
शुकदेव दाहाल
मुलुकमा २०४६ सालमा बुहदलीय व्यवस्था स्थापनासँगै पञ्चायतमा लागेकाहरु धेरै राजनीतिबाट विश्राम लिने अवस्थामा पुगे , ति मध्ये पञ्चायतका बेला सत्तामा रहेकाहरु भने आफ्नो पुरानो मुकुण्डो छाडेर नयाँ मुकुण्डो लगाउँदै पुन ः लोकतान्त्रिक अभ्यासमा प्रवेश गरेका थिए । मुख्य रुपमा पञ्चायतका हिमायतीहरु सुर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले राप्रपा थापा र चन्द्रका नाममा नयाँ पार्टी खोलेका थिए । उनीहरुले खोलेको नयाँ पार्टीको छत्र छायाँमा धेरै पञ्चहरु पुगे । कतिपय नेपाली कांग्रेस र एमालेमा प्रवेश गरेर पनि आफूलाई सुरक्षित राख्ने अयिानमा पनि लागे । जनताले ठुलोा संघर्ष गरेर ल्याएको प्रजातन्त्रको जग बस्न नपाएँदै तिन पञ्चहरु नै राजनीतिमा स्थापित हुन पुगे ।
प्रजातान्त्रिक दलहरुको आ आफ्नै स्वार्थका कारण राप्रपाका तिनै थापा र चन्द देशको प्रजातान्त्रिक सरकारका प्रानमन्त्रीसम्म बन्न पुगे । प्रजातन्त्रको आन्दोलनमा लागेकाहरुलाई जन्मकैदका सजाय तोक्नेहरु नै सत्तामा पुगेपछि प्रजातान्त्रिक विचार र आर्दश बोकेर राजनीतिमा लागेकाहरु क्रमशः पछि पर्दै आएका थिए । यसले समग्र नेपाली राजनीतिलाई धमिलो बनाएको थियो । योसहित धेरै कारणबाट माओवादी जनयुद्ध जन्मियो । त्यति जनयुद्धका बलमा नेपालमा अर्को क्रान्त्रि सुरु भयो । माओवादीको जनयुद्धसँगै तत्कालिन राजा ज्ञानेन्द्रको शाही शासनका कारण मुलुकमा फेरि प्रजातान्त्रिक हक अधिकारहरु गुम्न पुगे र दलहरु आन्दोलमा होमिए । माओवादीलाई समेत शान्तिवार्तामा ल्याएर नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाका नेतृत्वमा भएकोजनआन्दोलबाट देशलमा माओवादी जनयुद्धलाई शान्तिपूर्ण राजनीति बाटोमा ल्याउन सफल भयो । अर्कोतर्फ २ सय ३९ वर्षीय शाही शासनको पनि अन्त्य गरियो ।
संविधानसभा मार्फत जनताका प्रतिनिधिले राजसंस्थाको अन्त्य गरेको औपचारिक घोषणा गरेका थिए । तर आज तिनै राजाको पक्षमा फेरि जनलहर सिर्जना गर्ने काम सुरु भएको छ । पछिल्लो समय जनताले आर्यघाटमा लगेर सेलाइसकेको व्यवस्ता ब्युँताउने प्रयास भएको छ । पञ्चायतको अन्त्यसँगै आफूलाई राजनीतिक रुपमा सुरक्षित राख्नका लागि गठन भएको राप्रपा फेरि जनताको हितका लागि भन्दै आन्दोलनका पक्षमा उभिएको छ । केही दिनअघि राप्रपाले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा सहित बुझाएको ४० बुँदे माग मध्ये मुख्य रुपमा यो व्यवस्थालाई नै खलबल्याउने खालका मागहरु राखिएका छन् । जसमा राजसंस्था र हिन्दुराष्ट्र पुनः स्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तहसहितको संघीय प्रणाली रेहका छन् । यि बाहेक अन्य भ्रष्टाचार विरोधी, सुशासन कायम गर्ने मागहरु भने सकारात्मक नै रहेका छन् ।
तर हिजोका दिनमा ३० वर्षसम्म जनतामाथि खेलबाड गर्ने पञ्याचती शासका विरुद्ध लोकतान्त्रि सरकारहरुले कुनै नि प्रकारको भेदभाव नगरेका कारण उनीहरु आज हौसिएर जनताको बलिदानीलाई कमजोर सावित गरिरहेका छन् । लोतन्त्रको विरोध गर्दै फेरि लोतन्त्रको नाममा राजसंस्थाको वकालत गरिरहेका छन् । सकेसम्म यहि व्यवस्थामा रहेर पनि अनेक प्रकारका लाभ लिने र फेरि यहि व्यवस्थाको विरोध गर्दै राजसंस्थाको पुनस्थापनाको माग गर्ने हिम्मत उनीहरुले गरिरहेका छन् र राज्यले उनीहरुलाई यो स्वतन्त्रता खुला रुपमा प्रदान गरिरहेको छ , हो यो नै लोकतन्त्रको सुन्दर पक्ष हो, तर के देशमा उनीहरुले भनेजस्तो राजसंस्था आउन सम्भव छ त ? यसको उत्तर भने उनीहरुसँग पनि छैन । यो केवल आफ्नो राजनीति अस्तित्व जोगाउने एउटा प्रयास मात्रै हो । यसले उनीहरुलाई कुनै पनि कोणबाट गन्तव्यमा पुर्याउने सम्भावना देखिदैन । तर पनि उनीहरु आफ्नो राजनीतिक खपतका लागि यो काम गरिरहेका छन् र जनतालाई कोरा सपना बाँडिरहेका छन् ।
शान्तिपुर्ण रुपमा आफना कुरा राख्न पाउने लोकतन्त्रको सुन्दर पक्ष भएकाले उनीलाई यो स्वतन्त्रता प्राप्त छ तर लोकतन्त्रको विकल्प कुनैपनि हालतमा अन्य व्यवस्था हुन सक्दैन । विश्वका कुनैपनि संविधान अपरिवर्तनीय हुँदैन । यसमा कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत आफ्नो धारणा स्पष्ट राख्नु भएको छ , जसले गर्दा गणतन्त्रलाई संस्थागत गर्न आवश्यक कानुन संशोधन गर्न सबै तयार रहौं । तर व्यवस्थालाई नै बाधा हुने खालले गरिने आन्दोलनको कुनै औचित्य छैन र यसले देशलाई अब फाइदा पनि हुँदैन ।
अबको आन्दोलन भनेको मुलुकमा आर्थिक क्रान्तिका लागि हुनुपर्दछ । राजनीतिक अधिकारका हिसाबले यो भन्दा उत्तम व्यवस्था कुनै पनि छैन । तर व्यवस्थाका चालकहरुको बदमासीका कारण यो समस्या उत्पन्न भएको छ । देश आज बेरोजगारीमो कारखान जस्तो भएको छ, भ्रष्टाचारीको अखाडा जस्तो भएको छ, घुस्याहा कर्मचारीको एकलौटी भएको छ । अब यसलाई चाँहि सुधार्न लागौं । यसर्थ अर्काे आन्दोलन व्यवस्था परिवर्तनका लागि होइन सक्षम व्यक्ति छानेर देशलाई आर्थिक रुपमा बलियो बनाउनेतर्फ हुनुपर्दछ । हामी सबैको ध्यान त्यसमा जानु नै अहिलेको मुख्य आवश्यकता हो । राप्रपाका नेताहरुलाई चेतना भयाँ ।