
अबोध बालबालिकाको मुहारमा मुस्कान देखेर रमाउने खुषी हुने मेरो सुरू देखिकै आदत हो । जब म बच्चाको आँखामा आँशु र मुहारमा निरासा देख्छु मन उकुस मुकुस भएर आँउछ । दुनियाँले हेर्ने पुरा संसार होइन एउटा बालकको सिंगो संसार चिहाउन मन लाग्छ । हरेक बाल फूल जस्तै लाग्छ मलाई अनि फूल सधैं मुस्कुराउनु पर्छ भन्ने लाग्छ । जब फुल मुस्कुराउँछ धर्ति स्वर्ग बन्छ भन्ने पनि लाग्छ । तर अफसोच मेरो मनमालागेर सबै बालबालिका कहाँ मुस्कुराउन पाउछन् र ? कतिपय बालबालिकाहरू त जन्मदै पिडाको पहाड र अभाब भारी बोकेर आउँछन । अनि तिनका तिनका आँखामा आँशु मात्र छछल्किदैन निर्दोसपना अनगिन्ति आशा र निरिहता पनि छल्किन्छ । बालबालिका सँग काम गर्दै गर्दाका भोगाईले मलाई पटक पटक नमिठो संग चिमोटेको छ । मैले चाहेर पनि कति बालबालिकाको आँखाको आँशु टुलुटुलु हेर्नु केहि गर्न सकेको छैन । यसकारण पनि पाठकहरू सामु आफ्नो अनुभुति पोख्न चाहान्छु ।
एक दिन कक्षाकोठा पढाई रहदा एकजना बाबु सुक्क सुक्क रोई रहेको भेटे बिस्तारै बुँझे उसको बुबा र आमाको सम्बन्ध बिछेद भएको रहेछ । उसलाई आमाको यादले सताएको रहेछ तर उसको बुवा लगाएत परिवारको अन्य सदस्यहरूले कुनै पनि हालतमा बच्चालाई आमा संग भेट गर्न नदिने निर्णय गर्नु भएको रहेछ मैले त्यो बाबुको बुवालाई भेटेर सम्झाउने प्रयास गरे मेरो प्रयास निर्थक रह्यो त्यो बाबुको आँखाको आशु पुच्छन सकिन आज पनि त्यो कुराले मन अमिलो हुन्छ । एक दिन बिद्यालय बाहिर आठ कक्षा पढ्दै गरेकि नानी एकजना महिलाई अंगालो मारेर जोर जोरले रोएको देखे मान्छेहरू खासखुस कुरा गर्दै थिए । पोइ मर्यो भन्दैमा छोराछोरी छोडेर पोइल जानेले बाटोमा के नाटक देखाएकी लाज पचेकी होली आदि आदि । मैले स्वयम्भूनाथ मन्दिर ओरी परि हात फैलाउदै भिख मागिरहेका तमाम बालबालिका देखे पछि बालबालिकालाई भिक्षा होइन सिप शिक्षा दिऊ भन्ने अभियान चलाए । त्याहाँका बालबालिका को कथा आफ्नै आँखाले नियाले आफ्नै कानले सुने अधिकांस कथाहरूमा पात्र फरक हुन्थ्यो कहानि उस्तै उस्तै हुन्थ्यो कसैको बाबुले अर्को बिहे गरेको हुन्थ्यो वा बाबुको मृत्यू भएको हुन्थ्यो कसैको आमाको मृत्यु हुुन्थ्यो वा छाडेर अर्को बिहे गरेको हुन्थ्यो । जसको परिणाम बच्चाले सौतेनि आमाको ब्यबहार सहन नसकेर सडकमा मागेर खाएको बतउथे कतिले सौतेलो बाबुले आफुलाई देखि नसहेको आमा संग बस्न नदिएको बताउथे ।
कारण जे जे भए पनि हरेक बच्चाले सम्मान पुर्वक बाचेर खान लाउन र शिक्षा हासिल गर्न पाउनु पर्ने कानुनी ब्यबस्था भए पनि राज्यले हरेक बालकको वास्तबिकता बुझेर न्यएदिन कहाँ सम्भब छ र ? अनि कस्ले यस्ता अनगिन्ति अरूका घर परिवार समस्या को चासो दिन सक्छ र ?