजारको माग एउटै हुन्छ । त्यसैले नेपालमै गुणस्तरिय उच्च शिक्षा कसरी ? भन्ने विषयमा विश्व बजारमै गुणस्तरिय उच्च शिक्षा कस्तो छ र कसरी डेलिभरी भइरहेको छ भन्ने जानकारी नेपालका शिक्षाका ठेकदारहरुलाइ हुनुपर्छ । नेपाली माटो सुहाउदो मौलिक र अर्गानिक गुणस्तरिय उच्च शिक्षा खोज्ने हो भने हामीले विश्वका गुणस्तरिय उच्च शिक्षा प्रणालीबाट सिक्नु पर्ने हुन्छ । नेपालमा कुनकुन क्षेत्रमा के के सुधार र संशोधन गर्दा गुणस्तरिय उच्च शिक्षा विद्यार्थीहरुले पाउछन भन्ने बारेमा विश्वविद्यालयहरुका चोटा र कोठाहरुमा सम्बन्धित देशि विदेशि विज्ञहरुबाट सैद्धान्तिक र ब्याबहारीक शैक्षिक रोडम्याप बनाउनु पर्छ । उत्पादनमुलक र रिसर्चमा आधारित शिक्षा नै गुणस्तरिय शिक्षा हो । क्वालिटी कन्ट्रोल होइन कि थप क्वालिटीको शिक्षा चाहिन्छ । नेपालमै गुणस्तरिय उच्च शिक्षा यसरी दिन सकिन्छ भनेर विद्यार्थीहरुले नै खाका दिन सक्नुपर्छ । आजको नेपालको उच्च शिक्षा हालबेहाल अवस्थामा छ । उच्च शिक्षका बेथितीहरुको वयान गर्न भगवान ब्रहाजीका चार टाउका र शेष नागका हजार जिब्राहरुले पनि भ्याउदैनन् । नेपालका सबै विश्व विद्यालयहरुमा नेपाली समाजको मानसिकताको प्रतिनिधित्व भएको हुन्छ । एउटा गुण स्तरिय उच्च शिक्षाले व्याक्ति परीवार समाज देश र विश्वलाइ आउने अनिवार्य चुनौतीहरुसंग मुकाविला गर्न र अवसरहरुलाइ पत्ता लगाउने ज्ञान र सिपको विकास गर्नुपर्छ । उच्च गुणस्तरको शिक्षा भनेको मानव चेतनाको विकासलाइ उचाइमा पुराउने शिक्षा हो । आजको अलौकिक विज्ञान प्रविधि नै गुण स्तरिय उच्च शिक्षा हुन । पानी जहाज डुवेका बेलामा पौडी खेल्ने सिप नै महत्वपुर्ण हुन्छ राम नाम भन्दा ।
नेपालमै गुणस्तरिय उच्च शिक्षा यस्तो र यहि हुनुपर्छ भन्ने कुनै राम वाँण छैन र हुदैन पनि । विश्व स्वास्थ्य संगठनको भनाइमा मानिसहरु शारिरीक मानसिक र सामाजिक रुपमा स्वाथ्य हुनु नै स्वास्थ्य हो । हामी आज नेपालमै गुणस्तरिय उच्च शिक्षा कसरी भन्ने सर्वजनिक सवालहरुमा किन बहस गरी रहेका छौ, यसका पछाडी केहि कारणहरु छन । नेपालमै गुणस्तरिय उच्च शिक्षा कसरी भन्दैगर्दा अरु देशहरुमा चाहि कसरी यो योजना सफल भयो भन्ने कहानी होला । त्यसैले हामीले नेपालमै गुणस्तरिय उच्च शिक्षा व्यावस्था गर्न उच्च शिक्षका विद्यार्थीहरुलाइ उच्च मानसिक कार्य गर्ने मौका दिनुपर्छ र मात्र यसको उत्तर पत्ता लाग्छ । शिक्षाविद्ध जोन डेभिले भनेका छन ः हज्जारवटा सिद्धान्तहरु भन्दा एक औस प्रयोग बढि व्यावहारीक हुन्छ । (लेखक बोगटी त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशात्रमा स्नाकोत्तर गर्दै हुनुहुन्छ)