
सम्पादकीय
मुलुकको पुरानो र जेठो पार्टी नेपाली कांग्रेसको महासमिति बैठक चलिरहेको छ । पार्टीको १४ औं महाधिवेशनमा पार्टीको नीति तय गर्न नसकेपछि यो महासमिति बैठकले आगामी दिनमा नेपाली कांग्रेसले लिने निती,विचार र शिद्धान्तलाई समेटेर एउटा पार्टीको आगामी रणनीति तय गर्दैछ । यस अर्थमा कांग्रेसको यो महासमिति बैठकलाई राष्ट्यि अन्तराष्ट्यि रुपबाट समेत निकै चासोकासाथ हेरिएको छ । सोमबारबाट सुरु भएको बैठकको पहिलो दिन उद्घाटनसर्तका रुपमा मात्रै सिमित भएको थियो । दोस्रो दिन भने पार्टीका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले आ आफ्नो प्रस्ताव पेश गर्नुभएको छ । मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनाभएसँगै कांग्रेसको संघीय संरचना अनुसारको १४ औें महाधिवेशन पहिलो हो । यो महाधिवेशनमार्फत कांग्रेसले आफ्ना प्रदेश संरचनाहरुलाई पुर्णता दिएको छ । आठ तहको संरचना अनुसार कांग्रेसले आफूलाई संरचनागत रुपमा अघि बढाएको छ । तर यसले संघीय व्यवस्था अनुसार अबको कांग्रेस कस्तो हुने भन्ने निर्णय भने लिएको छैन । त्यसैले यो महासमिति बैठक सिंगो मुलुकका लागि पनि महत्वपूर्ण रहेको छ ।
मुलुकको लोकतान्त्रिक पार्टी भएको नाताले कांग्रेसले लिने विचार र उसको नीतिले सिंगो लोकतन्त्रलाई प्रभाव पार्दछ । कांग्रेसले देश र जनताका लागि सहि निर्णय लिन सकेको खण्डमा नै लोकतन्त्र बलियो र संस्थागत हुदै जानेछ । कांग्रेसले देशलाई सहि बाटोमा लैजाने विषयमा खुट्टा कमायो भने यसले सिंगो देश र जनता प्रभावित हुने अवस्था आउँछ । यो महत्वपूर्ण बैठकलाई कांग्रेस नेतृत्वले आफू र आफ्नो गुटका लागि कदापी पनि प्रयोग गर्नु हुँदैन ।
मुलुकको लोकतान्त्रिक आन्दोलनका लागि कांग्रेसले महत्वपूर्ण योगदान गरेका कारण नै आज लोकतन्त्र स्थापना भएको छ । हरेक आन्दोलन कांग्रेसको नेतृत्वमा नै सफल भएको इतिहास ताजै छ । वीपी कोइराला, गणेशमानसिंह , सुर्वर्ण शमशेर, कृष्णप्रसाद भट्राई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला जस्ता दुरदर्शी नेताहरुका कारण नै यो सम्भव भएको कुरा हामीले बिर्सनु हुँदैन । तर आज कांग्रेस केही अलमलिएको जस्तो भएको छ ।
अनुशासनहिन पार्टी जस्तो भएको छ । पार्टीभित्र धन र बल मौलाएको छ । पार्टीमा निष्टा र योगदान गर्नेहरु पछि पर्दै जान थालेका छन् यसले सिंगो कांग्रेसलाई नै बद्नाम गराउँदै गएको अवस्था छ । यसबिचमा भैरहेको महासमिति बैठक कतै एजेण्डा बिहिन बन्ने त होइन, कतै अनावश्यक विषयमा समय खर्चेर सकिने त होइन चन्ने चासो र चिन्ता महासमिति सदस्यहरुमा देखिएको पाइन्छ । यतिखेर कांग्रेसले चार वर्षपछि गठबन्धन गर्ने कि नगर्ने भन्ने कुरा स्पष्ट हुनुपर्ने कुरा दरिरो रुपमा उठेको छ । तर यो आवश्यक विषय होइन । गठबन्धन गर्ने नगर्ने कुरा तत्कालिन अवस्थालाई हेरेर गरिने निर्णय हो । यसमा अहिले विवाद गरेर आफूलाई अपरिपक्क बनाउनतर्फ लाग्नु सहि निर्णय हुने देखिदैन । निर्वाचनमा एक्लै लड्ने कुुरालाई अस्वभाविक मान्न मिल्दैन, तर त्यो अवस्था सिर्जना बनाउनतर्फ पहिलो कदम चालिनु पर्दछ । त्यसले कस्तो अव्सथा सिर्जना गर्दछ त्यसपछि गरिने निर्णय हो यो । यसमा अहिले विवाद गर्नु जरुरी देखिदैन ।
अहिले त पार्टीले स्पष्ट रुपमा पार्टीलाई बलियो बनाउने हो । पार्टीीभत्रको विकृति र विसंगतिको अन्त्य गर्ने बाटो खोज्ने हो । यि तमाम अवस्थाको अन्त्य भएर नीति, विचार र नेतृत्वको सहि निर्णयले मात्रै अबको कांग्रेस सबैको कांग्रेस बन्न सक्छ । यसका लागि चारदिनसम्म चल्ने महासमिति बैठकमा घनिभुत रुपमा छलफल गरेर एउटा बलियो कांग्रेस निर्माणको अवस्था सिर्जना गर्न सक्नुपर्दछ । कर्मकाण्डी रुपमा मात्रै महासमिति बैठक सकियो भने त्यसले कांग्रेसलाई झन कमजोर बनाउने देखिन्छ । चेतना भयाँ ।
ैंँ