फेरी पनि जंगलमा आँगोलाग्दा चराले चुच्चोमा पानी बोकेर विशाल आगोको ज्वाला निभाउने प्रयास गरेको कहाँनी सुनेकी म सकेजति बालबालिकालाई बिद्यालय भर्ना गर्ने उनीहरूको पोशाक , खाजा र किताब कपिको जोहो गर्न तिर लागे कैयन दिनहरू सडक र मन्दिर माग्दै गरेका नानिहरूलाई फकाउदै बिद्यालय पुर्याएर बिताए तर अफसोच बिद्यालयको ब्यबस्था त म गर्थे तर उनीहरूको घरमा उनिहरुको चिन्ता र चासो रख्ने , समयमा खाना पकाएर खुवाएर विद्यालय जाउ भन्ने मान्छे हुदैनथ्यो । फेरी पनि मेरो प्रयास चलि रह्यो केहिले मुस्किल ले ७ ,८ कक्षा पढेर ज्याला मज्दुर गर्न लागे केही बिहे गरेर बच्चा जन्माएर फेरी बाटोमा मागेर बसेको भेट्छु , केही बिद्यालय गई रहेकाछन । केही आज पनि मैले संचालन गरेको होस्टल मा रहेर शिक्षा लिरहेका छन । यस बिचमा धेरै ब्यक्ति संघ संस्थहरू जोडिनु भो सबै प्रति मनदेखि आभारी छु । आजको दिनमा म घोत्लिएर सोच्ने गर्छु । मान्छेले जीवन साथीको मृत्यूलाई टार्न सक्दैन , मन नपरेको मान्छे संग जीवन बिताउन सक्दैन तर मन परेको मान्छे संग आफूले जन्माएको सन्तान र आफूले मन पराएको मान्छेले जन्माएको सन्तानलाई माया दिएर राख्न सकेको भए तमाम अबोध बालबालिका सहारा बिहिन हुनु पर्ने थिएन । अथवा पति को मृत्यू पछि दोस्रो बिहे गर्ने नारीले अर्को पति संगै आफ्ना संन्तान राख्न पाउने भए । अथवा पत्नि गुमाएको पुरूषले कन्या केटि भित्राएर आफ्ना सन्तानको सौतेनी आमा बनाउनु भन्दा सन्तान भएकी एकल नारी लाई नै स्वीकार गरेर उसका र आफ्ना सन्तान को दुबैले समान अभिभाबकत्व लिएको भए कति सुन्दर संसार हुन्थ्यो होला । कलाकार हरिबंश आचार्य र रमिला को जोडी , गाइका अन्जु पन्त र थीर कोइरालाको जोडी मलाई दोस्रो बिहे गर्ने जोडी भन्दा माथि दुबैले एक अर्काको सन्तानलाई माया गर्ने उदाहरणीय जोडी लाग्छ मलाई समाजमा यस्तै तमाम पात्र भएको भए कैंयन बालबालिलाले अभिभाबक पाउँदाहुन जस्तो लाग्छ ।
एक पटक मैले मिडियाहरूमा पुर्व मिस नेपाल माल्भिका सुब्बाले आफ्ना पुर्व पतिसंग छोराको खुषीको लागि भए पनि भेट घाट गर्ने गरेको छोरालाई उसको बुवा बाट बन्चिन नगर्ने बताएको भन्ने उनको बिचार पढेको थिए । म उनको बिचार सुनेर आनन्दित थिए । लाग्थ्यो उनी साच्चिकै शिक्षित र सचेत आमा रहिछन । तर उनको बिचार माथी उपहास र खिल्लि उडाउँदै गरेका नाना थरी नकारात्मक कम्मेट पढेर यो समाज नै अबोध बालकको खुषीको हत्यारा लाग्यो । अझैं समाज संकिर्णाता रूमालि रहेको महसुस भयो । फेरी पनि माल्भिका मेरा लागि यस मामला मा उदारणीय पात्र हुन । म आफै स्वय्मले पनि मेरी छोरी ले उसको बाबा गुमाए पछि उसलाई सके सम्म कुनै भौतिक कुराको कमि हुनदिएन तर उसको बाबाको मायाको अभाबलाई पुरा गर्न सक्ने कुरा मेरो बसमा रहेन ।आज पनि लाग्छ मेरा पति बाचेर अर्को बिहे गरेको भए पनि म छोरीलाई तिम्रो बाबालाई नभेट भनेर कहिल्यै भन्ने थिएन । किन भने मलाई थाह छ हरेक बच्चाको लागी आमा धर्ती हो भने बाबु आकास हो ।आमाले काख देलिन बाबुले सितलता दिन्छ आमा र बाबुको साथ पाएको बच्चा भावनात्मक रूपमा बलियो हुन्छ । निडर हुन्छ । कृतियम बाधा सृजना गरेर बच्चालाई उसको बाबा आमा बाट अलग्याउनु पनि एक खालको अपराध हो । यो समाजसँग हात जोडेर अनुरोध गर्न मन लाग्छ । तापाईको घरमा सन्तान भई सकेर श्रीमति गुमाएको छोरा, दाजुभाई हुनु हुन्छ भने बिहे नभएको कन्या कुमारी होइन तपाईकै छोरा दाजुभाईले जस्तै जीवन भोगेकी नारी लाई स्वीकार गर्ने संस्कार बिकास गर्नुहोस ताकी दुबैले थप सन्तान जन्माएर कलहको बिउँ बढाउनु भन्दा दुबैले एक अर्काको सन्तानको खुषीको लागि ध्यानदिन सकुन । मान्छेले जब आफूले नयाँ जीबन साथीबाट आफ्नो सन्तानले बाबा वा आमाको माया पाएको देख्छ अनि बाध्य भएर उसको सन्तालाई पनि आफ्नै सन्तान सरह माया गर्छ । यस्तो परिस्थितिमा एकले अर्काको सन्तानलाई सौतेलो ब्यबहार देखाउने सम्भाबना कम रहन्छ । तपाईलाई तपाईको श्रीमान वा श्रीमती मन नपर्न सक्छ सम्बन्द बिछेद गर्नुहोस तर यो कुरा हेक्का राख्नुहोस तपाईको सन्तानमा उसको आमा र बुवा दुबैको बंशाणुगत संबन्ध हुन्छ उसको जैबिक आकर्षण आमा र बुवा दुबै प्रति उत्तिकै हुन्छ । जसलाई लोग्ने ले स्वास्नी र स्वास्नी ले लोग्ने त्यागे जस्तो बच्चाले ले सजिलै न बाबुलाई त्याग्न सक्छ न आमालाई त्यान सक्छ । अतहःसन्तानको खुषी र उसको मानसिक स्वास्थ्येको ख्याल गर्नु हुन्छ भने बच्चा जो संग बसे पनि बेला बेला उसको आमा वा बुबा दुबै संग भेट गर्न दिनुहोस् अन्यथा बच्पनमा उसको भावनाई दबाउनु भयो भने ठुलो भए पछि ऊ तपाईलाई नै दोषी र अपराधी सम्झनेछ ।
सम्बन्ध बिछेद पछि एक अर्को संग बोल्नै हुन्न देख्नै हुन भन्ने परम्परागत धारणालाई बदल्नुहोस् बैबाहिक सम्बन्ध अन्ते भए पनि आफ्नो सन्तानको बाबु वा आमालाई सन्तानको खुषीको लागि भएपनि मित्रवत ब्यबहसर गर्नुहोस् । यसो गर्नु भयो भने समाजले तपाईको कुरा काटे पनि घृणा गरे पनि तपाइको सन्तानले तपाईबाट धैर्यता, मिलनसारिता र उदारताको पाठ सिक्ने छ । जब तपाई आफ्नो सन्तानकको लागि पुजनिय र आदर्शको पात्र हुनु हुन्छ बाँकी दुनियाँ आफै चुप लाग्छ। यदि तपाई जीवन साथी गुमाएको ब्यक्ति को प्रेम वा बैबाहिक सम्बन्धमा हुनु हुन्छ भने उसको सन्तानलाई पनि आफ्नो सन्तान सम्झिनुहोस र आफ्नो सन्तान सरह नै जीम्मेवारी पनि पुरा गर्नुहोस् हैन भने निहित स्वार्थको लागि कसैको जीवन ,शरिरर भावना संग खेलबाड गरेर थप पिंडा नदिनुहोस्। यसबाट तपाईलाई क्षणीक खुषी मिले पनि अन्ततहः आफू गलत भएको महसुस हुनेछ । जब बालबालिका ले दुबै अभिबाब गुमाउँछन । दुबै अभिभाबक असक्त हुन्छन त्यस्ता बालबालिका सबैका हुन , समाजका हुन, राज्यका हुन् त्यस्ता बालबालिका लाई अनाथको उपमा दिनुको सट्टा राज्यका सन्तान सम्झौ हरेक कुरामा उनीहररू प्रति दया होइन प्रेम र सम्मान पुर्ण ब्यबहार गरौं। उनीहरूको लागि जहाँ तहि अबसरको ढोका खुल्ला राखौं । अन्त्यमा, फेरी पनि भन्छु, बालबालिकाहरू मुस्कुराएको, रमाएको , खेलेको घर उज्यालो हुन्छ ,समाज सुखि हुन्छ ,राष्ट्रको भबिस्य बलियो हुन्छ । साना साना नानीहरूको खुषी साना साना कुराहरूमै लुकेको हुन्छ । साना साना कुरामा अरूलाई , राज्यलाई दोषि देख्नु भन्दा साना साना खुषीहरू आफै भित्र पो खोज्ने की ? सुन्दर समाज निर्माणका लागि । लेखिका उच्च शिक्षा अध्यापनसँगै बालबालिका सम्बन्धि एक गैरसकारी संस्थामा आवद्ध हँुदै आउनु भएको छ)